Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

94 of 683 cards

Clear filters
"तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई भरि दिन्छ । सलाह (नमाज) नूर (ज्योति) हो, सदकह (दान) प्रमाण हो, धैर्य गर्नु (आस्थाको) किरण हो । कुरान तपाईको पक्ष वा विपक्षमा प्रमाण हो । प्रत्येक मानिसले हरेक दिन परिश्रम गर्छ, कि त उसले आफूलाई नर्कबाट बचाउछ, कि त नष्ट पार्दछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहले तिम्रो रूप र धनलाई हेर्नुहुन्न, तर तिम्रो हृदय र कर्महरूलाई हेर्नुहुन्छ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"तिमीहरूभन्दा पहिलेको युगमा एउटा मानिस थियो, जसलाई चोट लागेको थियो। उसले पीडा सहन नसकी हतास भई चक्कुले आफ्नो हात काट्यो। रगत निरन्तर बगिरह्यो र अन्ततः उसको मृत्यु भयो। अल्लाहले भन्नुभयो: मेरो भक्तले आफ्नो ज्यान लिन हतार गर्‍यो, (मेरो निर्णयको प्रतीक्षा गरेन); त्यसैले मैले उसका लागि स्वर्ग निषेधित गरिदिएँ।"
सही मुत्तफकुन अलैहि
"निश्चय नै, स्वर्गमा मुमिन (विश्वासी) का लागि एउटा यस्तो पाल (तम्बु) हुनेछ, जुन भित्रबाट खोक्रो भएको एउटै ठूलो मोतीबाट बनेको हुनेछ। त्यसको उचाइ साठी माइल हुनेछ। त्यहाँ आस्थावानका श्रीमतीहरू हुनेछन्, जोसँग ऊ भेट गर्न आउने-जाने गर्नेछ, तर (त्यो पाल यति ठूलो हुनेछ कि) उनीहरूले एकअर्कालाई देख्ने छैनन्।"
सही मुत्तफकुन अलैहि
"तिमीहरू मध्ये कोही पनि (पूर्ण) मुमिन (आस्थावान्) हुन सक्दैन, जबसम्म म उसको नजिक उसको बुबाआमा, छोराछोरी र सबै मानिसहरू भन्दा बढी प्रिय हुँदिन।"
सही मुत्तफकुन अलैहि
"मुमिन (आस्थावान) को मामिला कति अचम्मको छ। उसको सम्पूर्ण मामिलामा उसको लागि भलाइ छ र त्यो मुमिन बाहेक अरू कसैको लागि छैन। यदि उसलाई सुख प्राप्त हुन्छ भने ऊ (अल्लाहप्रति) कृतज्ञ हुन्छ, र त्यसमा पनि उसको हित हुन्छ। र यदि उसलाई दुःख-कष्ट आइपर्छ भने ऊ धैर्य धारण गर्छ र यसरी त्यसमा पनि उसका लागि भलाइ नै हुन्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
फातिमा (रजियल्लाहु अन्हा) जाँतो पिस्दा आफ्नो हातमा परेको कष्टको गुनासो लिएर नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ उपस्थित हुनुभयो। उहाँले नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ केही दास-दासीहरू (युद्धबन्दीहरू) आइपुगेको खबर पाउनुभएको थियो। तर, उहाँले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग भेट गर्न सक्नुभएन, तसर्थ उहाँले यो कुरा आमा आइशा (रजियल्लाहु अन्हा) लाई अवगत गराउनुभयो। जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) घर फर्कनुभयो, आइशा (रजियल्लाहु अन्हा) ले उहाँलाई उक्त कुरा सुनाउनुभयो। (अली रजियल्लाहु अन्हु भन्नुहुन्छ): "हामी सुत्नका लागि ओछ्यानमा गइसकेका थियौं, त्यही समयमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) हामीकहाँ आउनुभयो। हामीले ओछ्यानबाट उठ्न खोज्यौं, तर उहाँले भन्नुभयो: "आफ्नै स्थानमा रहिरहनु।" त्यसपछि उहाँ मेरो र फातिमाको बीचमा बस्नुभयो, यहाँसम्म कि मैले मेरो छातीमा उहाँका पाइलाको शीतलता महसुस गरें। अनि उहाँले भन्नुभयो : "के म तिमीहरूलाई त्यो कुरा सिकाइदिऊँ, जुन तिमीहरूले माग गरेको सेवकभन्दा उत्तम छ? जब तिमीहरू आफ्नो ओछ्यानमा जान्छौ, तब ३३ पटक ‘सुब्हानल्लाह’, ३३ पटक ‘अल्हम्दुलिल्लाह’ र ३४ पटक ‘अल्लाहु अकबर’ भन्ने गर। यो कार्य तिमीहरू दुवैका निम्ति एउटा सेवक प्राप्त हुनुभन्दा धेरै उत्तम छ।"
सही मुत्तफकुन अलैहि
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुःख पर्दा भन्नुहुन्थ्यो: "ला इलाह इल-लल्लाहुल-अजीमुल हलीम, ला इलाह इल-लल्लाहुल-रब्बुल-अर्शिल-अजीम, ला इलाह इल-लल्लाहु रब्बुस्समावाति व रब्बुल-अर्जि़ व रब्बुल-अर्शिल-करीम।" अर्थ: "अल्लाह बाहेक कोही सत्य पूज्य छैन, जो महान र सहनशील हुनुहुन्छ। अल्लाह बाहेक कोही सत्य पूज्य छैन, जो महान अर्श (सिंहासन) का मालिक हुनुहुन्छ। अल्लाह बाहेक कोही सत्य पूज्य छैन, जो आकाशहरूका मालिक, पृथ्वीका मालिक र सम्मानित अर्शका मालिक हुनुहुन्छ।"
सही मुत्तफकुन अलैहि