Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

35 of 683 cards

Clear filters
"जसले गवाही दिन्छ, अल्लाह बाहेक कोही सत्य ईश्वर छैन, उहाँ एक्लो हुनुहुन्छ र उहाँको कोही साझेदार छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) उहाँका भक्त र रसूल हुनुहुन्छ र ईसा (अलैहिस्सलाम) उहाँका सेवक, दूत र उहाँको वचन (द्वारा सृष्टित) हुन् र उहाँ तर्फबाट पठाइएको एक रूह (आत्मा) हुन् जुन उहाँले मरियमतर्फ पठाउनुभयो र स्वर्ग तथा नरक सत्य हो। (जसले यो सबैको गवाही दिन्छ) अल्लाहले उसलाई उसले गरेका सत्कर्म अनुसार स्वर्गमा प्रवेश गराउनुहुनेछ ।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيفضائل التوحيد، صفات الجنة والنار، الإيمان بالله عز وجل، الأنبياء والرسل السابقين عليهم السلام، الحياة الآخرة، الإيمانموضوعات الحديثأهمية التوحيد، معنى «شهادة أن لا إله إلا الله»، الإيمان بالرسل عليهم السلام، الإيمان باليوم الآخرمحاور التعريف بالإسلاممحتوى للنصارى، عيسى عبد الله ورسوله، معنى الشهادتين
"हाम्रो प्रभु, पवित्र र महिमावान, हरेक रात जब रातको अन्तिम तिहाइ बाँकी हुन्छ, आकाशको सबैभन्दा तल्लो भागमा उत्रनु हुन्छ , र भन्नुहुन्छ: 'कसले मलाई पुकार्छ ताकि म उसको पुकार सुनेर जवाफ दिउँ? कसले मसँग माग्छ ताकि म उसलाई दिन सकूँ? कसले म सँग माफी माग्छ ताकि म उसलाई माफ गरूँ?'"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيفضل الدعاء، أنواع الدعاء، أسباب إجابة الدعاء وموانعه، قيام الليل، توحيد الأسماء والصفاتموضوعات الحديثالدعاء، سعة فضل الله عز وجل، قيام الليل
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग (विभिन्न मनोवृत्ति साथ युद्धमा भाग लिनेबारे सोधियो): "कोही बहादुरी देखाउन लड्छ, कोही जातिवाद (हठ वा पक्षपात) का लागि लड्छ, अनि कोही देखावटी वा प्रशंसा पाउन लड्छ। यीमध्ये कुन अल्लाहको मार्गमा (गरिएको) युद्ध हो?" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो:"जसले अल्लाहको वचन (तौहीद) सर्वोच्च होस् भन्ने लक्ष्य लिएर लड्छ, ऊ नै मात्र अल्लाहको मार्गमा लडिरहेको हुन्छ।"
सही मुत्तफकुन अलैहि
التصنيف الشرعيأعمال القلوب، أحكام ومسائل الجهاد وآدابهموضوعات الحديثفضل الجهاد، الإخلاص، الرياء