Skip to content

"जसले यो प्रार्थना तीन पटक पढ्छ: "अल्लाहको नाममा, जसको नामले पृथ्वी वा आकाशमा कुनै पनि कुराले हानि गर्न सक्दैन र उहाँ सर्वश्रोता एवं सर्वज्ञ हुनुहुन्छ।" बिहानसम्म कुनै पनि अचानक विपत्तिले उसलाई आक्रमण गर्नेछैन।"

अबान बिन उस्मान (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले उस्मान बिन अफ़्फ़ान (रज़ियल्लाहु अन्हु) ले भन्दै गरेको सुनेँ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ :

"जसले यो प्रार्थना तीन पटक पढ्छ: "अल्लाहको नाममा, जसको नामले पृथ्वी वा आकाशमा कुनै पनि कुराले हानि गर्न सक्दैन र उहाँ सर्वश्रोता एवं सर्वज्ञ हुनुहुन्छ।" बिहानसम्म कुनै पनि अचानक विपत्तिले उसलाई आक्रमण गर्नेछैन।" र जसले बिहान तीन पटक यो पढ्छ, साँझसम्म उसलाई अचानक कुनै विपत्ति आउने छैन।" वर्णनकर्ता भन्छन्, पछि अबान बिन उस्मानमाथि पक्षाघात (फालिज) को आक्रमण भयो, त्यसैले उनीबाट यो हदीस सुन्ने व्यक्तिले उनलाई हेर्न थाल्यो। त्यसैले अबानले उनलाई सोधे: के भयो, तिमी मलाई किन हेरिरहेका छौ? अल्लाहको कसम, मैले उस्मानलाई झूटो भनेर केही भनेको छैन, नत उस्मानले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई झूटो भनेर केही भनेको छ। वास्तवमा जुन दिन मलाई यो बिमारी लागेको थियो त्यो दिन रिसको झोकमा भएकोले यो दुआ पढ्न बिर्सिएको थिएँ ।

«مَنْ قَالَ بِسْمِ اللَّهِ الَّذِي لَا يَضُرُّ مَعَ اسْمِهِ شَيْءٌ، فِي الْأَرْضِ، وَلَا فِي السَّمَاءِ، وَهُوَ السَّمِيعُ الْعَلِيمُ، ثَلَاثَ مَرَّاتٍ، لَمْ تُصِبْهُ فَجْأَةُ بَلَاءٍ، حَتَّى يُصْبِحَ، وَمَنْ قَالَهَا حِينَ يُصْبِحُ ثَلَاثُ مَرَّاتٍ، لَمْ تُصِبْهُ فَجْأَةُ بَلَاءٍ حَتَّى يُمْسِيَ»، قَالَ: فَأَصَابَ أَبَانَ بْنَ عُثْمَانَ الْفَالِجُ، فَجَعَلَ الرَّجُلُ الَّذِي سَمِعَ مِنْهُ الْحَدِيثَ يَنْظُرُ إِلَيْهِ، فَقَالَ لَهُ: مَا لَكَ تَنْظُرُ إِلَيَّ؟ فَوَاللَّهِ مَا كَذَبْتُ عَلَى عُثْمَانَ، وَلَا كَذَبَ عُثْمَانُ عَلَى النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، وَلَكِنَّ الْيَوْمَ الَّذِي أَصَابَنِي فِيهِ مَا أَصَابَنِي غَضِبْتُ فَنَسِيتُ أَنْ أَقُولَهَا.

अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभयो, जो कुनै व्यक्ति प्रत्येक बिहान फज्र पछि र प्रत्येक साँझ सूर्यास्तअघि तीन पटक यो भन्छ: म यस अल्लाहको सहयोग चाहन्छु र हरेक पीडादायी कुराबाट उहाँको सुरक्षा चाहन्छु, उहाँको नाम लिइसकेपछि कुनै पनि ठूलो कुरा, पृथ्वीबाट आउने कुनै पनि विपत्ति वा आकाशबाट आउने कुनै पनि विपत्तिले मलाई हानि पुर्‍याउन सक्दैन। उहाँ नै हाम्रो कुरा सुन्ने र हाम्रो परिस्थितिको बारेमा जानकार हुनुहुन्छ। यदि यो साँझमा पढियो भने, बिहानसम्म अचानक कुनै पनि कुराले हानि गर्दैन, र यदि बिहान पढियो भने, साँझसम्म अचानक कुनै पनि कुराले हानि गर्दैन। हदीसका वर्णनकर्ता अबान बिन उस्मानमाथि पक्षाघात (फालिज) को आक्रमण भयो, त्यसैले उनीबाट यो हदीस सुन्ने व्यक्तिले उनलाई हेर्न थाल्यो। त्यसैले अबानले उनलाई सोधे: के भयो, तिमी मलाई किन हेरिरहेका छौ? अल्लाहको कसम, मैले उस्मानलाई झूटो भनेर केही भनेको छैन, नत उस्मानले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई झूटो भनेर केही भनेको छ। वास्तवमा जुन दिन मलाई यो बिमारी लागेको थियो त्यो दिन रिसको झोकमा भएकोले यो दुआ पढ्न बिर्सिएको थिएँ ।

हदीसका केही फाइदाहरू

बिहान बेलुका यो जिक्र पढ्नु मुस्तहब हो। यसलाई पढेपछि, व्यक्ति कुनै पनि विपत्ति वा दुर्भाग्यको अचानक आक्रमणबाट सुरक्षित हुन्छ।

पहिलो युगका सलाफहरूको अल्लाहमा दृढ विश्वास थियो र तिनीहरूले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को वचनहरूको पुष्टि गर्थे।

बिहान र बेलुका अल्लाहलाई सम्झनुको एउटा फाइदा के हो भने व्यक्तिको लापरवाही हट्छ र उसलाई सधैं याद रहन्छ कि ऊ अल्लाहको सेवक हो।

अल्लाहको जिक्रको प्रभाव त्यतिबेला मात्र देखिन्छ जतिबेला सम्झने व्यक्तिमा अल्लाहमा विश्वास, नम्रता, हृदयको उपस्थिति, इमानदारी र निश्चितता हुन्छ।

श्रोतहरू

सुनन अबी दाउद (7/ 419) (5088).

सुनन् तिर्मिजी (5/ 396) (3388).

सुनन् कुब्रा लिन्निसाई (9/ 11) (9759).

सुनन् इब्ने माजह (5/ 35) (3869).

मुस्नद अहमद (1/ 498) (446).

थप (10)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (2/ 528).

نزهة المتقين شرح رياض الصالحين.

لمجموعة من الباحثين (2/ 997).

كنوز رياض الصالحين.

لمجموعة من الباحثين (17/ 314).

مرعاة المفاتيح شرح مشكاة المصابيح.

للمباركفوري (8/ 130).

مرقاة المفاتيح شرح مشكاة المصابيح.

للقاري (4/ 1659).