Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

81 of 683 cards

Clear filters
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग सोधे, "यदि म अनिवार्य नमाजहरू कायम राख्छु, रमजानमा उपवास बस्छु, हलाल (वैध) लाई हलाल मानेर अनुसरण गर्छु र हराम कुराहरूलाई त्याग्छु र यसबाहेक अरू केही गर्दिनँ भने — के म स्वर्ग (जन्नत) मा प्रवेश गर्नेछु?" उहाँले उत्तर दिनुभयो: "हो (तिमी स्वर्गमा प्रवेश गर्नेछौ)।"
सही मुस्लिमले वर्णन गरेका छन्
""तिमीहरूमध्ये जो कोही शुक्रबारको नमाज पढ्न आउँछ उसले स्नान गर्नुपर्छ।"
सही मुत्तफकुन अलैहि
एक अन्धो मानिस रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: हे अल्लाहका रसूल! मलाई मस्जिद सम्म डोर्याएर ल्याउने कोही मान्छे छैन । त्यसैले मलाई घरमा नमाज पढ्न अनुमति दिनुहोस् । उहाँले (सुरुमा) उसलाई अनुमति दिनुभयो, तर जब ती व्यक्ति बाहिर निस्कन लागे, उहाँले तीनलाई बोलाउनुभयो र सोध्नुभयो: "के तपाईं अजान सुन्नुहुन्छ ?" उनले जवाफ दिए, "हो, म सुन्छु" त्यसपछि उहाँले भन्नुभयो: "त्यसो भए तपाइँ नमाज पढ्न मस्जिदमा आउनुपर्छ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) तकबीर भनी नमाज सुरु गर्नुहुन्थ्यो र जब रुकुका लागि तकबीर भन्नुहुन्थ्यो, तब उहाँले आफ्ना दुवै हात काँधसम्म उठाउनुहुन्थ्यो। रुकुबाट टाउको उठाउँदा पनि त्यसैगरी दुवै हात उठाउनुहुन्थ्यो र “समिअल्लाहु लिमन् हमिदह, रब्बना व लकल-हम्द” भन्नुहुन्थ्यो। जबकि सज्दामा यसो गर्नुहुन्नथ्यो।
सही मुत्तफकुन अलैहि
"हामी र तिनीहरूको बीचमा रहेको फरक नमाज (सलाह) हो । जसले यसलाई त्याग्छ उसले कुफ्र गर्यो ।"
सही तिर्मीजी, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"आफ्ना छोराछोरीहरू सात वर्षको हुँदा सलाह (नमाज) पढ्न आदेश दिनु र दस वर्षको हुँदा तिनीहरूलाई (नमाज नपढे) पिट्नु र उनीहरूको ओछ्यान अलग गर्दिनु ।"
हसन अबू दाऊदले वर्णन गरेका छन्
"खानाको उपस्थितिमा वा कुनै व्यक्तिलाई दिसापिसाब लागेको छ भने नमाज पढ्नु हुँदैन ।"
सही मुस्लिमले वर्णन गरेका छन्
एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई फजरको नमाज पढाउनुभयो र सोध्नुभयो: "के फलानो मान्छे उपस्थित छ?" मानिसहरूले भने: छैन। उहाँले फेरि सोध्नुभयो: "के फलानो मान्छे उपस्थित छ?" मानिसहरूले भने: छैन। उहाँले भन्नुभयो: "मुनाफिक (पाखण्डी)हरूका लागि यी दुई नमाजहरू सबैभन्दा कठिन हुन्छन्। यदि तिमीहरूलाई यी दुई नमाजको सवाब (पुण्य) बारे थाहा भएको भए तिमीहरूले पक्कै पनि घुँडा घस्रेर भए पनि आउने थियौ। नमाजको पहिलो पङ्क्ति स्वर्गदूतहरूको पङ्क्ति जस्तै हुन्छ। यदि तिमीहरूलाई यसको महत्त्व थाहा भएको भए तिमीहरू त्यसको लागि हतार गर्ने थियौ। एकलै नमाज पढ्नुभन्दा दुई जना मिलेर नमाज पढ्नु उत्तम हुन्छ र दुई जनाभन्दा तीन जना मिलेर पढ्नु झन् उत्तम हुन्छ। (नमाजमा) जति धेरै मानिसहरूको उपस्थिति हुन्छ, अल्लाहलाई त्यो त्यति नै बढी प्रिय हुन्छ।"
सही अबू दाऊद, निसाई र अहमदले वर्णन गरेका छन्