"जो अल्लाहको बाटोमा एक दिनको लागि रोजा बस्छ, अल्लाहले उसको अनुहारलाई नर्कको आगोबाट सत्तरी वर्षको दुरी बराबर टाढा गरिदिनुहुनेछ।"
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो:
"जो अल्लाहको बाटोमा एक दिनको लागि रोजा बस्छ, अल्लाहले उसको अनुहारलाई नर्कको आगोबाट सत्तरी वर्षको दुरी बराबर टाढा गरिदिनुहुनेछ।"
«مَنْ صَامَ يَوْمًا فِي سَبِيلِ اللهِ بَاعَدَ اللهُ وَجْهَهُ عَنِ النَّارِ سَبْعِينَ خَرِيفًا».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि जसले अल्लाहको मार्गमा (जिहादमा, र केही वर्णनकर्ताका अनुसार जिहाद बाहेक अन्य अवस्थामा पनि) अल्लाहको प्रसन्नता र उहाँबाट प्रतिफल पाउने शुद्ध नियतका साथ एक दिन व्रत (रोजा) बस्छ; अल्लाहले आफ्नो कृपाले उसलाई नर्कको आगोबाट सत्तरी (७०) वर्षको दुरी बराबर टाढा गरीदिनुहुनेछ।
इमाम अन-नववी भन्नुहुन्छ: "अल्लाहको मार्गमा (जिहादमा) व्रत (रोजा) बस्नुको ठूलो महिमा छ। तर यो नियम त्यो व्यक्तिको हकमा मात्र लागु हुन्छ जसलाई व्रत बस्दा कुनै हानि हुँदैन, जसले गर्दा कसैको अधिकार वा कर्तव्य पूरा गर्नमा बाधा पुग्दैन, र जसको कारणले उसको युद्ध वा युद्धका अन्य महत्त्वपूर्ण जिम्मेवारीहरूमा कुनै अवरोध आउँदैन।"
यसमा नफल व्रत राख्न प्रेरणा छ।
उपवास बस्दा अल्लाहको लागि मात्र निष्ठावान् (इखलास) हुनु र उहाँको प्रसन्नता चाहनु अनिवार्य छ; देखावटी, प्रशंसा पाउन वा अन्य कुनै स्वार्थका लागि व्रत बस्नु हुँदैन।
इमाम सिन्दीका अनुसार: "(अल्लाहको बाटोमा)" भन्ने वाक्यांशको अर्थ दुई तरिकाले निकाल्न सकिन्छ। एउटा अर्थ, यो केवल आफ्नो मनसाय वा नियतलाई सफा राख्नु मात्र हो। अर्को अर्थ, कुनै व्यक्तिले अल्लाहको मार्गमा युद्ध गरिरहेको बेला व्रत राखेको हो। र यी दुईमध्ये, दोस्रो अर्थ नै सबैभन्दा पहिले मनमा आउने र बढी स्पष्ट देखिने अर्थ हो।"
इब्न हजरले भन्नुभएको छ: उहाँको भनाइ: (सत्तरी शरद ऋतुहरू - सबअीन खरीफन) मा 'खरीफ' (शरद मौसम) वर्षको एउटा निश्चित र परिचित समय हो। तर यहाँ यसको अर्थ 'वर्ष' हो। वर्षका अन्य ऋतुहरू गर्मी, जाडो, र वसन्तलाई छोडेर शरद ऋतुलाई मात्र विशेष रूपमा उल्लेख गर्नुको कारण यो हो कि शरद ऋतु सबैभन्दा उत्तम र मौसम हो, किनभने यसै खरिफमा फलफूल काट्ने गरिन्छ ।
सही बुखारी (4/ 26) (2840).
सही मुस्लिम (2/ 808) (1153).
थप (8)
تيسير العلام.
لعبد الله البسام (ص346).
تنبيه الأفهام شرح عمدة الإحكام.
لابن عثيمين (3/ 465).
الإفهام في شرح عمدة الأحكام.
لابن باز (ص426).
خلاصة الكلام على عمدة الأحكام.
لفيصل آل مبارك (ص162).