Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

22 of 683 cards

Clear filters
"जसले कुनै समुदाय को नक्कल गर्छ, त्यो तिनीहरूमध्ये एक हो ।"
हसन अबू दाउद र अहमदले वर्णन गरेका छन्
“तिमीहरू आफ्ना घरहरूलाई चिहान नबनाऊ र मेरो चिहानलाई उत्सव (मेला) स्थल नबनाऊ । मेरो लागि प्रार्थना (दरूद र सलाम) गर। तिमीहरू जहाँ भए पनि तिमीहरूको प्रार्थना (दरूद र सलाम) म सम्म पुग्नेछ ।”
हसन अबू दाऊदले वर्णन गरेका छन्
मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) संग नमाज पढें। उहाँले आफ्नो दाहिने तर्फ "अस्-सलामु अलैकुम व रहमतुल्लाही व बरकातुह" भनेर सलाम फेर्नुहुन्थ्यो र देब्रेतर्फ "अस्-सलामु अलैकुम व रहमतुल्लाही व बरकातुह" भनेर सलाम फेर्नुहुन्थ्यो।
हसन अबू दाऊदले वर्णन गरेका छन्
"जसले अर्कालाई हानि पुर्‍याउँछ, अल्लाहले उसलाई हानि पुर्‍याउनु हुन्छ र जसले अरूलाई कष्ट दिन्छ, अल्लाहले उसलाई कष्टमा पार्नुहुनेछ ।"
हसन अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई सजदाको बीचमा यो दुआ पढ्नु हुन्थ्यो: "अल्ला हुम्मग फिर्ली, वर्हम्नी व आफिनी वह्दिनी वर्जुकनी ।" (हे अल्लाह! मलाई क्षमा गर्नुहोस्, ममाथि दया गर्नुहोस्, मलाई शान्ति दिनुहोस्, मलाई मार्गदर्शन गर्नुहोस् र मलाई जीविका दिनुहोस्) ।
शवाहिद (गवाहहरु) ले गर्दा हसन हो अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"जसले आफ्नी पत्नीसँग उसको मलद्वारमा सम्भोग गर्छ, उसलाई श्राप दिइएको छ।
हसन अबू दाउदले र निसाईले सुनन कुब्रामा तथा अहमदले वर्णन गरेका छन्