Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

27 of 683 cards

Clear filters
"वास्तवमा, मुनाफिक (पाखंडी) हरूका लागि सबैभन्दा कठिन नमाज ईशा र फजरका नमाज हुन् । यदि तिनीहरूले यी नमाजहरूको महत्व थाहा पाएको भए घस्रेर भए पनि (मस्जिद) आउने थिए । मैले (एक पटक) संकल्प गरेको थिएँ कि एक जना लाई अजान दिन र अर्को एकजनालाई नमाज पढाउन आदेश दिउँ र आफैं दाउरा बोकेका केही केटाहरू साथमा लिएर नमाजका लागि (मस्जिद) नआएका मानिसहरूको घरमा आगो लगाउन हुकुम दिउँ।”
सही मुत्तफकुन अलैहि
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो काकालाई भन्नुभयो: " ‘ला इलाह इल्लाल्लाह’ (अल्लाह बाहेक कोही ईश्वर छैन) भन्नुहोस्, म न्यायको दिन तपाईंको लागि गवाही दिनेछु ।" यो सुनेर उनले भने: यदि कुरैशका मानिसहरूले मेरो उपहास गर्दै नभन्ने थिए कि म डरका कारण त्यसो गर्न बाध्य भएँ, त मैले यो वचन पढेर तिमीलाई खुसी पार्ने थिएँ । यसै सम्बन्धमा अल्लाहले यो आयत (श्लोक) अवतरण गर्नुभयो: {वास्तवमा, तपाईंले जसलाई चाहानुहुन्छ त्यसलाई सत्मार्गको मार्गदर्शन गर्न सक्नुहुन्न, तर अल्लाह जसलाई चाहानुहुन्छ मार्गदर्शन गर्नुहुन्छ ।" [अल-कसस: ५६]}
सही मुस्लिमले वर्णन गरेका छन्
हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग मस्जिदमा बसिरहेका थियौं, एकजना व्यक्ति ऊँटमा सवार भएर मस्जिदमा प्रवेश गर्यो र उसले आफ्नो ऊँटलाई मस्जिदमा बसायो र बाँधेर सोध्यो: तिमीहरु मध्ये मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को हुनुहुन्छ ? उहाँ आफ्ना साथीहरूसंग बसिरहनु भएको थियो । हामीले भन्यौं: यो अडेस लगाउनु भएको गोरो मान्छे उहाँ नै हुनुहुन्छ । उसले उहाँलाई सम्बोधन गर्यो : हे अब्दुल मुत्तालिबको छोरा ! नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई भन्नुभयो: " हजुर, प्रश्न गर्नुहोस् म जवाफ दिनेछु ।" उसले रसूललाई भन्यो म तपाईंसँग केही प्रश्नहरू सोध्न जाँदैछु र म ती प्रश्नहरू प्रति कडा हुनेछु। त्यसैले आफ्नो हृदयमा मप्रति केही नराख्नु होला । उहाँले भन्नुभयो: "केही छैन, तिमीलाई जे मन लाग्छ सोध !" उसले सोध्यो: म तपाईंलाई तपाईंको र तपाईं भन्दा पहिले मानिसहरूको पालनकर्ताको कसम खुवाएर सोध्न चाहन्छु: के अल्लाहले तपाईलाई सम्पूर्ण मानव जातिको लागि पठाउनुभएको हो ? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" त्यसपछि उसले सोध्यो: म अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले तपाईंलाई दिन र रातमा पाँच पटक नमाज पढ्न आदेश दिनुभएको हो? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" त्यसपछि उसले भन्यो: म अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले रमजानमा उपवास बस्न आदेश दिनुभएको हो? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" तब उसले भन्यो: म अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले तपाईंलाई धनीहरूबाट दान लिएर गरिबहरूमा बाँड्न आदेश दिनुभएको हो ? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ।" तब उसले भन्यो: अब म तपाईंले ल्याउनुभएको धर्ममा विश्वास गर्छु । मैले इस्लाम ल्याए र म मेरो समुदायको प्रतिनिधि हुँ । मेरो नाम जमाम बिन षाल्बा हो र म साद बिन बकर जनजाति को भाई हुँ ।
सही मुत्तफकुन अलैहि