Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

29 of 683 cards

Clear filters
एक व्यक्तिले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे: "इस्लामको सबैभन्दा उत्तम कर्म कुन हो?" उहाँले जवाफ दिनुभयो: "खाना खुवाउनु र परिचित तथा अपरिचित सबैलाई सलाम (अभिवादन) गर्नु।"
सही मुत्तफकुन अलैहि
" निश्चय नै अल्लाह आफ्नो सेवकबाट तब खुशी हुनुहुन्छ जब ऊ खाना खान्छ र त्यसमा उहाँको प्रशंसा गर्छ, वा जब ऊ कुनै पेय पिउँछ र त्यसमा उहाँको प्रशंसा गर्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"मुस्लिम त्यो हो जसको बोली र हातबाट मुस्लिमहरू सुरक्षित रहन्छन् र साँचो मुहाजिर (अल्लाहको निम्ति कुनै कुरा ठाउँ त्यग गर्ने) त्यो हो जसले अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्छ।"
सही मुत्तफकुन अलैहि
म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग एक यात्रामा थिएँ, म उहाँको मोजा फुकाल्नको लागि झुकेँ। उहाँले भन्नुभयो : " मोजालाई नफुकाल्नु; किनकि मैले तहारत (वुजू) को अवस्थामा मोजा लगाएको थिएँ ।" त्यसपछि उहाँले मोजामाथि 'मसह' गर्नुभयो ।
सही मुत्तफकुन अलैहि
"जब तिमीहरूमध्ये कसैले खाना खान्छ भने दायाँ हातले खानुपर्छ, र जब पिउँछ भने दायाँ हातले पिउनुपर्छ। किनकि शैतानले आफ्नो बायाँ हातले खान्छ र पिउँछ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले आफ्नो मुस्लिम भाइलाई "हे काफिर!" भन्यो, त्यो शब्द ती दुईमध्ये एक जनामाथि अवश्य फर्किन्छ। यदि सम्बोधित व्यक्ति वास्तवमै त्यस्तै (काफिर) हो भने ठीक छ, अन्यथा त्यो शब्द भन्ने व्यक्तिमाथि नै फर्किन्छ।"
सही मुत्तफकुन अलैहि
"अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सातवटा कुराको आदेश दिनुभयो र सातवटा कुराबाट मनाही गर्नुभयो। उहाँले हामीलाई बिरामीको हालखबर सोध्न, जनाजामा सहभागी हुन, हाच्छ्यूँ गर्ने व्यक्तिको जवाफ दिन, कसम पूरा गर्न, अन्यायमा परेको व्यक्तिको मद्दत गर्न, निमन्त्रणा गर्ने व्यक्तिको निमन्त्रणा स्वीकार गर्न र सलाम फैलाउन आदेश दिनुभयो। र उहाँले हामीलाई सुनको औँठी लगाउन, चाँदीका भाँडामा पिउन, मयासिर (रेशमी गद्दा) प्रयोग गर्न, कस्सी (रेशम मिश्रित कपडा) लगाउन तथा रेशम, इस्तबरक (बाक्लो रेशम) र दीबाज (मुलायम रेशम) लगाउनबाट मनाही गर्नुभयो।"
सही मुत्तफकुन अलैहि
"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जब कुनै बिरामीकहाँ जानुहुन्थ्यो, तब उहाँले उसका लागि यसरी प्रार्थना गर्नुहुन्थ्यो: "अज़्हिबिल्-बअस, रब्बन्-नास, वश्फि अन्तश्-शाफ़ी, ला शिफाअ इल्ला शिफाउक, शिफाअन् ला युगादिरु सकमा।" (अर्थात्: हे मानवजातिका पालनकर्ता! यसको रोग-कष्ट दूर गरिदिनुहोस् र यसलाई स्वास्थ्यलाभ प्रदान गर्नुहोस्। हजुर नै स्वास्थ्यदाता हुनुहुन्छ। हजुरले प्रदान गर्नुभएको उपचारबाहेक अर्को कुनै उपचार छैन। यस्तो पूर्ण आरोग्य प्रदान गर्नुहोस् जसले कुनै पनि रोग नछोडोस्।)"
सही मुत्तफकुन अलैहि