Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

42 of 683 cards

Clear filters
"मुस्लिमको 'इजार' (तल्लो वस्त्र) पिँडुलाको बीचभागसम्म हुनुपर्छ, र पिँडुलाको बीचदेखि गोलीगाँठो (कुर्कुच्चाको माथिल्लो भाग) सम्म हुनुमा कुनै हर्ज वा पाप छैन। तर गोलीगाँठोभन्दा तल झुन्डिने वस्त्रको भाग नर्कको आगोमा पर्नेछ। र जसले अहङ्कारवश आफ्नो 'इजार' (जमिनमा) घिसार्छ, अल्लाहले (कयामतको दिन) उसतर्फ (करुणाको दृष्टिले) हेर्नुहुने छैन।"
सही अबू दाउद, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सातवटा कुराको आदेश दिनुभयो र सातवटा कुराबाट मनाही गर्नुभयो। उहाँले हामीलाई बिरामीको हालखबर सोध्न, जनाजामा सहभागी हुन, हाच्छ्यूँ गर्ने व्यक्तिको जवाफ दिन, कसम पूरा गर्न, अन्यायमा परेको व्यक्तिको मद्दत गर्न, निमन्त्रणा गर्ने व्यक्तिको निमन्त्रणा स्वीकार गर्न र सलाम फैलाउन आदेश दिनुभयो। र उहाँले हामीलाई सुनको औँठी लगाउन, चाँदीका भाँडामा पिउन, मयासिर (रेशमी गद्दा) प्रयोग गर्न, कस्सी (रेशम मिश्रित कपडा) लगाउन तथा रेशम, इस्तबरक (बाक्लो रेशम) र दीबाज (मुलायम रेशम) लगाउनबाट मनाही गर्नुभयो।"
सही मुत्तफकुन अलैहि
"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जब कुनै बिरामीकहाँ जानुहुन्थ्यो, तब उहाँले उसका लागि यसरी प्रार्थना गर्नुहुन्थ्यो: "अज़्हिबिल्-बअस, रब्बन्-नास, वश्फि अन्तश्-शाफ़ी, ला शिफाअ इल्ला शिफाउक, शिफाअन् ला युगादिरु सकमा।" (अर्थात्: हे मानवजातिका पालनकर्ता! यसको रोग-कष्ट दूर गरिदिनुहोस् र यसलाई स्वास्थ्यलाभ प्रदान गर्नुहोस्। हजुर नै स्वास्थ्यदाता हुनुहुन्छ। हजुरले प्रदान गर्नुभएको उपचारबाहेक अर्को कुनै उपचार छैन। यस्तो पूर्ण आरोग्य प्रदान गर्नुहोस् जसले कुनै पनि रोग नछोडोस्।)"
सही मुत्तफकुन अलैहि
"जब तिमीहरूमध्ये कसैलाई हाई आउँछ, तब उसले आफ्नो हातले मुख छोपोस्, किनभने शैतान (अदृश्य रुपले) भित्र पस्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
(यदि कसैले उपहार स्वरूप दिएमा) रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अत्तर (सुगन्ध) लाई कहिल्यै पनि अस्वीकार गर्नु हुन्थेन।
सही बुखारीले वर्णन गरेका छन्
"एक मुस्लिमको अर्को मुस्लिममाथि पाँच अधिकारहरू छन्; सलाम (अभिवादन) को जवाफ फर्काउने, बिरामीलाई (हालखबर लिन) भेट्न जाने, जनाजा (अन्त्येष्टि) मा सहभागी हुने, निमन्त्रणा स्वीकार गर्ने र हाछ्युँ गर्नेलाई जवाफ1 दिने ।"
सही मुत्तफकुन अलैहि
"एक पुरुषले अर्को पुरुषको गुप्ताङ्ग हेर्नु हुँदैन। त्यसैगरी, एक महिलाले पनि अर्को महिलाको गुप्ताङ्ग हेर्नु हुँदैन। एक पुरुषले अर्को पुरुषसँग एउटै कपडाभित्र सुत्नु हुँदैन र एक महिलाले अर्को महिलासँग एउटै कपडाभित्र सुत्नु हुँदैन।"
सही मुस्लिमले वर्णन गरेका छन्
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीकहाँ आउनुभयो, हामीले भन्यौं: हे अल्लाहका रसूल! तपाईंलाई सलाम (अभिवादन) कसरी गर्ने भनेर हामीले सिकेका छौं, तर तपाईंमाथि दरुद कसरी पठाउने ? उहाँले भन्नुभयो: "तिमीहरू यसरी भन: ‘अल्लाहुम्म सल्लि अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा सल्लैत अ़ला आले इब्राहीम्, इन्नक हमीदुम्मजीद् । अल्लाहुम्म बारिक् अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा बारक्त अला इब्राहीम्, इन्नक हमीदुम्मजीद्’ ।"
सही मुत्तफकुन अलैहि