عربي - Arabic English Qafár af - Afar Afrikaans - Afrikanns Akan Shqip - Albanian አማርኛ - Amharic Հայերեն - Armenian অসমীয়া - Assamese Azərbaycanca - Azerbaijani Bamanankan - Bambara Bassa Bemba বাংলা - Bengali Bosanski - Bosnian Български - Bulgarian မြန်မာဘာသာ - Burmese Bisaya - Cebuano Cham Нохчий - Chechen chiCheŵa - Chewa 中文 - Chinese Адыгэбзэ - Circassian Hrvatski - Croatian Česky - Czech Dagbani Dansk - Danish فارسی دری - Dari Dendi ދިވެހި ބަސް - Dhivehi Nederlands - Dutch إستوني - Estonian Suomi - Finnish Français - French Fulfulde - Fula ქართული - Georgian Deutsch - German Ελληνικά - Greek ગુજરાતી - Gujrati Kreyòl ayisyen - Haitian Creole Hausa हिन्दी - Hindi Magyar - Hungarian Igbo Indonesia - Indonesian Italiano - Italian 日本語 - Japanese Jóola - Jola ಕನ್ನಡ - Kannada Қазақша - Kazakh ភាសាខ្មែរ - Khmer Kikuyu Ikinyarwanda - Kinyarwanda Ikirundi - Kirundi 한국어 - Korean كوردی سۆرانی - kurdish كوردي kurmancî - Kurmanji Kyrgyz ລາວ - Lao latviešu - Latvian Lingala lietuvių - Lithuanian Luganda Македонски - Macedonian Maguindanaon Malagasy - Malagasy Bahasa Melayu - Malay മലയാളം - Malayalam Mandinka मराठी - Marathi Mõõré - Moore नेपाली - Nepali أنكو - NKo Norwegian ଓଡ଼ିଆ - Odia oromoo - Oromo پښتو - Pashto فارسی - Persian Polski - Polish Portuguese ਪੰਜਾਬੀ - Punjabi Română - Romanian Русский - Russian Српски - Serbian Shona සිංහල - Sinhala Slovenščina - Slovenian Soomaaliga - Somali Soninke Sesotho - Sotho Español - Spanish Kiswahili - Swahili Svenska - Swedish Tagalog Тоҷикӣ - Tajik தமிழ் - Tamil తెలుగు - Telugu ไทย - Thai ትግረኛ - Tigrinya Türkçe - Turkish Ukrainian اردو - Urdu ئۇيغۇرچە - Uyghur Ўзбек - Uzbek Việt Nam - Vietnamese Wolof Yao Yorùbá - Yoruba Zarma زولو - Zulu
683 Hadiths
Encyclopedia of Prophetic Hadiths
Categories
Categories (17)
Grading
Narrated in
Narrator
Show all narrators (32)
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) तकबीर भनी नमाज सुरु गर्नुहुन्थ्यो र जब रुकुका लागि तकबीर भन्नुहुन्थ्यो, तब उहाँले आफ्ना दुवै हात काँधसम्म उठाउनुहुन्थ्यो। रुकुबाट टाउको उठाउँदा पनि त्यसैगरी दुवै हात उठाउनुहुन्थ्यो र “समिअल्लाहु लिमन् हमिदह, रब्बना व लकल-हम्द” भन्नुहुन्थ्यो। जबकि सज्दामा यसो गर्नुहुन्नथ्यो।
सही मुत्तफकुन अलैहि
"खानाको उपस्थितिमा वा कुनै व्यक्तिलाई दिसापिसाब लागेको छ भने नमाज पढ्नु हुँदैन ।"
सही मुस्लिमले वर्णन गरेका छन्
जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रुकुअबाट आफ्नो पीठ उठाउनुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ्यो: ‘समिअल्लाहु लिमन् हमिदह्, अल्लाहुम्म रब्बना लकल्-हम्द्, मिल-अस्स्मावाति व मिल-अल-अर्ज व मिलअ मा शिअत मिन शैइन् बा'अदु।
सही मुस्लिमले वर्णन गरेका छन्
"यस्ता तीन समय छन्, जसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई नमाज पढ्न वा मृतकहरूलाई दफन गर्न निषेध गर्नुभएको छ: १. सूर्य उदाउन थालेदेखि पूर्ण रूपमा उदाइसक्दासम्म; २. मध्याह्नमा सूर्य आकाशको ठीक मध्यभागमा ठडिएको अवस्थादेखि पश्चिमतर्फ ढल्न सुरु नभएसम्म; ३. सूर्य अस्ताउन थालेदेखि पूर्ण रूपमा अस्ताइसक्दासम्म।"
सही मुस्लिमले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई 'तशह्हुद' सिकाउनु भयो जसरी उहाँले मलाई कुरानको सुरह सिकाउनुहुन्थ्यो । (त्यो सिक्ने क्रममा) मेरो हत्केला उहाँको दुवै हत्केलाहरूको बीचमा थियो :
‘अत्तहिय्यातु लिल्लाहि वस्सलवातु वत्तैयिबातु, अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन्, अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह् ।’
बुखारी र मुस्लिमको अर्को हदीसमा यसरी छ : "इन्न - ल्लाह हुवस्सालामु",
त्यसैले जब तिमीहरू मध्ये कोही तशह्हुदमा बस्छ, उसले यसरी भनोस्:
‘अत्तहिय्यातु लिल्लाहि वस्सलवातु वत्तैयिबातु, अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन् । ( भक्तको यो प्रार्थानाले आकाश र पृथ्वीमा रहेका हरेक सत्कर्मीलाई लाभ हुनेछ),
त्यस अगाडि यो पढ्ने: ‘अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह् ।’ त्यसपछि आफूले चाहेको दुआहरू गर्न सकिन्छ ।"
सही मुत्तफकुन अलैहि
"जब तिमीहरूमध्ये कसैलाई आफ्नो नमाजमा शंका लाग्छ र उसले तीन वा चार कति रकातहरू पढेको हो थाहा छैन भने उसले शंकालाई त्यागोस् र जुन कुरामा पूर्ण निश्चित छ, त्यसैमा आधारित भई नमाज पूरा गरोस्। अनि सलाम फर्काउनुभन्दा पहिले दुईवटा सज्दा (सज्दा-ए-सहव) गरोस्। यदि वास्तवमा उसले पाँच रकअत पढेको रहेछ भने ती दुई सज्दाले उसको नमाजलाई जोर (६ रकात बराबर) बनाइदिन्छन्, र यदि चार रकअत नै पूरा भएको रहेछ भने ती दुई सज्दा शैतानलाई अपमानित गर्ने माध्यम बन्नेछन्।"
सही मुस्लिमले वर्णन गरेका छन्
"चिहानहरूमाथि नबस्नु र त्यसतर्फ मुख गरेर नमाज नपढ्नु।"
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले मुअज्जिन (अजान दिने व्यक्ति) को अजान सुनेपछि भन्छ, "अश्हदु अल्ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुहु, रजीतु बिल्लाहि रब्बा व बि मुहम्मदिन् रसूला व बिल्-इस्लामि दीना", उसका पापहरू क्षमा हुनेछन्।"
सही मुस्लिमले वर्णन गरेका छन्