Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

129 of 683 cards

Clear filters

Narrator

Show all narrators (58)
म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए र भने: हे अल्लाहका रसूल! शैतान मेरो नमाज र मेरो कुरानकाे तिलावत (पाठ) को बीचमा आएर मलाई भ्रमित पार्न खोज्छ । यो सुनेर, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " यो खिन्जब भनिने एक शैतान हो । उसले तिमीलाई विचलित गर्न खोज्छ भने तअउवुज् पढ (अल्लाहको शरण लेऊ) र आफ्नो बायाँतिर तीन पटक थुथु गर ।" उनी भन्छन्, जब मैले यसो गरें, अल्लाहले मेरो समस्या हटाइदिनु भयो ।
सही मुस्लिमले वर्णन गरेका छन्
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सज्दा गर्दा यो दुआ पढ्नुहुन्थ्यो: "अल्लाहुम्मग्फिर ली जन्बी कुल्लहु, दिक्कहु व जिल्लहु, व अव्वलहु व आखिरहु, व अलानियतहु व सिर्रहु।" अर्थात् "हे अल्लाह! मेरा साना र ठूला, विगतका र वर्तमानका, खुला र गुप्त सबै पापहरू क्षमा गर्नुहोस्।"
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले यो प्रार्थना तीन पटक पढ्छ: "अल्लाहको नाममा, जसको नामले पृथ्वी वा आकाशमा कुनै पनि कुराले हानि गर्न सक्दैन र उहाँ सर्वश्रोता एवं सर्वज्ञ हुनुहुन्छ।" बिहानसम्म कुनै पनि अचानक विपत्तिले उसलाई आक्रमण गर्नेछैन।" र जसले बिहान तीन पटक यो पढ्छ, साँझसम्म उसलाई अचानक कुनै विपत्ति आउने छैन।" वर्णनकर्ता भन्छन्, पछि अबान बिन उस्मानमाथि पक्षाघात (फालिज) को आक्रमण भयो, त्यसैले उनीबाट यो हदीस सुन्ने व्यक्तिले उनलाई हेर्न थाल्यो। त्यसैले अबानले उनलाई सोधे: के भयो, तिमी मलाई किन हेरिरहेका छौ? अल्लाहको कसम, मैले उस्मानलाई झूटो भनेर केही भनेको छैन, नत उस्मानले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई झूटो भनेर केही भनेको छ। वास्तवमा जुन दिन मलाई यो बिमारी लागेको थियो त्यो दिन रिसको झोकमा भएकोले यो दुआ पढ्न बिर्सिएको थिएँ ।
सही अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्
"तिम्रो संसारको आगो नर्क को आगोको सत्तरी भागमध्ये एक भाग हो ।" कसैले भन्यो: हे अल्लाहको रसूल! यो (संसारको आगो) मात्र भए पनि पर्याप्त हुने थियो । उहाँले भन्नुभयो : " नरकको आगोको तपन ६९ प्रतिशत बढी छ र त्यसको प्रत्येक भागको तपन संसारको आगो जस्तै छ।"
सही मुत्तफकुन अलैहि
"अल्लाहलाई बलवान् मुमिन (विश्वासी) कमजोर मुमिन भन्दा राम्रो र अधिक प्रिय छ, तर दुवैमा भलाई छ । तिमीले आफूलाई लाभदायक हुने कुराको लागि प्रयासरत रहनुपर्छ, अल्लाहसँग मद्दत माग्नु र हरेस नखानु । कुनै विपत्ति आइपर्‍यो भने यदि मैले यो गरेको भए यो र यो हुन्थ्यो भनी नभन्नु, बरु यसो भन्नु, "कदरुल्लाहि वमा शाअ फअ़ल" (अर्थात यो अल्लाहको निर्णय हो र उहाँ जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ) । किनकि 'यदि' शब्दले शैतानलाई मनभित्र खेल्ने मौका दिन्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
अल्लाहले स्वर्गवासीहरूलाई सम्बोधन गर्दै भन्नुहुनेछ: “हे स्वर्गवासीहरू!” तिनीहरूले उत्तर दिनेछन्: “हे हाम्रा पालनकर्ता! हामी उपस्थित छौं र सम्पूर्ण भलाइ हजुरकै हातमा छ।” अल्लाहले सोध्नुहुनेछ: “के तिमीहरू सन्तुष्ट छौ?” तिनीहरूले भन्नेछन्: “हामी किन सन्तुष्ट नहुने? जब कि हजुरले हामीलाई यस्ता वरदानहरू प्रदान गर्नुभएको छ, जुन हजुरले आफ्ना सृष्टिहरूमध्ये अरू कसैलाई दिनुभएको छैन। ” तब अल्लाहले भन्नुहुनेछ: “म तिमीहरूलाई योभन्दा पनि उत्तम उपहार दिनेछु।” तिनीहरूले सोध्नेछन्: “हे हाम्रा पालनकर्ता! योभन्दा उत्तम कुरा अरू के हुन सक्छ र?” तब अल्लाहले घोषणा गर्नुहुनेछ: “म तिमीहरूलाई मेरो ‘महा-प्रसन्नता’ (रजामन्दी) प्रदान गर्दछु, र अब उप्रान्त म तिमीहरूसँग कहिल्यै अप्रसन्न हुनेछैन।”
सही मुत्तफकुन अलैहि
“सुब्हानल्लाह्, वल्-हम्दु लिल्लाह्, वला इलाह इल्-लल्लाह्, वल्लाहु अक्बर’ भन्नु मेरो लागि यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा प्रिय छ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"जसमा चारवटा लक्षणहरू छन्, त्यो शुद्ध मुनाफिक (पाखण्डी) हो र जसमा तीमध्ये एउटा छ, त्यसलाई नछोडेसम्म उसमा पाखण्डको एउटा लक्षण छ: जब ऊ बोल्छ झुट बोल्छ, जब उसले सम्झौता गर्छ, धोका दिन्छ, जब उसले वाचा गर्छ, तोड्छ र जब ऊ झगडा गर्छ गालीगलौज गर्छ ।"
सही मुत्तफकुन अलैहि