عربي - Arabic English Qafár af - Afar Afrikaans - Afrikanns Akan Shqip - Albanian አማርኛ - Amharic Հայերեն - Armenian অসমীয়া - Assamese Azərbaycanca - Azerbaijani Bamanankan - Bambara Bassa Bemba বাংলা - Bengali Bosanski - Bosnian Български - Bulgarian မြန်မာဘာသာ - Burmese Bisaya - Cebuano Cham Нохчий - Chechen chiCheŵa - Chewa 中文 - Chinese Адыгэбзэ - Circassian Hrvatski - Croatian Česky - Czech Dagbani Dansk - Danish فارسی دری - Dari Dendi ދިވެހި ބަސް - Dhivehi Nederlands - Dutch إستوني - Estonian Suomi - Finnish Français - French Fulfulde - Fula ქართული - Georgian Deutsch - German Ελληνικά - Greek ગુજરાતી - Gujrati Kreyòl ayisyen - Haitian Creole Hausa हिन्दी - Hindi Magyar - Hungarian Igbo Indonesia - Indonesian Italiano - Italian 日本語 - Japanese Jóola - Jola ಕನ್ನಡ - Kannada Қазақша - Kazakh ភាសាខ្មែរ - Khmer Kikuyu Ikinyarwanda - Kinyarwanda Ikirundi - Kirundi 한국어 - Korean كوردی سۆرانی - kurdish كوردي kurmancî - Kurmanji Kyrgyz ລາວ - Lao latviešu - Latvian Lingala lietuvių - Lithuanian Luganda Македонски - Macedonian Maguindanaon Malagasy - Malagasy Bahasa Melayu - Malay മലയാളം - Malayalam Mandinka मराठी - Marathi Mõõré - Moore नेपाली - Nepali أنكو - NKo Norwegian ଓଡ଼ିଆ - Odia oromoo - Oromo پښتو - Pashto فارسی - Persian Polski - Polish Portuguese ਪੰਜਾਬੀ - Punjabi Română - Romanian Русский - Russian Српски - Serbian Shona සිංහල - Sinhala Slovenščina - Slovenian Soomaaliga - Somali Soninke Sesotho - Sotho Español - Spanish Kiswahili - Swahili Svenska - Swedish Tagalog Тоҷикӣ - Tajik தமிழ் - Tamil తెలుగు - Telugu ไทย - Thai ትግረኛ - Tigrinya Türkçe - Turkish Ukrainian اردو - Urdu ئۇيغۇرچە - Uyghur Ўзбек - Uzbek Việt Nam - Vietnamese Wolof Yao Yorùbá - Yoruba Zarma زولو - Zulu
683 Hadiths
Encyclopedia of Prophetic Hadiths
Categories
Grading
Narrated in
Narrator
"जसले अमानतको कसम खान्छ, त्यो हामीमध्ये होइन।"
सही अबू दाउद र अहमदले वर्णन गरेका छन्
"हे अल्लाह! मेरो कब्र (चिहान) लाई मूर्ति नबनाउनु। अल्लाहको धिक्कार ती समुदायहरूमाथि होस्, जसले आफ्ना नबीहरूको चिहानलाई मस्जिद (पूजा गर्ने ठाउँ) बनाए" ।
सही अहमदले वर्णन गरेका छन्
"हामी र तिनीहरूको बीचमा रहेको फरक नमाज (सलाह) हो । जसले यसलाई त्याग्छ उसले कुफ्र गर्यो ।"
सही तिर्मीजी, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, (तीन पटक) भन्नुभयो, र यस प्रकारको कुरा हामी सबैको हृदयमा आउँछ, तर अल्लाहमाथि तवक्कुल (पूर्ण भरोसा) गर्नाले उहाँले यसलाई हटाइदिनुहुन्छ।"
सही अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"जसले गैरुल्लाह (अल्लाह बाहेक अरू कसै) को कसम खान्छ, उसले कुफ्र वा शिर्क गर्दछ ।"
सही अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"जसले नक्षत्रहरूबाट ज्ञान प्राप्त गर्छ, उसले जादूको एक भाग सिक्छ । उसले जति धेरै ज्योतिषविज्ञान सिक्छ, त्यति धेरै जादू सिक्नेछ ।"
सही अबू दाउद, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
“निस्सन्देह, मलाई तिमीहरूको बारेमा जुन कुरादेखि सबैभन्दा धेरै डर लागेको छ, त्यो सानो शिर्क हो ।" साथीहरूले भने: हे अल्लाहको रसूल! यो सानो शिर्क के हो? उहाँले जवाफ दिनुभयो: “दिखावटी (रिया) सत्कर्म गर्नु ।” कयामतको दिनमा, जब मानिसहरूलाई उनीहरूका कर्महरूको प्रतिफल दिइनेछ, अल्लाह सर्वशक्तिमान् ले तिनीहरूलाई भन्नुहुनेछ: 'ती मानिसहरूकहाँ जाऊ जसका लागि तिमीहरूले संसारमा देखावटी कर्म गर्यौ, र हेर तिमीहरूले तिनीहरूबाट कुनै प्रतिफल पाउँछौ कि पाउँदैनौ?”
