Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

9 of 683 cards

Clear filters
"बलियो त्यो होइन, जसले कसैलाई पराजित गर्छ, बलियो त्यो हो जसले रिस आवेगको बेला आफूमाथि नियन्त्रण राख्छ ।"
सही मुत्तफकुन अलैहि
“एकअर्कालाई ईर्ष्या नगर्नुहोस्, छलकपट नगर्नुहोस्, घृणा नगर्नुहोस्, एकआपसमा पिठ्यूँ नफर्काउनुहोस् र एकअर्काको व्यापारमा छल नगर्नुहोस् (वा एउटाको किनबेचमा माथी अर्को किनबेच नगर्नुहोस्। सबैजना अल्लाहका भक्त बनी दाजुभाइझैं हुनुहोस्। मुस्लिम मुस्लिमको दाजुभाई हो; उसले उसमाथि अन्याय गर्दैन, बेसाहारा छोड्दैन र तुच्छ ठान्दैन। उहाँले आफ्नो छातीतिर तीन पटक इशारा गर्दै भन्नुभयो : तक्वा अर्थात् ईशभय/निष्ठा यहाँ हुन्छ। कुनै पनि व्यक्तिलाई खराब हुनका लागि यति नै पर्याप्त छ, उसले आफ्ना मुस्लिम भाइलाई तुच्छ ठानोस्। हरेक मुस्लिमको रगत, सम्पत्ति र इज्जत अर्को मुस्लिममाथि पूर्ण रूपमा निषेधित/ हराम छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"जो अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले राम्रो बोलोस् वा मौन बसोस्, जसले अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले आफ्नो छिमेकीको सम्मान गरोस् र जसले अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले आफ्नो अतिथिको सम्मान गरोस् ।"
सही मुत्तफकुन अलैहि
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट केही वसीयत (उपदेश दिन) आग्रह गरे र उहाँले भन्नुभयो: "रिसाउनु हुँदैन ।" उनले यो प्रश्न बारम्बार दोहोर्‍याए तर उहाँले हरेक पटक रिसाउनु हुदैन भनिरहनुभयो ।
सही बुखारीले वर्णन गरेका छन्
"सबैभन्दा पूर्ण मुमिन (आस्थावान) त्यो हो जसको व्यवहार राम्रो छ र तिमीहरु मध्ये सबैभन्दा राम्रो त्यो हो जो आफ्नो महिलाहरु (छोरी/स्वास्नी)प्रति राम्रो हुन्छ ।"
हसन अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्
कुन कर्मले मानिसहरूलाई स्वर्गमा धेरै प्रवेश गर्नेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: "तक्वा (अल्लाहको डर) र राम्रो व्यवहार ।" अनि कुन कुराले मानिसहरूलाई सबैभन्दा धेरै नरकमा प्रवेश गर्नेछ भनेर सोधिदा उहाँले जवाफ दिनुभयो: "जिब्रो र गुप्तांग [को गलत प्रयोग बाट] ।"
हसन सही तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"जसले यस संसारमा अरु कसैको रहस्य लुकाउँछ, अल्लाहले पुनरुत्थानको दिन उसको रहस्य लुकाउनुहुनेछ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"एकजना व्यक्तिले मानिसहरूलाई पैसा उधारो दिने गर्थ्यो। उसले आफ्नो नोकरलाई (ऋण उठाउन पठाउँदा) भन्थ्यो : "यदि कसैको ऋण तिर्न अवस्था छैन भने उसलाई माफ गरिदिनु। सायद अल्लाहले हामीलाई पनि क्षमा गरिदिनुहुनेछन् ।" जब उसले अल्लाह सर्वशक्तिमानलाई भेट्यो(अर्थात, जब उसको मृत्यु भयो), अल्लाहले उसलाई माफ गरिदिनु भयो ।
सही मुत्तफकुन अलैहि