Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

4 of 683 cards

Clear filters
अन्तिम समयमा यस्ता मानिसहरू आउनेछन्, जो कम उमेरका र कम बुद्धि भएका हुनेछन्। उनीहरूको बोलीमा सृष्टिको सबैभन्दा उत्तम वाणी त हुनेछ; तर उनीहरू इस्लामबाट यसरी बाहिरिनेछन्, जसरी बाण निशाना (सिकार) लाई छेडेर बाहिर निस्कन्छ।उनीहरूको आस्था उनीहरूको घाँटी (कण्ठ) भन्दा तल झर्ने छैन। तसर्थ, तिमीहरूले उनीहरूलाई जहाँ पनि भेट्छौ, मार्नु; किनकि उनीहरूलाई मार्ने व्यक्तिका लागि कियामतको दिन प्रतिफल हुनेछ।"
सही मुत्तफकुन अलैहि
"जसले हाम्रो यस धर्ममा कुनै पनि नयाँ कुरा निकाल्छ जुन धर्मको भाग होइन, त्यो अस्वीकार्य मानिन्छ।"
सही बुखारी र मुस्लिमले वर्णन गरेका छन्
“जो कोहीले सत्य मार्गतर्फ आह्वान गर्दछ, उसले त्यस मार्गमा हिँड्ने सबै मानिसहरूको पुण्य बराबर पुण्य प्राप्त गर्नेछ; र ती मानिसहरूको पुण्यमा कुनै कमी हुने छैन। र जो कोहीले गलत मार्गतर्फ बोलाउँछ, उसले त्यसलाई पछ्याउने सबै मानिसहरूको पाप बराबर पाप बोक्नेछ; तर यसले उनीहरूको पापमा कुनै कमी गरिने छैन।”
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले हाम्रो यो धर्ममा कुनै नयाँ कुरा आविष्कार गर्छ, जुन हाम्रो धर्ममा छैन, त्यो स्वीकार्य हुँदैन।" (बुखरी र मुस्लिम) मुस्लिममा अर्को हदीस छ: "जसले कुनै यस्तो काम गर्छ, जुन हाम्रो तरिका अनुसार छैन, त्यो स्वीकार्य छैन ।"
सही मुत्तफकुन अलैहि