Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

62 of 683 cards

Clear filters
"जब दुई मुसलमानहरू एकअर्काको विरुद्ध तरवार उठाएर खडा हुन्छन्, हत्यारा र पीडित दुवै नरकको भागीदार हुनेछन्।" मैले प्रश्न गरेँ, "हे अल्लाहका रसूल! एक व्यक्ति हत्यारा भएकाले नरकमा गयो तर पीडितको के दोष?" तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "उसको मनसाय पनि त हत्या गर्नु नै थियो।"
सही मुत्तफकुन अलैहि
"सर्वशक्तिमान् अल्लाह भन्नुहुन्छ: म सबै साझेदारहरूको शिर्क (साझेदारी) बाट निस्पृह छु । जसले कुनै धर्मक्रिया गर्छ र त्यसलाई म बाहेक अरू कसैको निमित्त गरि शिर्क गर्दछ, म उसलाई र उसको शिर्कलाई अस्वीकार गर्दछु ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई भरि दिन्छ । सलाह (नमाज) नूर (ज्योति) हो, सदकह (दान) प्रमाण हो, धैर्य गर्नु (आस्थाको) किरण हो । कुरान तपाईको पक्ष वा विपक्षमा प्रमाण हो । प्रत्येक मानिसले हरेक दिन परिश्रम गर्छ, कि त उसले आफूलाई नर्कबाट बचाउछ, कि त नष्ट पार्दछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहले तिम्रो रूप र धनलाई हेर्नुहुन्न, तर तिम्रो हृदय र कर्महरूलाई हेर्नुहुन्छ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"तिमीहरूभन्दा पहिलेको युगमा एउटा मानिस थियो, जसलाई चोट लागेको थियो। उसले पीडा सहन नसकी हतास भई चक्कुले आफ्नो हात काट्यो। रगत निरन्तर बगिरह्यो र अन्ततः उसको मृत्यु भयो। अल्लाहले भन्नुभयो: मेरो भक्तले आफ्नो ज्यान लिन हतार गर्‍यो, (मेरो निर्णयको प्रतीक्षा गरेन); त्यसैले मैले उसका लागि स्वर्ग निषेधित गरिदिएँ।"
सही मुत्तफकुन अलैहि
"निश्चय नै, स्वर्गमा मुमिन (विश्वासी) का लागि एउटा यस्तो पाल (तम्बु) हुनेछ, जुन भित्रबाट खोक्रो भएको एउटै ठूलो मोतीबाट बनेको हुनेछ। त्यसको उचाइ साठी माइल हुनेछ। त्यहाँ आस्थावानका श्रीमतीहरू हुनेछन्, जोसँग ऊ भेट गर्न आउने-जाने गर्नेछ, तर (त्यो पाल यति ठूलो हुनेछ कि) उनीहरूले एकअर्कालाई देख्ने छैनन्।"
सही मुत्तफकुन अलैहि
"तिमीहरू मध्ये कोही पनि (पूर्ण) मुमिन (आस्थावान्) हुन सक्दैन, जबसम्म म उसको नजिक उसको बुबाआमा, छोराछोरी र सबै मानिसहरू भन्दा बढी प्रिय हुँदिन।"
सही मुत्तफकुन अलैहि
"मुमिन (आस्थावान) को मामिला कति अचम्मको छ। उसको सम्पूर्ण मामिलामा उसको लागि भलाइ छ र त्यो मुमिन बाहेक अरू कसैको लागि छैन। यदि उसलाई सुख प्राप्त हुन्छ भने ऊ (अल्लाहप्रति) कृतज्ञ हुन्छ, र त्यसमा पनि उसको हित हुन्छ। र यदि उसलाई दुःख-कष्ट आइपर्छ भने ऊ धैर्य धारण गर्छ र यसरी त्यसमा पनि उसका लागि भलाइ नै हुन्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्