عربي - Arabic English Qafár af - Afar Afrikaans - Afrikanns Akan Shqip - Albanian አማርኛ - Amharic Հայերեն - Armenian অসমীয়া - Assamese Azərbaycanca - Azerbaijani Bamanankan - Bambara Bassa Bemba বাংলা - Bengali Bosanski - Bosnian Български - Bulgarian မြန်မာဘာသာ - Burmese Bisaya - Cebuano Cham Нохчий - Chechen chiCheŵa - Chewa 中文 - Chinese Адыгэбзэ - Circassian Hrvatski - Croatian Česky - Czech Dagbani Dansk - Danish فارسی دری - Dari Dendi ދިވެހި ބަސް - Dhivehi Nederlands - Dutch إستوني - Estonian Suomi - Finnish Français - French Fulfulde - Fula ქართული - Georgian Deutsch - German Ελληνικά - Greek ગુજરાતી - Gujrati Kreyòl ayisyen - Haitian Creole Hausa हिन्दी - Hindi Magyar - Hungarian Igbo Indonesia - Indonesian Italiano - Italian 日本語 - Japanese Jóola - Jola ಕನ್ನಡ - Kannada Қазақша - Kazakh ភាសាខ្មែរ - Khmer Kikuyu Ikinyarwanda - Kinyarwanda Ikirundi - Kirundi 한국어 - Korean كوردی سۆرانی - kurdish كوردي kurmancî - Kurmanji Kyrgyz ລາວ - Lao latviešu - Latvian Lingala lietuvių - Lithuanian Luganda Македонски - Macedonian Maguindanaon Malagasy - Malagasy Bahasa Melayu - Malay മലയാളം - Malayalam Mandinka मराठी - Marathi Mõõré - Moore नेपाली - Nepali أنكو - NKo Norwegian ଓଡ଼ିଆ - Odia oromoo - Oromo پښتو - Pashto فارسی - Persian Polski - Polish Portuguese ਪੰਜਾਬੀ - Punjabi Română - Romanian Русский - Russian Српски - Serbian Shona සිංහල - Sinhala Slovenščina - Slovenian Soomaaliga - Somali Soninke Sesotho - Sotho Español - Spanish Kiswahili - Swahili Svenska - Swedish Tagalog Тоҷикӣ - Tajik தமிழ் - Tamil తెలుగు - Telugu ไทย - Thai ትግረኛ - Tigrinya Türkçe - Turkish Ukrainian اردو - Urdu ئۇيغۇرچە - Uyghur Ўзбек - Uzbek Việt Nam - Vietnamese Wolof Yao Yorùbá - Yoruba Zarma زولو - Zulu
683 Hadiths
Encyclopedia of Prophetic Hadiths
Categories
Categories (17)
Grading
Narrated in
Narrator
Show all narrators (20)
"जसले जुमा (शुक्रबार) को दिन 'जनाबत' (सम्भोग पछि गरिने स्नान) जस्तै स्नान गर्छ र त्यसपछि पहिलो प्रहरमा मस्जिद जान्छ, उसले एउटा ऊँट दान गरे सरह पुण्य प्राप्त गर्छ। जो दोस्रो प्रहरमा जान्छ, उसले एउटा गाई दान गरेसरह हुन्छ। जो तेस्रो प्रहरमा जान्छ, उसले एउटा (सिङ भएको) भेडा दान गरेसरह हुन्छ। जो चौथो प्रहरमा जान्छ, उसले एउटा कुखुरा दान गरेसरह हुन्छ। र जो पाँचौं प्रहरमा जान्छ, उसले एउटा अण्डा दान गरेसरह हुन्छ। तर जब इमाम (खुत्बाका लागि) उभिनुहुन्छ, तब फरिश्ताहरू (पुण्य लेख्ने कार्य छाडी) उपदेश सुन्न उपस्थित हुन्छन्।"
सही मुत्तफकुन अलैहि
