Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

8 of 683 cards

Clear filters
"जसले दुई छोरीहरूलाई यौवनावस्थामा नपुगुन्जेलसम्म पालनपोषण गर्छ, ऊ र म प्रलयको दिन यसरी नै आउनेछन्।" यसो भन्दै गर्दा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना औंलाहरू जोडेर एकसाथ देखाउनुभयो।
सही मुस्लिमले वर्णन गरेका छन्
"के म तिमीहरूलाई यस्तो कामको बारेमा नभनुँ जसद्वारा अल्लाहले पापहरू मेटाउनुहुन्छ र दर्जाहरू उच्च पार्नुहुन्छ ?" तिनीहरूले भने, "हे अल्लाहका दूत, (अवश्य नै) भन्नुहोस्।" उहाँले भन्नुभयो : "अप्ठ्यारो भए पनि राम्रोसँग वुजू गर्नु, अत्याधिक मस्जिद जानु र एक नमाजपछि अर्को नमाजको लागि पर्खनु, यही नै 'रिबात' (अल्लाहको मार्गमा जिहाद र सीमानामा पहरा दिनु) हो।"
सही मुस्लिमले वर्णन गरेका छन्
"मानिसले खर्च गर्ने सबैभन्दा उत्तम दीनार (पैसा) त्यो हो जुन ऊ आफ्नो परिवारमाथि खर्च गर्छ, त्यसपछि त्यो पैसा जुन ऊ अल्लाहको मार्गमा आफ्नो सवारी (जनावर) माथि खर्च गर्छ, त्यसपछि त्यो पैसा जुन ऊ अल्लाहको मार्गमा आफ्ना साथीहरूमाथि खर्च गर्छ।" अबू किलाबाले भन्नुहुन्छ: "नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले परिवारबाटै सुरु गर्नुभयो। त्यसपछि अबू किलाबाले भन्नुभयो: त्यस मानिस भन्दा धेरै पुण्य अरु कसको हुन सक्छ जसले आफ्ना साना बच्चाहरूमाथि खर्च गर्छ, जसद्वारा अल्लाहले तिनीहरूलाई अरूबाट माग्नबाट बनाउनुहुन्छ, तिनीहरूलाई लाभ पुऱ्याउनुहुन्छ र सम्पन्न बनाउनुहुन्छ।
सही मुस्लिमले वर्णन गरेका छन्
"दैनिक पाँच नमाज, र एक शुक्रवारदेखि अर्को शुक्रबार (सम्मको प्रार्थना) र एक रमजानदेखि अर्को रमजान (सम्मको उपवास) ले ती दिनहरु बीच भएका पापहरू लाई मेटाई दिन्छ, यस शर्त साथ कि व्यक्तिले ठूला पापहरूबाट आफूलाई जोगाइ रहोस् ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"हर भलाइ र उपकार दान हो ।"
सही बुखारीले जाबिरको हदीसबाट र मुस्लिमले हुजैफाको हदीसबाट वर्णन गरेका छन्
“मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें, ‘कुन कर्म अल्लाहलाई सबैभन्दा प्रिय छ?’ उहाँले जवाफ दिनुभयो: ‘समयमै नमाज पढ्नु।’ मैले फेरि सोधें, त्यसपछि? उहाँले भन्नुभयो: ‘आमाबाबुसँग राम्रो व्यवहार गर्नु।’ मैले पुनः सोधें, त्यसपछि? उहाँले जवाफ दिनुभयो: ‘अल्लाहको मार्गमा जिहाद (धार्मिक युद्ध) गर्नु।’ उहाँले भन्नुभयो कि यी कुराहरूको बारेमा मात्र जानकारी दिनुभयो, यदि मैले अझ सोधेको भए, उहाँले अझ बढी बताउनुहुन्थ्यो।”
सही मुत्तफकुन अलैहि
"अराजकता, भ्रष्टाचार र उत्पातको समयमा उपासना गर्नु भनेको मतिर हिज्रत (प्रवास) गर्नु जस्तै हो।"
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले आफ्नो जीविकोपार्जन विस्तार होस् र आयु लामो होस् भन्ने चाहन्छ, उसले आफ्नो नातागोतासँग राम्रो सम्बन्ध कायम गरोस् ।"
सही मुत्तफकुन अलैहि