Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

129 of 683 cards

Clear filters

Narrator

Show all narrators (58)
कुन कर्मले मानिसहरूलाई स्वर्गमा धेरै प्रवेश गर्नेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: "तक्वा (अल्लाहको डर) र राम्रो व्यवहार ।" अनि कुन कुराले मानिसहरूलाई सबैभन्दा धेरै नरकमा प्रवेश गर्नेछ भनेर सोधिदा उहाँले जवाफ दिनुभयो: "जिब्रो र गुप्तांग [को गलत प्रयोग बाट] ।"
हसन सही तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग बसिरहेको थिएँ र दुई जना मानिसहरू एकअर्कालाई गाली गरिरहेका थिए। तिनीहरूमध्ये एक जनाको अनुहार (रिसले) रातो थियो र उसको नसाहरू फुलिरहेका थिए। त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " म यस्तो कुरा जान्दछु, यदि उसले पढ्यो भने, उसको रिस समाप्त हुनेछ।" उहाँले भन्नुभयो: "यदि यो मानिसले: "म धिक्कारिएको शैतानबाट अल्लाहको शरण चाहन्छु," भन्छ भने उसको रिस शान्त हुनेछ। त्यसैले मानिसहरूले उनलाई भने, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, 'धिक्कारिएको शैतानबाट अल्लाहको शरण माग।' उनले भने, "के म पागल छु?"
सही मुत्तफकुन अलैहि
“यदि कुनै समूह कुनै यस्तो सभा (बैठक) मा बस्दछ, जहाँ उनीहरूले न त अल्लाहको स्मरण (जिक्र) गर्दछन् र न त आफ्ना नबीमाथि दुरूद (आशिष) नै पठाउँदछन् भने—त्यो सभा उनीहरूका लागि पछुतो र घाटाको कारण बन्नेछ। तत्पश्चात्, यदि अल्लाहले चाहनुभयो भने उनीहरूलाई सजाय दिनुहुनेछ र यदि चाहनुभयो भने उनीहरूलाई क्षमा गरिदिनुहुनेछ।”
सही अबू दाऊद र तिर्मिजीले वर्णन गरेका छन् र निसाईले सुननुल् कुब्रामा वर्णन गरेका छन्
"मैले दुई प्रकारका नरकवासी (अहिलेसम्म) देखेको छैनँ: पहिलो ती मानिसहरू जसको साथमा गाईको पुच्छर जस्तै कोर्रा हुनेछ र तिनीहरूले मानिसहरूलाई त्यसले पिट्नेछन्। दोस्रो ती महिलाहरू जो लुगा लगाएर पनि नाङ्गै हुनेछन्, अरूलाई आकर्षित गर्नेछन् र आफैँ पनि आकर्षित हुनेछन्, तिनीहरूको टाउको (केश सजावट) ऊँटको जुरो (कोहान) जस्तै अग्लो हुनेछ। तिनीहरू स्वर्गमा प्रवेश गर्नेछैनन् न त यसको सुगन्ध नै पाउनेछन्, जबकि स्वर्गको सुगन्ध अत्यधिक दूरीबाट नै अनुभव गर्न सकिन्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"कञ्जूस त्यो हो जसको अगाडि मेरो नाम लिइन्छ तर उसले ममाथि दया (दरुद) पठाउदैन।"
सही तिर्मिजी, निसाईले कुब्रामा र अहमदले वर्णन गरेका छन्
"तिमीहरूमध्ये कोही पनि साँच्चिकै आस्थावान हुन सक्दैनौ जबसम्म उसको इच्छा मैले ल्याएको कुरा अनुरूप हुँदैन।"
अल-नवावीले भने: सही हदीस यसलाई हामीले किताबुल हुज्जहमा सही सनदका साथ वर्णन गरेका छौं
"सबै कर्महरू नियत (मनसाय) मा आधारित छन् र व्यक्तिलाई उसको नियत अनुसार इनाम दिइनेछ। त्यसैले, जसको हिजरत (प्रवास/बसाईं सराई) अल्लाह र उहाँका रसूलको लागि हो, उसको हिजरत अल्लाह र उहाँका रसूलको लागि [मान्य] हुनेछ र जसले संसार प्राप्ति वा कुनै महिलासँग विवाह गर्नको लागि हिजरत (प्रवास) गर्दछ, उसको हिजरत त्यहि उदेश्य अनुरुप हुनेछ ।" सही बुखारीमा यसरी उल्लेख छ: "सबै कार्यहरू नियतीमा आधारित हुन्छन् र प्रत्येक व्यक्तिलाई उसको नियत अनुसार इनाम दिइनेछ ।"
सही मुत्तफकुन अलैहि
"जो कोही कुनै ठाउँमा ओर्लन्छ र यो दुआ पढ्छ: 'अऊजु बिकलिमातिल्लाहि-त्ताम्माति मिन् शर्रि मा खलक् ।’ (म अल्लाहको पूर्ण वचनहरूद्वारा सृष्टिको प्रत्येक हानीनोक्सानी बाट शरण चाहन्छु ।) त्यो ठाउँमा बसुन्जेल उसलाई कुनै पनि कुराले हानि गर्न सक्दैन ।"
सही मुस्लिमले वर्णन गरेका छन्