उसमान् बिन अफ्फान (रजियल्लाहु अन्हु) मस्जिद (नबवी) को पुनर्निर्माण गर्न चाहन्थे, तर मानिसहरूलाई मन परेन । किनभने उनीहरू मस्जिदलाई पहिलेको अवस्थामा राख्न चाहन्थे । उनले भने: मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "जसले अल्लाहको लागि मस्जिद बनाउँछ, अल्लाहले उसको लागि स्वर्गमा उस्तै घर बनाउनु हुन्छ ।"
सही मुत्तफकुन अलैहि
"यदि मानिसहरूलाई अज़ान दिनु र पहिलो पङ्क्तिमा उभिएर नमाज पढ्नुको पुण्य र महत्व थाहा हुन्थ्यो, र त्यसलाई चिट्ठा हालेर मात्र प्राप्त गर्न सकिन्थ्यो भने, उनीहरूले त्यसका लागि अवश्य चिट्ठा हाल्ने थिए। यदि उनीहरूलाई नमाजका लागि समयभन्दा अगाडि मस्जिदमा पुग्नुको पुण्य थाहा हुन्थ्यो भने, त्यसतर्फ एकअर्काभन्दा अघि बढ्न प्रतिस्पर्धा गर्ने थिए। अनि यदि उनीहरूलाई इशा र फज्रको नमाजमा उपस्थित हुनुको पुण्य थाहा हुन्थ्यो भने, उनीहरू घिस्रिँदै भए पनि ती दुवै नमाजका लागि अवश्य आउने थिए।"
सही मुत्तफकुन अलैहि
"मलाई सातवटा अंगहरूमा सजदा गर्न आदेश दिइएको छ: निधार, नाक (उहाँले आफ्नो हातले नाकतिर सङ्केत गर्नुभयो), दुवै हात, दुवै घुँडा र दुवै खुट्टाका औंलाहरूमा। (त्यसैगरी सज्दा गर्दैमा) कपडा र कपाललाई बाँध्नु वा समेट्नु बाट मनाही गरिएको छ ।"
सही मुत्तफकुन अलैहि
केही मानिसहरू सहल बिन साद साइदी कहाँ आए । मिन्बरको काठ कुन रुखको हो भनेर उनीहरुबीच बहस चलिरहेको थियो । तिनीहरूले सहललाई यसको बारेमा सोधे, उनले भने: म अल्लाहको कसम खाएर भन्दछु, यो काठ कुन रूखको हो मलाई राम्रोसँग थाहा छ । यसलाई पहिलो पटक राखेको दिन र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले पहिलो पटक यसमा बस्नुभएको दिन पनि मैले देखेको छु । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक अन्सारी महिला (जसको नाम सहल (रजि.) ले पनि लिएका थिए) लाई सन्देश पठाउनुभयो : "तिम्रो सिकर्मी कामदारलाई मेरो लागि एउटा काठको मिम्बर (कुर्सी झैं) बनाई दिन भन, ताकि मानिसहरूलाई सम्बोधन गर्दा म त्यसमा बस्न सकूँ।" उनले आफ्नो नोकरलाई जंगलको रूखबाट मिम्बर तयार गर्न आदेश दिइन् । अनि उनले त्यो मिम्बर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ पठाइन् अनि उहाँले त्यो मिम्बरलाई यो ठाउँमा राख्न आदेश दिनुभयो । त्यसपछि मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसमाथि उभिएर नमाज पढ्दै गरेको देखें । उहाँले त्यसमाथि उभिएर तकबीर भन्नुभयो त्यसपछि रुकुअ गर्नुभयो र त्यसपछि उहाँ पछाडि हट्नुभयो र मिम्बरबाट ओर्लनुभयो र मिम्बर नजिकै सज्दा गर्नुभयो र त्यसपछि मिन्बरमा उभिनुभयो । नमाज समाप्त भएपछि मानिसहरूलाई सम्बोधन गर्दै भन्नुभयो: " हे मानिसहरू! मैले तिमीहरूलाई तालिम दिनका लागि यसो गरेको हुँ, ताकि तिमीहरू मलाई देखेर मैले पढेको जस्तो नमाज पढ्न सिक।"
सही मुत्तफकुन अलैहि
"प्रत्येक दुई अजान (अजान र इकामत) को बीचमा एक नमाज हुन्छ, प्रत्येक दुई अजान (अजान र इकामत) को बीचमा एक नमाज हुन्छ। त्यसपछि तेस्रो पटकमा उहाँले भन्नुभयो: 'यो उसको लागि हो जसले पढ्न चाहन्छ ।'"
