Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

6 of 683 cards

Clear filters
मैले भने: हे रसूल! मुक्ति के हो? उहाँले भन्नुभयो: "आफ्नो जिब्रोलाई नियन्त्रणमा राख, आफ्नो घरमा सुरक्षित रह र आफ्नो पापमा पश्चात्ताप गर्दै रोऊ।"
सही तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"जब कुनै व्यक्तिबाट पाप हुन्छ, त्यसपछि ऊ खडा हुन्छ र वुजु गर्छ, त्यसपछि नमाज पढ्छ र अल्लाहसँग क्षमा याचना गर्छ, तब अल्लाहले उसलाई क्षमा दिनुहुन्छ । त्यसपछि उहाँले यो आयत पढ्नुभयो: "र, उनीहरूले कुनै ठुला पाप गरेमा वा आफैंमाथि अन्याय गरेमा, उनीहरूले अल्लाहलाई सम्झन्छन् र आफ्नो पापको लागि माफी माग्छन् ।" [आलि-इम्रान: १३५]
सही अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्
"आदमको सन्तानले आफ्नो पेटभन्दा खराब कुनै भाँडो भर्दैन। मानिसलाई आफ्नो ढाड सोझो राख्न (अर्थात् जीवित रहन) केही गाँस खाना नै पर्याप्त हुन्छ। यदि उसले (पेट) भर्नै पर्ने भएमा, एक तिहाइ भाग खानाको लागि, एक तिहाइ पिउनेको लागि र एक तिहाइ भाग सासको लागि (छोड्नुपर्छ)।"
सही इमाम अहमद, तिर्मिजी, निसाई र इब्ने माजहले वर्णन गरेका छन्
कुन कर्मले मानिसहरूलाई स्वर्गमा धेरै प्रवेश गर्नेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: "तक्वा (अल्लाहको डर) र राम्रो व्यवहार ।" अनि कुन कुराले मानिसहरूलाई सबैभन्दा धेरै नरकमा प्रवेश गर्नेछ भनेर सोधिदा उहाँले जवाफ दिनुभयो: "जिब्रो र गुप्तांग [को गलत प्रयोग बाट] ।"
हसन सही तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"अल्लाहले (सिराति-मुस्तकीम) सिधा मार्गको उदाहरण दिनुभएको छ, त्यस मार्गको दुवै छेउमा पर्खालहरू छन्, जसमा खुल्ला ढोकाहरू छन्, र ती ढोकाहरूमा पर्दाहरू झुन्डिएका छन्। मार्गको प्रवेशद्वारमा एक आह्वानकर्ता छ, जसले बोलाउँदै भन्छ: 'हे मानिसहरू, सबै जना सिधा मार्गमा प्रवेश गर, र यताउता नजानु ।' अनि अर्को आह्वानकर्ता मार्गको माथिबाट बोलाउँछ, यदि कसैले ती ढोकामध्ये कुनै एक खोल्न चाहन्छ भने, उसले भन्छ: धिक्कार होस् तिमीलाई, यसलाई नखोल, यदि तिमीले खोल्यौ भने तिमी त्यसमा प्रवेश गर्नेछौ।' यो सिधा मार्ग इस्लाम हो, ती पर्खालहरू अल्लाहको (कानुनको) सीमाहरू हुन्, ती खुल्ला ढोकाहरू अल्लाहले निषेध गरेको कुरा हुन्, र मार्गको छेउमा बोलाउने आह्वानकर्ता अल्लाहको पुस्तक (कुर्आन) हो, र मार्गमाथिबाट बोलाउने आह्वानकर्ता प्रत्येक मुस्लिमको हृदयमा रहेको अल्लाहले तोक्नु भएको उपदेशक हो।"
सही तिर्मीजी र अहमदले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः यो दुआ गर्नुहुन्थ्यो: ‘या मुकल्लिबल-कुलूब, सब्बित कल्बी अला दीनिक’, जसको अर्थ हो: "हे हृदयहरू परिवर्तन गर्ने मेरो पालनकर्ता! मेरो हृदयलाई तपाईंको धर्ममा अडिग बनाउनुहोस्।" मैले भनेँ: "हे अल्लाहका रसूल! हामीले तपाईं र तपाईंले ल्याउनुभएको धर्ममा विश्वास गरेका छौं। के तैपनि तपाईं हाम्रो बारेमा डराउनुहुन्छ?" उहाँले भन्नुभयो: "हो, निस्सन्देह हृदयहरू अल्लाहका दुई औंलाहरू बीचमा छन्। उहाँले तिनीहरूलाई जसरी चाहनुहुन्छ, फेर्नुहुन्छ।"
सही तिर्मीजी र अहमदले वर्णन गरेका छन्