Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

11 of 683 cards

Clear filters
हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं । उहाँले एक रात पूर्णिमाको चन्द्रमातिर हेरेर भन्नुभयो: "निश्चय नै, तिमीहरूले यो चन्द्रमा देखे जस्तै आफ्नो रब (पालनकर्ता) लाई देख्नेछौ र उहाँलाई हेर्दा तिमीहरूलाई कुनै समस्या हुनेछैन । तसर्थ, यदि तिमीहरू सूर्योदय र सूर्यास्त हुनुअघिका नमाजहरू (फज्र र अस्र) पढ्न सक्षम छौं भने, ती नमाजहरूलाई कहिल्यै नछोड्नु।" त्यसपछि उहाँले यो आयत पढ्नुभयो: (सूर्योदय र सूर्यास्त हुनु अघि आफ्नो परमेश्वरको प्रशंसाको साथ महिमा गर) ।
सही मुत्तफकुन अलैहि
"जसको सुन वा चाँदी छ र त्यसको जकात तिर्दैन, कयामतको दिन उसको लागि आगोका थालहरू तयार पारिनेछन् र उसलाई नर्कको आगोमा तताइनेछ, त्यसपछि उसको छेउ, निधार र ढाड डामिनेछन्। जब पनि पाटीहरू चिसो हुन्छन्, तिनीहरूलाई फेरि तताइनेछ। यो दण्ड पचास हजर वर्ष लामो दिनमा हुनेछ। जबसम्म सेवकहरू बीच फैसला हुँदैन यो जारी रहनेछ। त्यसपछि ऊ आफ्नो बाटो लाग्छ; स्वर्ग वा नर्क ।"
सही मुत्तफकुन अलैहि
“के तिमीहरूलाई थाहा छ, (वास्तविक) ‘गरिब’ (मुफ्लिस) को हो?” सहाबाहरूले उत्तर दिए: “हाम्रो विचारमा गरिब त्यो व्यक्ति हो, जोसँग न रुपैयाँ-पैसा (दिर्हम) हुन्छ न त कुनै भौतिक सम्पत्ति।” यो सुनेर उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “मेरो समुदाय (उम्मत) को वास्तविक गरिब त्यो व्यक्ति हो, जो न्यायको दिन (कियामतका दिन) नमाज, रोजा र जकात जस्ता थुप्रै पुण्य कर्महरू लिएर उपस्थित हुनेछ। तर, उसले कसैलाई गाली गरेको हुनेछ, कसैमाथि व्यभिचारको झूटा आरोप लगाएको हुनेछ, कसैको सम्पत्ति (अवैध रूपमा) खाएको हुनेछ, कसैको हत्या गरेको हुनेछ र कसैलाई कुटेको हुनेछ। परिमाण स्वरूप, उसको पुण्यहरू बाट केही यस पीडितलाई दिइनेछ भने केही त्यस पीडितलाई बाँडिनेछ। यदि पीडितहरूको हक पूरा हुनुअघि नै उसका पुण्य कर्महरू सकिए भने, ती पीडितहरूका पापहरू उसमाथि थुपारिनेछ र अन्ततः उसलाई नर्कमा फालिनेछ।”
सही मुस्लिमले वर्णन गरेका छन्