हसन अहमदले वर्णन गरेका छन्
एउटा यात्रामा म अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम) को साथमा थिएँ । हिँड्दा हिँड्दा एक दिन म उहाँको नजिक भएँ, अनि मैले भनेँ : हे अल्लाहका रसूल ! मलाई जन्नतमा प्रवेश गर्ने र जहन्नमदेखि टाढा राख्ने कर्म बताइ दिनु होस् । उहाँले भन्नुभयो : “तिमीले मसित एउटा गंभीर प्रश्न सोध्यौ र यो उसको लागि मात्र सहज हुन्छ, जसका लागि अल्लाह सजिलो बनाइ दिनु हुन्छ । अल्लाहको उपासना गर र उहाँका साथमा कसैलाई साझी न बनाऊ । नमाज़ कायम गर । जकात देऊ, रमजानको महिनाका रोजा ( ब्रत) बस र अल्लाहको घरको हज गर।" फेरि उहाँले भन्नुभयो : "के म तिमीलाई भलाई (कल्याण) का ढोकाहरूको बारेमा न बताऊँ ? रोज़ा ढाल हो र दानले पापहरू निभाइ दिन्छ, जसरी पानीले आगोलाई निभाउछ र मान्छेको रातिमा पढेको नमाज ।" तत्पश्चात् उहाँले यो आयत पढ्नु भयो :
"तिनीहरू आफ्नो ओछ्यानबाट अलग्गै रहन्छन्। तिनीहरू आफ्ना रबलाई भय एवं आशाका साथ पुकार्ने गर्छन् र हामीले प्रदान गरेका चिजहरूबाट खर्च गर्ने गर्छन् र, कसैलाई उनीहरूले गर्ने गरेको कर्मको प्रतिदानस्वरूप उनीहरूका लागि कस्तो नेत्र–शीतलता गोप्य राखिएको छ भन्ने कुरा थाहा छैन ।"
फिरि उहाँले भन्नुभयो : " के म तिमीलाई दीन (इस्लाम) को आधार र उसको स्तम्भ र उसको शिर न बताइ दिऊँ ? मैंले भनेँ : अवश्य, बताइ दिनु होस् हे अल्लाहका रसूल ! उहाँले भन्नुभयो : दीनको आधार इस्लाम हो, यसका स्तम्भ नमाज हो र यसको शिर जिहाद हो।" त्यसपछि उहाँले भन्नुभयो : "के म तिमीलाई यसको सार न बताऊँ ?" मैँले भनेँ : अवश्य, बताइ दिनु होस् हे अल्लाहका रसूल ! उहाँले आफ्नो जिब्रो समातेर भन्नुभयो: "यसलाई थामेर राख" मैले भनेँ : हे अल्लाहका नबी ! के हामीले जो बोलेका हुन्छौँ, त्यसमा पनि हाम्रो पकड़ होला ? उहाँले भन्नुभयो : "मुआज! तिम्रो आमाले तिमीलाई हराओस् ! (वा तिम्रो आमालाई तिमीमाथि रुन परोस्) मान्छेहरूलाई उनीहरूको मुख घोप्ट्याएर वा उनीहरूको नाक घोप्ट्यार आगोमा फाल्ने उनीहरूको जिब्रोका कारणले नै त हो ।
सम्पूर्ण तुरुक (सिलसिला) ले गर्दा सही हो तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्