Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

6 of 683 cards

Clear filters
"निःसनदेह, रुक्या (अल्लाह बाहेक अरुको नाम लिएर गरिने झाडफूँक) गर्नु, तावीज बाँध्नु र टुनामुना गर्नु शिर्क हो ।"
सही अबू दाउद, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"उक्ल र उरैना कबीलाका केही मानिसहरू मदिना आए; तर त्यहाँको हावापानी उनीहरूका लागि अनुकूल नहुँदा उनीहरू बिरामी परे। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनीहरूलाई दुधालु ऊँटहरूको बथान भएको ठाउँमा गई तिनको दूध र पिसाब पिउने सल्लाह दिनुभयो। उनीहरू त्यहाँ गए र उपचारपछि पूर्ण रूपमा स्वस्थ भए। तर निको भएपछि उनीहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यहाँ खटाउनुभएको गोठालोको हत्या गरे र सबै ऊँटहरू धपाएर लगे। बिहानीपख यो खबर (मदिनामा) सबैलाई थाहा भयो; नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उक्ल र उरैना कबीलाका मानिसहरूको खोजीमा एउटा टोली पठाउनुभयो। दिउँसो घाम चर्किँदै गर्दा उनीहरूलाई पक्राउ गरी मदिना ल्याइयो। त्यसपछि उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) को आदेशबमोजिम सजायस्वरूप उनीहरूका हात र खुट्टा काटियो, आँखामा तातो फलामले डामियो र मदिनाको तातो ढुङ्गेनी ठाउँ 'अल-हर्रा' मा फालियो। उनीहरू छटपटाउँदै पानी मागिरहेका थिए, तर उनीहरूलाई पानी दिइएन। अबू किलाबाले भन्नुभयो: 'यी ती व्यक्तिहरू थिए जसले चोरी गरे, हत्या गरे, आस्था स्वीकार गरेपछि धर्मत्याग (कुफ्र) गरे र अल्लाह तथा उहाँका रसूलविरुद्ध युद्ध लडे।'"
सही मुत्तफकुन अलैहि
"शरीरको जुन भागमा तिमीलाई दुख्छ त्यहाँ आफ्नो हात राख र तीन पटक भन: "बिस्मिल्लाह" र सात पटक "अऊज़ु बिल्लाहि व क़ुदरतिही मिन शर्रि मा अजिदु व उहाज़िरु" पढ। अर्थ: म अल्लाह र उहाँको सामर्थ्यद्वारा उहाँको शरण माग्छु त्यो कुराको खराबीबाट जो म महसुस गर्दैछु र जसको मलाई डर लागिरहेको छ ।
सही मुस्लिमले वर्णन गरेका छन्
"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जब कुनै बिरामीकहाँ जानुहुन्थ्यो, तब उहाँले उसका लागि यसरी प्रार्थना गर्नुहुन्थ्यो: "अज़्हिबिल्-बअस, रब्बन्-नास, वश्फि अन्तश्-शाफ़ी, ला शिफाअ इल्ला शिफाउक, शिफाअन् ला युगादिरु सकमा।" (अर्थात्: हे मानवजातिका पालनकर्ता! यसको रोग-कष्ट दूर गरिदिनुहोस् र यसलाई स्वास्थ्यलाभ प्रदान गर्नुहोस्। हजुर नै स्वास्थ्यदाता हुनुहुन्छ। हजुरले प्रदान गर्नुभएको उपचारबाहेक अर्को कुनै उपचार छैन। यस्तो पूर्ण आरोग्य प्रदान गर्नुहोस् जसले कुनै पनि रोग नछोडोस्।)"
सही मुत्तफकुन अलैहि
"जसले कुनै यस्तो बिरामी व्यक्तिको स्वास्थ्य सोधपुछ गर्दछ, जसको मृत्युको समय नजिक आएको हुँदैन र उसको नजिक सात पटक यो भन्दछ: {अस्अलुल्लाहल् अजीम रब्बल् अर्शिल् अजीम अइ यश्फिय-क}, अर्थात्: 'म महान् अर्श (सिंहासन) को स्वामी अल्लाहसँग तिम्रो स्वास्थ्य लाभको प्रार्थना गर्दछु,' भने अल्लाहले उसलाई त्यस रोगबाट निश्चित रूपमा मुक्ति (स्वास्थ्य लाभ) प्रदान गर्नुहुनेछ।"
सही अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"भोलि म यो झण्डा यस्तो व्यक्तित्वलाई प्रदान गर्नेछु, जसको हातद्वारा अल्लाहले विजय प्रदान गर्नुहुनेछ। जसले अल्लाह र उहाँका रसूललाई प्रेम गर्छ र अल्लाह र उहाँका रसूलले पनि उनलाई प्रेम गर्नुहुन्छ।" यो सुनेर मानिसहरूले रातभरि झण्डा कसले पाउने हो भनेर आपसमा छलफल र अड्कलबाजी गर्दै बिताए। बिहान सबैजना अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष उपस्थित भए। सबैले झण्डा पाउने आशा गरेका थिए। उहाँले सोध्नुभयो: "अली बिन अबी तालिब कहाँ छन्?" मानिसहरूले भने: "हे अल्लाहका रसूल! उनको आँखा दुखिरहेको छ।" उहाँले भन्नुभयो: "उनलाई बोलाऊ।" जब अली (रजियल्लाहु अन्हु) लाई बोलाइयो, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको आँखामा आफ्नो राल (थुक) लगाइदिनुभयो र उनको लागि दुआ (प्रार्थना) गर्नुभयो। फलस्वरूप उनको आँखा कुनै रोग नभएजस्तै गरी तुरुन्तै निको भयो। त्यसपछि उहाँले अली (रजियल्लाहु अन्हु) लाई झण्डा प्रदान गर्नुभयो। अली (रजियल्लाहु अन्हु) ले सोधे: "हे अल्लाहका रसूल! के तिनीहरू हामीजस्तै (मुस्लिम) नभएसम्म उनीहरूसँग युद्ध जारी रहनेछ?" उहाँले भन्नुभयो: "तिमी आफ्नै गतिअनुसार अघि बढ र जब उनीहरूको क्षेत्रमा पुग्छौ, तब उनीहरूलाई इस्लामतर्फ आमन्त्रण गर। अनि उनीहरूलाई अल्लाहको अधिकारसम्बन्धी उनीहरूको कर्तव्यहरू बताऊ। “अल्लाहको कसम! यदि अल्लाहले तिम्रो माध्यमबाट एक जना मात्र व्यक्तिलाई पनि सही मार्ग (हिदायत) मा ल्याइदिनुभयो भने, त्यो तिम्रा लागि राता-राता ऊँटहरू (त्यस समयको सबैभन्दा मूल्यवान् सम्पत्ति) प्राप्त गर्नुभन्दा धेरै उत्तम हुनेछ।"
सही मुत्तफकुन अलैहि