Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

129 of 683 cards

Clear filters

Narrator

Show all narrators (58)
"सद्गुण र पुण्य भनेको राम्रो आचरण हो र पाप त्यो हो जसले तिम्रो हृदयलाई असजिलो बनाउँछ वा मनमा खट्कन्छ र जसलाई अरूले थाहा पाऊन् भन्ने तिमीलाई मन पर्दैन।"
सही पहिलो हदीसलाई इमाम मुस्लिमले वर्णन गरेका छन् र दोस्रो हदीसलाई इमाम अहमद र दारमीले वर्णन गरेका छन्
"चारवटा गुणहरू छन्; जुन व्यक्तिमा यी सबै पाइन्छन्, ऊ पूर्ण मुनाफिक (पाखण्डी, कपटी) हो र यदि तीमध्ये कुनै एक गुण पाइन्छ भने, उसमा पाखण्डको एक अंश हुन्छ, जबसम्म उसले त्यसलाई त्याग्दैन। — जब ऊ बोल्छ, झूट बोल्छ; जब वाचा गर्छ, पूरा गर्दैन; जब विवाद गर्छ, अन्यायपूर्ण व्यवहार गर्छ; र जब सम्झौता गर्छ, त्यसमा धोका दिन्छ।"
सही बुखारी र मुस्लिमले वर्णन गरेका छन्
एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मिम्बरमा बस्नुभयो र हामी उहाँको वरिपरि बस्यौं। उहाँले भन्नुभयो: "मेरो मृत्युपछि मलाई तिम्रो लागि यो संसारको चमक र सांसारिक सजावटका ढोकाहरू खोलिनेछ भन्ने कुराको डर छ।" एक जना मानिसले भन्यो: हे रसूल! के भलाइले बुराई ल्याउँछ?" प्रश्न सुनेर, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) चुप लागे। मानिसहरूले भने: "तिमीले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रश्न गर्यौ, तर उहाँले जवाफ दिनुभएन?" हामीले अनुमान गर्यौं उहाँमाथि वह्य (प्रकाशना) अवतरित भइरहेको थियो। त्यसपछि उहाँले आफ्नो निधारबाट पसिना पुछे र भने: "प्रश्नकर्ता कहाँ छ?" एक तरिकाले, उहाँले उसको प्रशंसा गर्नुभयो र त्यसपछि भन्नुभयो: भलाइले कहिल्यै बुराई ल्याउँदैन। वास्तवमा, वसन्त ऋतुमा उम्रने घाँसले मार्छ वा दुख दिन्छ । तर हरियो घाँस खाने जनावर बाहेक, जब उसको पेट भरिन्छ, उसले आफ्नो अनुहार घामतिर फर्काउँछ र चपाउन थाल्छ, त्यसपछि दिसा गर्छ र पिसाब फेर्छ । वास्तवमा, यो सम्पत्ति हरियो र मीठो छ। त्यो मुस्लिम कति राम्रो छ जसले गरिब, अनाथ र यात्रीलाई दिने गर्छ - वा यस्तै कुरा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भनेका थिए। तर जसले अन्यायपूर्वक यसलाई प्राप्त गर्छ, त्यो त्यो व्यक्ति जस्तै हो जसले खान्छ तर सन्तुष्ट हुँदैन। त्यस्तो सम्पत्तिले पुनरुत्थानको दिन व्यक्तिको विरुद्धमा साक्षी दिनेछ।"
सही मुत्तफकुन अलैहि
"तिमीहरूमध्ये प्रत्येक मानिस राति सुत्दा शैतानले उसको टाउको पछाडि तीनवटा गाँठो बाँध्छ र प्रत्येक गाँठोमा फुँक्छ र भन्छ, 'सुत, अझै धेरै रात बाँकी छ। यदि कोही उठेर अल्लाहलाई सम्झन्छ भने, एउटा गाँठो खुल्छ। यदि उसले वुजू गर्छ भने, अर्को गाँठो खुल्छ। यदि उसले प्रार्थना गर्छ भने, अर्को गाँठो पनि खुल्छ। यसरी, ऊ ऊर्जावान र राम्रो स्वभावको रहन्छ। अन्यथा, ऊ दुःखी र सुस्त रहन्छ।"
सही मुत्तफकुन अलैहि
"शैतान तिमीहरु मध्ये कसै कहाँ आउँछ र भन्छ: यो कसले सृष्टि गर्यो ? र यो कसले रचना गर्यो ? यो क्रम चलिरहन्छ यहाँ सम्म उसले सोध्न थाल्छ : तिम्रो रब (पालनकर्ता) लाई कसले सृष्टि गर्यो ? यस्तो कुरा दिमागमा आउन साथ शैतानको उपद्रोबाट अल्लाहको शरण लिनुपर्छ र यस्त खराब विचार त्याग्नु पर्छ" ।
सही मुत्तफकुन अलैहि
"दुई शब्दहरू यस्ता छन्, जुन जिब्रोमा हलुका, तराजुमा भारी र रहमान (परम दयालु) लाई धेरै प्रिय छन् ।" ती हुन्: " सुब्हानल्लाहि व बिहमदिही सुब्हानल्लाहिल अजीम ।"
सही मुत्तफकुन अलैहि
"स्वर्गमा सयवटा दर्जाहरू छन्, जसमध्ये प्रत्येक दुई दर्जाबीचको दूरी आकाश र पृथ्वीबीचको दूरी जत्तिको छ। अनि 'फिरदौस' त्यसको सबैभन्दा उच्च दर्जा हो, जहाँबाट स्वर्गका चारवटा नदीहरू बग्दछन्। त्यसको माथि अर्श (सिंहासन) छ। त्यसैले जब तिमीहरू अल्लाहसँग माग्छौ, तब 'फिरदौस' नै माग्ने गर।"
सही तिर्मीजीले वर्णन गरेका छन्
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई चिहानहरूको नजिकबाट गुज्रनुभयो र भन्नुभयो: " निश्चय नै यी दुवैलाई सजाय दिइँदैछ तर उनीहरू कुनै ठूलो पापको कारणले दण्डित भइरहेको छैनन्, (सजाय भोगीरहेका कारण यो हो कि) तिनीहरूमध्ये एक पिसाबबाट बच्दैनथ्यो र अर्कोले चुक्ली गर्थ्यो ।" त्यसपछि उहाँले खजुरको एउटा ताजा हाँगा लिनुभयो र त्यसलाई दुइभागमा च्यातेर प्रत्येक चिहानमा एक भाग गाड्नुभयो । साथीहरूले सोधे, हे अल्लाहका रसूल ! त्येस्तो किन गर्नुभएको ? उहाँले जवाफ दिनुभयो: "सायद यी दुई हाँगाहरू नओइलिएसम्म उनीहरूको पीडा हलुका हुनसक्छ ।"
सही मुत्तफकुन अलैहि