Skip to content

"न त रोग आफैँ सर्छ, न कुनै अशुभ शकुन हुन्छ, न 'हामा' (उल्लू अशुभ हुने विश्वास) को कुनै प्रभाव हुन्छ, न 'सफर' महिना अशुभ हुन्छ, र कुष्ठरोगीबाट यसरी टाढा भाग जसरी सिंहबाट भाग्छौ।"

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"न त रोग आफैँ सर्छ, न कुनै अशुभ शकुन हुन्छ, न 'हामा' (उल्लू अशुभ हुने विश्वास) को कुनै प्रभाव हुन्छ, न 'सफर' महिना अशुभ हुन्छ, र कुष्ठरोगीबाट यसरी टाढा भाग जसरी सिंहबाट भाग्छौ।"

«لاَ عَدْوَى وَلاَ طِيَرَةَ، وَلاَ هَامَةَ وَلاَ صَفَرَ، وَفِرَّ مِنَ المَجْذُومِ كَمَا تَفِرُّ مِنَ الأَسَدِ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले इस्लामपूर्वका केही गलत कुराहरूविरुद्ध चेतावनी दिनुभएको छ, किनकि हरेक कुरा अल्लाहको हातमा छ र उहाँको आदेश र इच्छा बिना केही हुँदैन। ती कुराहरू निम्न छन्: पहिलो: जाहिलीयत (इस्लाम पूर्व) का मानिसहरू रोग आफैँ संक्रामक हुन्छ भन्ने विश्वास गर्थे। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुनै पनि रोग एक बिरामीबाट अर्कोमा आफैँ सर्छ भन्ने विश्वासलाई निर्मूल पार्नुभयो। किनभने ब्रह्माण्डको व्यवस्थापन गर्ने अल्लाह हुनुहुन्छ; उहाँको आदेशले रोग लाग्छ र उहाँले नै निको पार्नुहुन्छ, र उहाँको इच्छा र आदेश बिना केही हुँदैन। दोस्रो: जाहिलीयत (इस्लाम पूर्व) का मानिसहरू यात्रा वा व्यापारको लागि निस्कदा चरालाई उडाउने गर्दथे । यदि चरा दायाँ तिर उड्यो भने शुभ ठानेर त्यो काम गर्थे र यदि बायाँतिर उड्यो भने अशुभ ठानेर फर्कने गर्थे । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले चराहरूबाट लिएको यो अशुभ मान्ने आस्थालाई निषेध गर्नुभयो र यो मिथ्या विश्वास हो भनेर स्पष्ट पार्नुभयो । तेस्रो: जाहिलीयत (इस्लाम पूर्व) का मानिसहरू भन्थे: यदि कुनै घरमा उल्लू चरा आएर बस्छ भने घरका बासिन्दाहरूलाई विपत्ति आइलाग्नेछ; नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो अशुभ आस्थालाई निषेध गर्नुभयो । चौथोः नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हिजरी महिनाको दोस्रो महिना "सफर" लाई अशुभ मान्ने कुरा प्रति रोक लगाउनुभयो। केही विद्वानहरू अनुसार 'सफर' भनेको पेटमा हुने एक प्रकारको सर्प हो, जसबाट पशुधन र मानिसहरू संक्रमित हुन्छन्, र तिनीहरूको मान्यताअनुसार यो 'जरब' (लुतो) भन्दा पनि बढी सङ्क्रामक हुन्छ; नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस प्रकारका विश्वास र आस्थाहरूको खण्डन गर्दै यिनलाई अमान्य ठहर गर्नुभयो। पाँचौँ, उहाँले कुष्ठरोग लागेका व्यक्तिबाट सिंहबाट भागेजस्तै टाढा रहन आदेश दिनुभयो। यसो गर्नु आफ्नो सुरक्षाप्रति सावधानी, आफ्नो रक्षा र अल्लाहले आदेश दिनुभएका माध्यमहरूलाई अपनाउनु हो। कुष्ठरोग भनेको यस्तो रोग हो जसले मानिसका अङ्गहरूलाई खाइदिन्छ।

हदीसका केही फाइदाहरू

अल्लाहमा पूर्ण भरोसा राख्नुका साथै वैध माध्यमहरू प्रयोग गर्नु अनिवार्य छ।

अल्लाहको निर्णय र उहाँले तोक्नुभएको भाग्यमा विश्वास गर्नु साथै सबै कारणहरू उहाँकै हातमा छन् र उहाँले नै तिनलाई सञ्चालन गर्नुहुन्छ वा तिनको प्रभाव हटाइदिनुहुन्छ भन्ने तथ्यप्रति आस्था राख्नु अनिवार्य छ।

यसमा, केही मानिसहरूले कालो वा रातो रङ, विशेष अङ्कहरू, नामहरू, व्यक्तिहरू वा शारीरिक रूपमा अशक्त मानिसहरूलाई अशुभ मानेर गरिने अपशगुनका कार्यहरूको खण्डन गरिएको छ।

कुष्ठरोग वा त्यस्तै अन्य संक्रामक रोग भएका व्यक्तिहरूको नजिक जानु नहुने भन्ने निषेधको कारण यो हो कि, रोग सर्ने सामान्य कार्य-कारणको क्रमलाई अल्लाहले यस सृष्टिमा चलन (प्रकृति) को रूपमा जारी राख्नुभएको छ। तथापि, यस्ता कारणहरू आफैँमा स्वतन्त्र रूपमा प्रभावकारी हुँदैनन्; प्रभाव पार्ने वा नपार्ने सम्पूर्ण अधिकार र शक्ति केवल अल्लाहकै हो। उहाँले इच्छा अनुसार ती कारणहरूबाट शक्ति खोस्नुभयो भने ती कारणहरूले कुनै असर गर्ने छैनन्, र यदि उहाँले इच्छा गर्नुभयो भने ती शक्तिहरू कायम रहन्छन् र तिनीहरूले प्रभाव पार्छन्।

श्रोतहरू

सही बुखारी (7/ 126) (5707).

सही मुस्लिम (4/ 1742) (2220).

थप (10)

فتح المجيد شرح كتاب التوحيد.

لعبد الرحمن التميمي (ص307).

القول المفيد على كتاب التوحيد.

لابن عثيمين (1/ 565).

الملخص في شرح كتاب التوحيد.

لصالح الفوزان (ص228).

الجديد في شرح كتاب التوحيد.

لمحمد القرعاوي (ص253).

التمهيد لشرح كتاب التوحيد.

لصالح آل الشيخ (ص77).