सही मुत्तफकुन अलैहि
"जमाअत (सामूहिक रूपमा) पढिने नमाज तिमीहरूमध्ये कुनै एक जनाले एक्लै पढ्ने नमाजभन्दा पच्चीस गुणा बढी श्रेष्ठ हुन्छ। र फज्रको नमाजमा रातका फरिश्ताहरू तथा दिनका फरिश्ताहरू एकत्रित हुन्छन्। त्यसपछि अबु हुरैरा (रदियल्लाहु अन्हु) ले भन्नुहुन्थ्यो: यदि तिमीहरू (यसको पुष्टि गर्न) चाहन्छौ भने कुरआनको यो आयत पढ: {निश्चय नै फज्रको कुरआन वाचनमा फरिश्ताहरू उपस्थित हुने गर्दछन्} [अल-इस्रा: ७८]।"
सही मुत्तफकुन अलैहि
"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सबै कामहरूमा इस्तिखारा गर्न सिकाउनुहुन्थ्यो जसरी उहाँले हामीलाई कुरानको सुरह सिकाउनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो: "जब तिमीहरू मध्ये कसैले कुनै काम गर्ने विचार गर्छ भने, उसले फर्ज बाहेक दुई रक्अत नमाज पढोस्, अनि यसरी भनोस्:
"(अल्लाहुम्म इन्नी अस्तखिरुक बिइल्मिक व अस्तक्दिरुक बिकुद्रतिक, व अस्अलुक मिन् फद्लिकल् अजीम, फइन्नक तक्दिरु वला अक्दिरु, व तअलमु वला अअलमु, व अन्त अल्लामुल गुयुब। अल्लाहुम्म इन् कुन्त तअलमु अन्न हाजल अम्र खैरुल ली फी दीनी व मआशी व आकिबति अम्री...) वा उहाँले भन्नुभयो:(फी आजिलि अम्री व आजिलिहि), (...फाक्दुरहु ली व यस्सिरहु ली सुम्म बारिक ली फीहि; व इन् कुन्त तअलमु अन्न हाजल अम्र शर्रुल ली फी दीनी व मआशी व आकिबति अम्री...) वा उहाँले भन्नुभयो:(फी आजिलि अम्री व आजिलिहि), (...फास्रिफहु अन्नी वस्रिफ्नी अन्हु, वाक्दुर् लियल् खैर हैसु कान, सुम्म अर्दिनी)।"
अर्थात् ‘हे अल्लाह ! म तपाईंको ज्ञानद्वारा तपाईंसँग भलाइ माग्दछु र तपाईंको शक्तिद्वारा सामर्थ्य माग्दछु, र म तपाईंसँग तपाईंको महान कृपा माग्दछु । किनभने तपाईं सामर्थ्य राख्नुहुन्छ तर म राख्दिनँ, र तपाईं जान्नुहुन्छ तर म जान्दिनँ, अनि तपाईं नै अदृश्य कुराहरूको ज्ञाता हुनुहुन्छ । हे अल्लाह ! यदि तपाईंको ज्ञानमा यो काम {यहाँ आफ्नो आवश्यकता र कामको नाम लिनु पर्नेहुन्छ} मेरो धर्म, मेरो जीवनयापन र मेरो कामको परिणामको हकमा उत्तम छ’ – अथवा उहाँले भन्नुभयो: ‘मेरो वर्तमान र भविष्यको हकमा उत्तम छ भने – यसलाई मेरो लागि निर्धारित गरिदिनुहोस् र यसलाई मेरो लागि सहज बनाइदिनुहोस्, अनि यसमा मेरो लागि आशिष् राखिदिनुहोस् । तर यदि तपाईंको ज्ञानमा यो काम मेरो धर्म, मेरो जीवनयापन र मेरो कामको परिणामको हकमा नराम्रो छ’ – अथवा उहाँले भन्नुभयो: ‘मेरो वर्तमान र भविष्यको हकमा नराम्रो छ भने – यसलाई मबाट टाढा गरिदिनुहोस् र मलाई यसबाट टाढा राखिदिनुहोस्, तथा मेरो लागि जहाँ भए पनि भलाइ नै निर्धारित गरिदिनुहोस्, अनि मलाई त्यसैमा सन्तुष्ट बनाइदिनुहोस्।'
उहाँ(सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यो प्रार्थना गर्दा उसले आफ्नो आवश्यकता (वा कार्य) को नाम उल्लेख गरोस्।"
सही बुखारीले वर्णन गरेका छन्