Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

56 of 683 cards

Clear filters
"जब दुई मुसलमानहरू एकअर्काको विरुद्ध तरवार उठाएर खडा हुन्छन्, हत्यारा र पीडित दुवै नरकको भागीदार हुनेछन्।" मैले प्रश्न गरेँ, "हे अल्लाहका रसूल! एक व्यक्ति हत्यारा भएकाले नरकमा गयो तर पीडितको के दोष?" तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "उसको मनसाय पनि त हत्या गर्नु नै थियो।"
सही मुत्तफकुन अलैहि
"नर्क इच्छा तथा आकंक्षाहरूले घेरिएको छ भने स्वर्ग अप्रिय चीजहरूले घेरिएको छ ।"
सही बुखारीले वर्णन गरेका छन्
"तिमीहरूभन्दा पहिलेको युगमा एउटा मानिस थियो, जसलाई चोट लागेको थियो। उसले पीडा सहन नसकी हतास भई चक्कुले आफ्नो हात काट्यो। रगत निरन्तर बगिरह्यो र अन्ततः उसको मृत्यु भयो। अल्लाहले भन्नुभयो: मेरो भक्तले आफ्नो ज्यान लिन हतार गर्‍यो, (मेरो निर्णयको प्रतीक्षा गरेन); त्यसैले मैले उसका लागि स्वर्ग निषेधित गरिदिएँ।"
सही मुत्तफकुन अलैहि
"निश्चय नै, स्वर्गमा मुमिन (विश्वासी) का लागि एउटा यस्तो पाल (तम्बु) हुनेछ, जुन भित्रबाट खोक्रो भएको एउटै ठूलो मोतीबाट बनेको हुनेछ। त्यसको उचाइ साठी माइल हुनेछ। त्यहाँ आस्थावानका श्रीमतीहरू हुनेछन्, जोसँग ऊ भेट गर्न आउने-जाने गर्नेछ, तर (त्यो पाल यति ठूलो हुनेछ कि) उनीहरूले एकअर्कालाई देख्ने छैनन्।"
सही मुत्तफकुन अलैहि
"स्वर्ग तिम्रो जुत्ताको फित्ता भन्दा पनि नजिक छ र नर्क पनि ।"
सही बुखारीले वर्णन गरेका छन्
"तिमीहरू मध्ये कोही पनि (पूर्ण) मुमिन (आस्थावान्) हुन सक्दैन, जबसम्म म उसको नजिक उसको बुबाआमा, छोराछोरी र सबै मानिसहरू भन्दा बढी प्रिय हुँदिन।"
सही मुत्तफकुन अलैहि
"जसले मलाई आफ्नो दुई बङ्गारो बीचको चीज (जिब्रो, मुखको बोली ) र दुई तिघ्रा बीचको चीज (गुप्ताङ्ग) को सुरक्षाको ग्यारेन्टी दिन्छ, म उसलाई स्वर्गको ग्यारेन्टी दिन्छु ।"
सही बुखारीले वर्णन गरेका छन्
फातिमा (रजियल्लाहु अन्हा) जाँतो पिस्दा आफ्नो हातमा परेको कष्टको गुनासो लिएर नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ उपस्थित हुनुभयो। उहाँले नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ केही दास-दासीहरू (युद्धबन्दीहरू) आइपुगेको खबर पाउनुभएको थियो। तर, उहाँले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग भेट गर्न सक्नुभएन, तसर्थ उहाँले यो कुरा आमा आइशा (रजियल्लाहु अन्हा) लाई अवगत गराउनुभयो। जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) घर फर्कनुभयो, आइशा (रजियल्लाहु अन्हा) ले उहाँलाई उक्त कुरा सुनाउनुभयो। (अली रजियल्लाहु अन्हु भन्नुहुन्छ): "हामी सुत्नका लागि ओछ्यानमा गइसकेका थियौं, त्यही समयमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) हामीकहाँ आउनुभयो। हामीले ओछ्यानबाट उठ्न खोज्यौं, तर उहाँले भन्नुभयो: "आफ्नै स्थानमा रहिरहनु।" त्यसपछि उहाँ मेरो र फातिमाको बीचमा बस्नुभयो, यहाँसम्म कि मैले मेरो छातीमा उहाँका पाइलाको शीतलता महसुस गरें। अनि उहाँले भन्नुभयो : "के म तिमीहरूलाई त्यो कुरा सिकाइदिऊँ, जुन तिमीहरूले माग गरेको सेवकभन्दा उत्तम छ? जब तिमीहरू आफ्नो ओछ्यानमा जान्छौ, तब ३३ पटक ‘सुब्हानल्लाह’, ३३ पटक ‘अल्हम्दुलिल्लाह’ र ३४ पटक ‘अल्लाहु अकबर’ भन्ने गर। यो कार्य तिमीहरू दुवैका निम्ति एउटा सेवक प्राप्त हुनुभन्दा धेरै उत्तम छ।"
सही मुत्तफकुन अलैहि