Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

60 of 683 cards

Clear filters
"समुहका साथ पढिएको नमाज (को पुण्य र श्रेष्ठता) बजार वा घरमा पढिएको नमाज भन्दा बीस दर्जा बढी हुन्छ । तिमीहरूमध्ये जब कसैले वुजू गर्छ अनि राम्रो तरिकाले वुजू गर्छ अनि नमाज पढ्ने मनसायले मस्जिद जान्छ भने मस्जिद नपुगेसम्म उसले चालेको हरेक पाइलाको बदलामा उसले एक पुण्य पाउँछ र उसको एउटा पाप क्षमा हुन्छ । मस्जिदमा प्रवेश गरिसकेपछि नमाजको लागि पर्खन्छ र जबसम्म नमाज पढ्ने समयलाई पर्खि बस्छ, ऊ उपासनाको अवस्थामा मानिन्छ। त्यसैगरी, यदि कुनै व्यक्ति नमाज पढेर आफ्नो स्थानमा बसिरहन्छ, जबसम्म उसले कसैलाई दुःख दिँदैन वा उसको वुजु भङ्ग हुँदैन, तबसम्म फरिश्ता (स्वर्गदूत) हरूले उसको लागि अल्लाहसँग यस्तो प्रार्थना गरिरहन्छन्: “हे अल्लाह! उमाथि दया गर्नुहोस्। हे अल्लाह! उसलाई माफ गरिदिनुहोस्। हे अल्लाह! उसको पश्चात्ताप स्वीकार गर्नुहोस्।”
सही मुत्तफकुन अलैहि
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) नमाज आरम्भ गर्न तकबीर भन्नुहुन्थ्यो, तब सुरह फातिहा पढ्न शुरु गर्नुअघि केही बेर मौन रहनुहुन्थ्यो। मैले भने: हे अल्लाहका रसूल! तपाईंको लागि मेरा बुबा र आमा पनि अर्पण हुन्! तपाईं तकबीर र (सुरह फातिहा) बीच मौन रहँदा के पढ्नुहुन्छ? उहाँले भन्नुभयो: "म यो भन्छु: "अल्लाहुम्म बाइद् बैनी व बैन खता-याय, कमा बाअत्त बैनल्-मश्रिकि वल्मग्रिब्, अल्लाहुम्म नक्किनी मिन् खता-याय, कमा युनक्क स्सौबुल्-अब्यजु मिनद् दनस्, अल्लाहुम्-मग्सिल्नी मिन् खता-याय बिष्षल्जि वल्-माइ वल्-बरद् ।"
सही मुत्तफकुन अलैहि
"शुक्रबारको दिन स्नान गर्नु प्रत्येक वयस्क व्यक्तिमाथि अनिवार्य छ, साथै दाँत माझ्नु र सम्भव भएमा सुगन्ध (अत्तर) पनि लगाउनु ।
सही मुत्तफकुन अलैहि
"के तिमीहरूमध्ये जसले (सज्दा वा रुकूअ् बाट उठ्दा) इमामभन्दा अगाडि आफ्नो टाउको उठाउँछ, उसलाई अल्लाहले उसको टाउकोलाई गधाको टाउकोमा परिणत गरिदिनुहुन्छ वा उसको रूपलाई गधाको रूपजस्तै बनाइदिनुहुन्छ भन्ने कुराको डर छैन?"
सही मुत्तफकुन अलैहि
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सामु एक जना मानिसको बारेमा चर्चा गरियो जो सूर्योदय नभएसम्म सुतिरहेको थियो। यो सुनेर उहाँले भन्नुभयो: "यो त्यस्तो मानिस हो जसको कानमा वा दुवै कानमा शैतानले पिसाब फेरेको छ।"
सही मुत्तफकुन अलैहि
"नमाज पढ्दा सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस्; किनकि सफ (पङ्क्ति) हरू सिधा गर्नु नमाजको पूर्णताको एक भाग हो ।"
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सलाह (नमाज) मा सलाम फेरिसकेपछि ‘अस्तग्-फिरूल्लाह’ (तीन पटक र यो दुआ पढ्नुहुन्थ्यो: "अल्लाहुम्म अन्तस्सलाम व मिन्कस्सलाम तबारक्त या जल्-जलालि वल्-इक्राम् ।" वलीद भन्छन्: मैले औजाइलाई सोधें: इस्तिग्फार कसरी पढ्ने? उनले जवाफ दिए: अस्तग्-फिरूल्लाह’ अस्तग्-फिरूल्लाह’ (म अल्लाहसँग माफी माग्छु, म अल्लाहसँग माफी माग्छु) भन्नुपर्छ ।
सही मुस्लिमले वर्णन गरेका छन्
उहाँ हरेक नमाजमा तकबीर भन्नुहुन्थ्यो, चाहे त्यो नमाज अनिवार्य होस् वा नफिल, चाहे त्यो रमजानमा होस् वा अन्य महिनामा । नमाजको लागि खडा हुँदा तकबीर भन्नुहुन्थ्यो, रुकुमा जाँदा तकबीर भन्नुहुन्थ्यो, त्यसपछि (रुकुबाट उठ्दा) ‘समिअल्लाह लिमान हमिदह’ भन्नुहुन्थ्यो र सज्दामा जानुअघि ‘रब्बना वलकल-हम्दु’ भन्नुहुन्थ्यो । त्यसपछि सज्दामा जाँदा तकबीर भन्नुहुन्थ्यो, त्यसपछि सज्दाबाट टाउको उठाउँदा तकबीर भन्नुहुन्थ्यो, त्यसपछि दुई रकात पूरा गरेपछि तेस्रो रकाअतको लागि खडा हुँदा तकबीर भन्नुहुन्थ्यो र यसरी नमाज पूरा नभएसम्म प्रत्येक रकतमा तकबीर भन्नुहुन्थ्यो । नमाज पूरा गरेपछि उनले भने : अल्लाहको कसम, जसको हातमा मेरो जीवन छ, म तपाईंहरूमध्ये सबै भन्दा बढी अल्लाहको रसूलसँग मिल्दोजुल्दो नमाज पढ्ने व्यक्ति हुँ । उहाँ यसरी नै नमाज पढ्नु हुन्थ्यो यहाँसम्म कि उहाँ (स.) यस संसार बाट बिदा भए ।
सही मुत्तफकुन अलैहि