Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

1 of 683 cards

Clear filters
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मुआज (रजियल्लाहु अन्हु) लाई यमन पठाउदा भन्नुभयो: " तिमी (अह्ले-किताब) यहुदी र ईसाई समुदायमा जाँदैछौ । त्यहाँ पुगेपछि उनीहरूलाई सबैभन्दा पहिला तौहीद (अल्लाह बाहेक कोही सत्य पुज्य छैन र मुहम्मद अल्लाहका रसूल हुनुहुन्छ ) तिर आह्वान गर । यदि तिनीहरू सहमत छन् भने, तिनीहरूलाई भन, अल्लाहले तिमीहरूमाथि दिन रातमा पाँच पटक नमाज पढ्न अनिवार्य गर्नुभएको छ । यदि तिनीहरूले यसमा तिम्रो आज्ञापालन गरे भने, तिनीहरूलाई भन, अल्लाहले तिमीहरूमाथि जकात अनिवार्य गर्नुभएको छ; जुन तिमीहरूका धनीहरूबाट लिएर तिमीहरूका गरिबहरूमा वितरण गरिनेछ । यदि उनीहरू सहमत छन् भने, उनीहरूको उत्कृष्ट धनसम्पत्तिदेखि होशियार रहनु1 र पीडितको श्रापबाट वच्नु, किनकि पीडितको श्राप र अल्लाहबीच कुनै पर्दा छैन (अर्थात् उत्निखेरै पीडितको श्राप स्वीकार हुन्छ ) ।"
सही मुत्तफकुन अलैहि