Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

4 of 683 cards

Clear filters
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई कयामतको बारेमा सोधे: "कयामत (प्रलय) कहिले आउँछ?" उहाँले सोध्नुभयो: "तिमीले यसको लागि के तयारी गरेका छौ?" उनले जवाफ दिए: "मैले कुनै खास तयारी त गरेको छैन, तर म अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रेम गर्छु।" यो सुनेर उहाँले भन्नुभयो: "निश्चयनै तिमी उसैसँग हुनेछौ जसलाई तिमी प्रेम गर्छौ।" अनस (रजियल्लाहु अन्हु) ले भने: "हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइ—'निश्चयनै तिमी जसलाई प्रेम गर्छौ उसैसँग हुनेछौ'—बाट जति खुशी भयौं, त्यति अरू कुनै कुराबाट भएका थिएनौं।" अनस (रजियल्लाहु अन्हु) ले थपे: "म अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम), अबूबकर र उमर (रजियल्लाहु अन्हुम) लाई प्रेम गर्छु। यद्यपि मैले उहाँहरूको जस्तो कर्म गर्न सकेको छैन, तैपनि उहाँहरूप्रतिको प्रेमका कारण म उहाँहरूसँगै हुने आशा गर्दछु।"
सही मुत्तफकुन अलैहि
"तिमीहरू मध्ये कोही पनि (पूर्ण) मुमिन (आस्थावान्) हुन सक्दैन, जबसम्म म उसको नजिक उसको बुबाआमा, छोराछोरी र सबै मानिसहरू भन्दा बढी प्रिय हुँदिन।"
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः यो दुआ (प्रार्थना) गर्नुहुन्थ्यो: ‘रब्बना आतिना फिद्दुन्या हसनह् व फिल्-आखिरति हसनह् व किना अजा बन्नार’ अर्थात हे अल्लाह ! हामीलाई दुनियाँ र आखिरत (लोक-परलोक) दुबै ठाउँमा भलाइ प्रदान गर्नुहोस् र नर्कको आगोबाट बचाउनुहोस् ।
सही मुत्तफकुन अलैहि
"'मलाई स्वर्ग र नर्क प्रत्यक्ष देखाइयो; आजको दिनजस्तो भलाइ र खराबीको त्यति गम्भीर दृश्य मैले कहिल्यै देखेको थिइनँ। यदि तिमीहरूलाई ती कुराहरू थाहा हुन्थ्यो—जो मलाई थाहा छ—भने तिमीहरू थोरै हाँस्ने थियौ र धेरै रुने थियौ।' वर्णनकर्ता अनस (रजिअल्लाहु अन्हु) भन्नुहुन्छ: 'रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबाहरूमाथि त्यो दिनभन्दा अधिक कठोर र गम्भीर दिन कहिल्यै आएको थिएन। उनीहरूले आफ्ना वस्त्रले टाउको ढाकेका थिए र उनीहरूको रुवाइको सुँकसुँकाहट स्पष्ट सुनिन्थ्यो।' तत्पश्चात् हजरत उमर (रजिअल्लाहु अन्हु) उभिनुभयो र भन्नुभयो: 'हामी अल्लाहलाई आफ्नो एकमात्र पालनकर्ता, इस्लामलाई आफ्नो धर्म, र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई रसूलका रूपमा स्वीकार गरी पूर्ण रूपमा सन्तुष्ट छौँ।' त्यसपछि एक व्यक्ति उभिए र सोधे: 'हे अल्लाहका रसूल! मेरा पिता को हुन्?' उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: 'तिम्रा पिता फलानो व्यक्ति हुन्।' त्यस घडी अल्लाहले यो आयत अवतरण गर्नुभयो: {हे आस्थावानहरू हो ! ती कुराहरुबारे सोधपुछ नगर जुन तिमीहरूसमक्ष प्रकट गरिएमा तिमीहरूलाई नराम्रो लाग्नेछ।}" [अल-माइदा: १०१]
सही मुत्तफकुन अलैहि