Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

44 of 683 cards

Clear filters
"मिस्वाक (दतिवन) मुख सफा गर्ने र अल्लाहलाई खुशी पार्ने चिज हो ।"
सही निसाई र अहमदले वर्णन गरेका छन्
"जब कुनै मुस्लिम (वा मुमिन) भक्तले वुजू गर्छ र आफ्नो अनुहार धुन्छ, तब उसको आँखाले गरेका सबै पापहरू पानीसँगै वा पानीको अन्तिम थोपासँगै निस्कन्छन्। जब उसले आफ्ना हातहरू धुन्छ, तब उसको हातले गरेका सबै पापहरू पानीसँगै वा पानीको अन्तिम थोपासँगै निस्कन्छन्। जब उसले आफ्ना खुट्टाहरू धुन्छ, तब उसको खुट्टाले हिँडेर गरेका सबै पापहरू पानीसँगै वा पानीको अन्तिम थोपासँगै निस्कन्छन्, यहाँसम्मकि ऊ पापहरूबाट पूर्ण रूपमा चोखो भएर निस्कन्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
अब्दुर्रहमान बिन औफकी पत्नी उम्मे हबीबा बिन्त जहशले (महिनावारी पछि पनि) रक्तस्रावको समस्याबारे रसूल (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष गुनासो गर्नुभयो। उहाँले उनलाई भन्नुभयो: "तिमीलाई पहिला जति दिन महिनावारी हुन्थ्यो, त्यति दिनलाई महिनावारी ठानेर पर्ख, अनि त्यसपछि नुहाऊ।" यसअनुसार, उनी प्रत्येक नमाजको समयमा नुहाउने गर्थिन्।
सही मुस्लिमले वर्णन गरेका छन्
"नबी (सल्लल्लाहु अलैहि वसल्लम) एक ‘साअ’ देखि पाँच ‘मुद’ सम्म पानीले नुहाउनुहुन्थ्यो र एक ‘मुद’ पानीले वुजू गर्नुहुन्थ्यो ।"
सही मुत्तफकुन अलैहि
म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग एक यात्रामा थिएँ, म उहाँको मोजा फुकाल्नको लागि झुकेँ। उहाँले भन्नुभयो : " मोजालाई नफुकाल्नु; किनकि मैले तहारत (वुजू) को अवस्थामा मोजा लगाएको थिएँ ।" त्यसपछि उहाँले मोजामाथि 'मसह' गर्नुभयो ।
सही मुत्तफकुन अलैहि
मैले आइशा (रजियल्लाहु अन्हा) लाई सोधेँ, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) घरमा प्रवेश गर्नुहुन्थ्यो, उहाँले सबैभन्दा पहिले के गर्नुहुन्थ्यो? उनले जवाफ दिइन्: उहाँ मिस्वाक गर्नुहुन्थ्यो।
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले राम्रोसँग वुजु गर्छ, उसका पापहरू उसको नङ मुनि समेत शरीरबाट पखालिनेछन् ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) का लागि स्नानको पानी तयार गरिदिएँ, अनि एउटा कपडाले उहाँलाई छेकिदिएँ। उहाँले आफ्नो दुवै हातमाथि पानी खन्याएर तिनलाई धुनुभयो, त्यसपछि दाहिने हातले बायाँ हातमाथि पानी खन्याएर आफ्नो लज्जास्थान धुनुभयो, अनि आफ्नो हात जमिनमा दलेर त्यसलाई धुनुभयो। त्यसपछि कुल्ली गर्नुभयो, नाकमा पानी हाल्नुभयो, आफ्नो अनुहार र दुवै हात कुहिनासम्म धुनुभयो, त्यसपछि टाउकोमाथि पानी हालेर सम्पूर्ण शरीरमा खन्याउनुभयो, त्यसपछि आफ्नो स्थानबाट अलि पर सरेर आफ्नो दुवै खुट्टा धुनुभयो । मैले उहाँलाई एउटा कपडा ल्याइदिएँ तर उहाँले नलिई हातले पानी पुछ्न थाल्नुभयो । "
सही मुत्तफकुन अलैहि