Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

77 of 683 cards

Clear filters
उम्मे सलमा (रजियल्लाहु अन्हा) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई हबशा (इथियोपिया) मा देखेको मारिया नामको चर्च र त्यस भित्र कोरिएका तस्बिरहरू बारे बताउनुभयो । तब उहाँले भन्नुभयो : "तिनीहरू यस्ता मानिसहरू थिए, जब तिनीहरूमध्ये कुनै धर्मी व्यक्तिको मृत्यु हुन्थ्यो, तिनीहरूले उसको चिहानमाथि मस्जिद बनाइदिन्थे र त्यसमा यी चित्रहरू राख्थे । तिनीहरू अल्लाहको नजरमा सबैभन्दा खराब प्राणी हुन् ।"
सही मुत्तफकुन अलैहि
सूरह नस्रको यो आयत "इजा जा-अ नस्रुल्लाही वल फत्ह" (जब अल्लाहका तर्फबाट मद्दत र विजय आयो) (सूरतुन्नस्र: १) अवतरण भएपछि जब पनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले नमाज पढ्नुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ्यो: "सुब्हानक रब्बना व बिहम्दिक अल्लाहुम्मग्फिरली" (हे अल्लाह, हाम्रा पालनकर्ता! तपाईं पवित्र हुनुहुन्छ र तपाईंकै लागि सम्पूर्ण प्रशंसा छ। हे अल्लाह! मलाई क्षमा गर्नुहोस्)।
सही मुत्तफकुन अलैहि
एक रात मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई ओछ्यानमा भेट्टाइनँ। मैले उहाँलाई खोज्न थालेँ र मेरा हातहरू उहाँको खुट्टाको तलामा छोए। उहाँ सज्दामा हुनुहुन्थ्यो र उहाँका दुवै खुट्टा उभिएका थिए। उहाँ भनिरहनुभएको थियो: "हे अल्लाह! म तपाईंको क्रोधबाट तपाईंको खुशीमा शरण लिन्छु र तपाईंको दण्डबाट तपाईंको क्षमामा शरण लिन्छु। म तपाईंको गौरवशाली गुणहरू मार्फत तपाईंको शरण चाहन्छु। म तपाईंको अधिकार अनुसार तपाईंको प्रशंसा गर्न सक्दिन। तपाईंले जस्तो आफ्नो प्रशंसा गर्नुभएको छ त्यस्तै हुनुहुन्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"उभिएर नमाज पढ्नु, नसक्ने भए बसेर नमाज पढ्नु र यो पनि सम्भव भएन भने कोल्टे परेर नमाज पढ्नु ।"
सही बुखारीले वर्णन गरेका छन्
नबी (सलल्लाहु अलैहि वसल्लम) ले जुहरको नमाजभन्दा पहिलेको चार रकअत र फज्रको नमाजभन्दा पहिलेको दुई रकअत (सुन्नत) कहिल्यै छोड्नुहुन्नथ्यो।
सही बुखारीले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अनिवार्य नमाज पछि यो दुआ पढ्नुहुन्थ्यो : ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु व हुव अला कुल्लि शैइन् कदीर्, अल्लाहुम्म ला मानिअ लिमा आअ्तैत्, वला मुअ्तिय लिमा मनअ्त, वला यन्फउ जलजद्दि मिन्कल्-जद्द ।’
सही मुत्तफकुन अलैहि
"जसले लसुन वा प्याज खाएको छ, ऊ हामीबाट टाढा रहोस् - वा उहाँले भन्नुभयो: हाम्रो मस्जिदबाट टाढा रहोस् र आफ्नो घरमा बसोस्।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) सामु एउटा भाँडा ल्याइयो, जसमा हरियो तरकारी थियो र उहाँलाई त्यसको गन्ध आयो, उहाँले त्यसमा के छ भनेर सोध्नु भयो र उहाँलाई जवाफ दिइयो । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: यसलाई मेरो साथीलाई देऊ । जब त्यो साथीले यो देख्यो, उसलाई पनि खान मन परेन। त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमी खाऊ, किनकि म जोससँग कानेखुसी गर्छु तिमी गर्दैनौ।"
सही मुत्तफकुन अलैहि
"जब तपाइँले मुअज्जिनले अजान दिइरहेको सुन्नुहुन्छ, उसले भने जस्तै शब्दहरू भन्नुहोस् । त्यसपछि ममाथि दरूद पठाउनुहोस् । किनकि जसले ममाथि एक पटक दरूद पठाउँछ, अल्लाहले ऊमाथि १० पटक दरूद पठाउनु हुन्छ । त्यसपछि मेरो लागि वसीलह माग्नुहोस् । वास्तवमा, वसीला स्वर्गमा एक स्थान हो, जुन अल्लाहका सेवकहरूमध्ये एकले मात्र पाउनेछ र मलाई आशा छ त्यो सेवक म हुनेछु । त्यसैले, जसले मेरो लागि वसीला माग्छ, उसको लागि मेरो शफाअत (सिफारिस) अनिवार्य हुनेछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्