Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

15 of 683 cards

Clear filters
"कयामतको दिन सूर्य सृष्टिहरूको यति नजिक ल्याइनेछ कि तिनीहरू र सूर्यको बीचमा मात्र एक 'मील' को दूरी रहनेछ।" (अर्को वर्णनकर्ता) सुलैम बिन आमिरले भन्नुहुन्छ: "अल्लाहको कसम, मलाई थाहा भएन कि 'मील' शब्दले उहाँको आशय के थियो? जमिन नाप्ने दूरी वा आँखामा सुर्मा लगाउने सलाई?" अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अगाडि भन्नुभयो: "त्यस दिन मानिसहरू आ-आफ्नो कर्म अनुसार पसिनामा डुब्नेछन्। कोही गोलीगाँठो सम्म, कोही घुँडासम्म, कोही कम्मरसम्म पसिनामा हुनेछन् भने कसैलाई पसिनाले लगाम लगाउनेछ (अर्थात् पसिना मुखसम्म आउनेछ)।" यो भन्दै अल्लाहका सन्देशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो हातले मुखतिर इसारा गर्नुभयो।"
सही मुस्लिमले वर्णन गरेका छन्
"निश्चय नै स्वर्गमा तिमीहरूमध्ये सबैभन्दा तल्लो स्थान पाउने व्यक्ति त्यो हुनेछ जसलाई अल्लाहले भन्नुहुनेछ: 'कामना गर।' अनि उसले कामना गर्नेछ र गर्दै जानेछ। त्यसपछि अल्लाहले उसलाई सोध्नुहुनेछ: 'के तिमीले कामना गरिसक्यौ?' उसले भन्नेछ: 'हो।' तब अल्लाहले भन्नुहुनेछ: 'तिमीले जेजतिको इच्छा गरेका छौ, ती सबै तिम्रा लागि हुन्, र त्यसका अतिरिक्त त्यति नै अरू पनि तिम्रा लागि हुन्।'"
सही मुस्लिमले वर्णन गरेका छन्
हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं । उहाँले एक रात पूर्णिमाको चन्द्रमातिर हेरेर भन्नुभयो: "निश्चय नै, तिमीहरूले यो चन्द्रमा देखे जस्तै आफ्नो रब (पालनकर्ता) लाई देख्नेछौ र उहाँलाई हेर्दा तिमीहरूलाई कुनै समस्या हुनेछैन । तसर्थ, यदि तिमीहरू सूर्योदय र सूर्यास्त हुनुअघिका नमाजहरू (फज्र र अस्र) पढ्न सक्षम छौं भने, ती नमाजहरूलाई कहिल्यै नछोड्नु।" त्यसपछि उहाँले यो आयत पढ्नुभयो: (सूर्योदय र सूर्यास्त हुनु अघि आफ्नो परमेश्वरको प्रशंसाको साथ महिमा गर) ।
सही मुत्तफकुन अलैहि
"जसको सुन वा चाँदी छ र त्यसको जकात तिर्दैन, कयामतको दिन उसको लागि आगोका थालहरू तयार पारिनेछन् र उसलाई नर्कको आगोमा तताइनेछ, त्यसपछि उसको छेउ, निधार र ढाड डामिनेछन्। जब पनि पाटीहरू चिसो हुन्छन्, तिनीहरूलाई फेरि तताइनेछ। यो दण्ड पचास हजर वर्ष लामो दिनमा हुनेछ। जबसम्म सेवकहरू बीच फैसला हुँदैन यो जारी रहनेछ। त्यसपछि ऊ आफ्नो बाटो लाग्छ; स्वर्ग वा नर्क ।"
सही मुत्तफकुन अलैहि
“कयामतको दिन कुनै पनि व्यक्तिले आफ्नो स्थानबाट एक पाइला पनि सार्न पाउनेछैन,(अथार्त् आफु उभिएको ठाउँ छोड्न सक्ने छैन) जबसम्म उससँग पाँच प्रश्नहरूको जवाफ सोधिँदैन: उसले आफ्नो जीवनकाल कहाँ र कसरी बितायो?, उसले प्राप्त गरेको ज्ञान अनुसार कतिको कर्म गर्‍यो?, उसले कमाएको धन कहाँबाट कमायो र कहाँ खर्च गर्‍यो?, र आफ्नो शरीर (र जवानी) लाई कसरी प्रयोग गर्‍यो?“
सही तिर्मीजीले वर्णन गरेका छन्
जसले अज़ान सुनेपछि भन्छ: اللَّهُمَّ رَبَّ هَذِهِ الدَّعْوَةِ التَّامَّةِ، وَالصَّلاَةِ القَائِمَةِ، آتِ مُحَمَّدًا الوَسِيلَةَ وَالفَضِيلَةَ، وَابْعَثْهُ مَقَامًا مَحْمُودًا الَّذِي وَعَدْتَهُ (हे अल्लाह! यस सम्पूर्ण आह्वान र स्थिर प्रार्थनाका मालिक, रसूल अलैहि व सल्लम) लाई वसीला (जन्नतमा सबै भन्दा ऊँच्च स्थान) र श्रेष्ठतम दर्जा प्रदान गर्नुहोस् र उहाँलाई त्यो प्रशंसनीय स्थान दिनुहोस् जुन तपाईंले उहाँलाई वाचा गर्नुभएको हो)। "कयामतको दिन उसको लागि मेरो सिफारिश अनिवार्य हुनेछ।"
सही बुखारीले वर्णन गरेका छन्
“के तिमीहरूलाई थाहा छ, (वास्तविक) ‘गरिब’ (मुफ्लिस) को हो?” सहाबाहरूले उत्तर दिए: “हाम्रो विचारमा गरिब त्यो व्यक्ति हो, जोसँग न रुपैयाँ-पैसा (दिर्हम) हुन्छ न त कुनै भौतिक सम्पत्ति।” यो सुनेर उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “मेरो समुदाय (उम्मत) को वास्तविक गरिब त्यो व्यक्ति हो, जो न्यायको दिन (कियामतका दिन) नमाज, रोजा र जकात जस्ता थुप्रै पुण्य कर्महरू लिएर उपस्थित हुनेछ। तर, उसले कसैलाई गाली गरेको हुनेछ, कसैमाथि व्यभिचारको झूटा आरोप लगाएको हुनेछ, कसैको सम्पत्ति (अवैध रूपमा) खाएको हुनेछ, कसैको हत्या गरेको हुनेछ र कसैलाई कुटेको हुनेछ। परिमाण स्वरूप, उसको पुण्यहरू बाट केही यस पीडितलाई दिइनेछ भने केही त्यस पीडितलाई बाँडिनेछ। यदि पीडितहरूको हक पूरा हुनुअघि नै उसका पुण्य कर्महरू सकिए भने, ती पीडितहरूका पापहरू उसमाथि थुपारिनेछ र अन्ततः उसलाई नर्कमा फालिनेछ।”
सही मुस्लिमले वर्णन गरेका छन्