Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

86 of 683 cards

Clear filters
“मोमिन पुरुष र मोमिन महिलामाथि—उनका जीवन, सन्तान र धनसम्पत्तिमा—निरन्तर विपत्तिहरू (परीक्षाहरू) आउने गर्छन्, यहाँसम्म कि मृत्यु पश्चात् जब उनीहरू अल्लाहसँग भेट गर्छन्, तब उनीहरूको जिम्मामा कुनै पनि पाप बाँकी रहँदैन।”
हसन तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"सात प्रकारका मानिसहरूलाई अल्लाहले त्यस दिन आफ्नो छाया प्रदान गर्नुहुनेछ, जुन दिन उहाँको छायाबाहेक अरू कुनै छाया हुनेछैन: १. न्यायपूर्ण शासक। २. त्यो युवा जसको जीवन र हुर्काइ अल्लाहको उपासनामा व्यतीत भयो। ३. त्यो व्यक्ति जसको हृदय मस्जिदसँग जोडिएको हुन्छ। ४. ती दुई व्यक्तिहरू जसले अल्लाहकै लागि एकअर्कालाई प्रेम गर्छन्, यसैका लागि भेला हुन्छन् र यसैका लागि छुट्टिन्छन्। ५. त्यो व्यक्ति जसलाई उच्च पद र सौन्दर्य भएकी कुनै महिलाले कुत्सित उद्देश्यका लागि आमन्त्रण गर्छिन्, तर उसले भन्छ: 'म अल्लाहसँग डराउँछु।' ६. त्यो व्यक्ति जसले यसरी गोप्य रूपमा दान गर्छ कि उसको देब्रे हातलाई समेत थाहा हुँदैन कि दाहिने हातले के खर्च गर्‍यो। ७. त्यो व्यक्ति जसले एकान्तमा अल्लाहको स्मरण (जिक्र) गर्छ, र उसका आँखाहरूबाट आँसु बग्छन्।"
सही मुत्तफकुन अलैहि
"ठूला पापहरू: शिर्क (अल्लाहसँग साझेदारी) गर्नु, आमाबाबुको अवज्ञा गर्नु, कसैको हत्या गर्नु र झूटो कसम खानु हो।
सही बुखारीले वर्णन गरेका छन्
"हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ र यी दुवैको बीचमा केही शंकास्पद र संदिग्ध कुराहरू छन्, जुन धेरै मानिसहरूलाई थाहा छैन ।तसर्थ, जसले आफूलाई शंकास्पद कुराहरूबाट जोगाउँछ उसले आफ्नो धर्म र इज्जतलाई जोगायो र जसले शंकास्पद कुराहरूलाई पछ्याउने गर्छ, त्यो निषेधित कुराहरूमा फस्नेछ । यसको उदाहरण एक गोठालो सरह हो, जसले निषेधित क्षेत्र (खेत) को वरिपरि जनावरहरू चराउँछ र उसको जनावर त्यसमा चर्ने सम्भावना हुन्छ । सुन्नुहोस्! हरेक राजाको केही निषेधित क्षेत्र हुन्छन् (जसमा कसैलाई प्रवेश गर्न अनुमति छैन) र अल्लाहको निषेधित क्षेत्र भनेको हराम (निषेधित) कुराहरू हुन् । सावधान होउ, शरीरमा मासुको एउटा टुक्रा छ, जब यो सही हुन्छ, सम्पूर्ण शरीर ठीक रहन्छ र जब यो बिग्रिन्छ, सम्पूर्ण शरीर बिग्रन्छ, त्यो हृदय हो ।"
सही बुखारी र मुस्लिमले वर्णन गरेका छन्
"जसले गवाही दिन्छ, अल्लाह बाहेक कोही सत्य ईश्वर छैन, उहाँ एक्लो हुनुहुन्छ र उहाँको कोही साझेदार छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) उहाँका भक्त र रसूल हुनुहुन्छ र ईसा (अलैहिस्सलाम) उहाँका सेवक, दूत र उहाँको वचन (द्वारा सृष्टित) हुन् र उहाँ तर्फबाट पठाइएको एक रूह (आत्मा) हुन् जुन उहाँले मरियमतर्फ पठाउनुभयो र स्वर्ग तथा नरक सत्य हो। (जसले यो सबैको गवाही दिन्छ) अल्लाहले उसलाई उसले गरेका सत्कर्म अनुसार स्वर्गमा प्रवेश गराउनुहुनेछ ।"
सही मुत्तफकुन अलैहि
"कयामतको दिन एक व्यक्तिलाई ल्याइनेछ र उसलाई नरकमा फालिनेछ। उसका आन्द्राहरू पेटबाट बाहिर निस्कनेछन् र ऊ तिनको वरिपरि त्यसरी नै घुम्नेछ जसरी गधा जाँतो (चक्की) को वरिपरि घुम्छ। यो देखेर नरकवासीहरू उसको वरिपरि भेला हुनेछन् र भन्नेछन्: 'हे फलानो! तिमीलाई यो के भयो? तिमी त भलाईको आदेश दिन्थ्यौ र नराम्रो कामबाट रोक्थ्यौ!' उसले जवाफ दिनेछ: 'हो, म अरूलाई राम्रो कामको आदेश दिन्थें तर म आफैँ त्यसको विपरीत गर्थें; र अरूलाई नराम्रो काम गर्नबाट रोक्थें तर म आफैँ त्यसमा लिप्त हुन्थें।'"
सही मुत्तफकुन अलैहि