Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

1 of 683 cards

Clear filters
म अश्अरी समुदायका केही व्यक्तिहरूसँग रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आएँ। मैले उहाँसँग सवारी मागें, तर उहाँले भन्नुभयो: "अल्लाहको कसम! म तिमीहरूलाई सवारी दिन सक्दिनँ र मसँग तिमीहरूलाई दिने कुनै सवारी पनि छैन।" त्यसपछि हामी अल्लाहले चाहेजति समयसम्म त्यहाँ बस्यौं। यसैबीच केही ऊँटहरू उहाँकहाँ आए र उहाँले हामीलाई तीनवटा ऊँटहरू दिन आदेश दिनुभयो। त्यहाँबाट निस्केपछि हामीमध्ये केही मानिसहरूले अरूलाई भने: "अल्लाहले हाम्रो यस कार्यमा बर्कत (आशीर्वाद) दिने छैनन्। हामीले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आएर सवारीको लागि अनुरोध गर्यौं र उहाँले हामीलाई सवारी दिन नसक्ने कसम खानुभयो, तर पछि उहाँले हामीलाई दिनुभयो।" अबू मुसाले भने: हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ फर्कियौं र उहाँलाई यस कुराकानीबारे खबर गर्यौं। उहाँले भन्नुभयो: "हेर, मैले तिमीहरूलाई सवारीसाधन दिएको होइन, बरु अल्लाहले तिमीहरूका लागि व्यवस्था गरीदिनुभएको हो। अल्लाहको कसम! जब म कुनै कुरा प्रति कसम खान्छु, अनि त्योभन्दा अर्को कुरामा भलाइ देख्छु भने, म आफ्नो कसमको कफ्फारा (प्रायश्चित) दिन्छु र त्यही गर्छु जुन उत्तम हुन्छ।"
सही मुत्तफकुन अलैहि