Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

1 of 683 cards

Clear filters
एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले साबित् बिन कैसलाई अनुपस्थित देखेर उनको बारेमा सोध्नुभयो, तब एक व्यक्तिले भने: हे अल्लाहका रसूल! म हजुरलाई उनको बारेमा जानकारी दिनेछु । त्यसैले उनी साबित् बिन कैसकहाँ गए र उनी आफ्नो घरमा शिर झुकाएर बसिरहेको देखे । आरामै हुनुहुन्छ भनेर सोध्दा उनले आफू बर्बाद भएको जवाफ दिए । किनभने उनको आवाज रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आवाज भन्दा चर्को थियो, त्यसैले उनका सबै राम्रो कर्महरू नष्ट भए र नर्कमा हुनेछु भनेर दुख पोखे । त्यो सहाबीले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई उनले त यस्ता कुरा गरेको बताए । त्यसपछि उनी अर्को पटक शुभ समाचार लिएर उनीकहाँ गए । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : " उनीकहाँ जाऊ र भन: तपाईं नरकका मानिसहरूमध्ये हुनुहुन्न, तर स्वर्गका मानिसहरूमध्ये हुनुहुन्छ ।"
सही मुत्तफकुन अलैहि