Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

1 of 683 cards

Clear filters
"हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा जुल् हुलैफा भन्ने ठाउँमा थियौँ। मानिसहरू अत्यन्तै भोकाएका थिए। त्यस बखत उनीहरूले केही ऊँट र बाख्राहरू प्राप्त गरेका थिए। राफेअ् (रजियल्लाहु अन्हु) भन्नुहुन्छ: “नबी (सल्लल्लाहु अलैहि वसल्लम) लस्करको पछाडि हुनुहुन्थ्यो। मानिसहरूले हतार-हतार ती जनावरहरू जब्ह गरेर भाँडामा मासु पकाउन थालिसकेका थिए। पछाडिबाट नबी (सल्लल्लाहु अलैहि वसल्लम) आइपुग्नुभयो र पकाउँदै गरिएका ती भाँडाहरू घोप्ट्याइदिने आदेश दिनुभयो। आदेशअनुसार ती भाँडाहरू खन्याइयो। त्यसपछि उहाँले माल-सामानको न्यायोचित बाँडफाँड गर्नुभयो र दशवटा बाख्रा बराबर एउटा ऊँट ठहर गर्नुभयो। यसैक्रममा ती ऊँटहरूमध्ये एउटा ऊँट भाग्यो। मानिसहरूले त्यसलाई नियन्त्रणमा लिने निकै प्रयास गरे, तर सकेनन् र थकित भए। त्यहाँ घोडाहरू पनि थोरै थिए। अन्ततः एकजना व्यक्तिले त्यसतर्फ बाण हाने र अल्लाहको कृपाले बाण ऊँटलाई लाग्यो। यो देखेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, ‘यी जनावरहरूमा पनि कहिलेकाहीँ जंगली जनावरको जस्तै उग्रता आउँछ। त्यसैले यदि कुनै जनावर तिमीहरूको नियन्त्रणबाहिर गयो भने, त्यसलाई रोक्न यही तरिका अपनाउने गर।’ राफेअ् (रजियल्लाहु अन्हु) ले सोध्नुभयो, ‘हे अल्लाहका रसूल! भोलि हाम्रो शत्रुसँग मुठभेड हुने डर छ, तर हामीसँग जनावर काट्ने छुरीहरू छैनन्। के हामी बाँसको धारले जनावर वध गर्न सक्छौँ?’ उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो, ‘जुन वस्तुले काट्दा रगत बग्छ र अल्लाहको नाम लिएर वध गरिएको छ, त्यसको मासु खाऊ। तर दाँत र नङको प्रयोग नगर्नु। म यस कुरालाई पनि स्पष्ट पारिदिन्छु: दाँत त हड्डी हो, अनि नङचाहिँ हब्शीहरूको छुरा हो।’"
सही मुत्तफकुन अलैहि