Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

14 of 683 cards

Clear filters
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट अनि उहाँ अल्लाहबाट कथन गर्दै भन्नुहुन्छ : " साँच्चै, अल्लाहले पुण्य कर्महरू र पापहरू लेखिदिनुभएको छ र यसलाई स्पष्ट रूपमा प्रष्ट पार्नु भएको छ: जसले कुनै पुण्य कर्म गर्ने संकल्प राख्दछ र त्यो गर्न असमर्थ हुन्छ, अल्लाहले उसको खातामा एक नेकी [पुण्य] लेखिदिनुहुन्छ । यदि कसैले असल मनसाय अनुसार सत्कर्म गर्यो भने उसको लागि दशदेखि सात सय गुणासम्म वा अझ बढी पुण्य लेखिदिनुहुन्छ । अर्कोतर्फ, जसले कुनै नराम्रो काम गर्न चाहन्छ, तर उसले गरेन भने अल्लाहले त्यसको स्थानमा एक पुण्य लेखिदिनुहुन्छ र यदि गलत मनसाय अनुसार नै गलत कार्य गर्यो भने, अल्लाहले त्यसको सट्टामा एउटा मात्र पाप लेख्नुहुन्छ ।"
सही मुत्तफकुन अलैहि
"अल्लाहले पृथ्वीलाई आफ्नो मुट्ठीमा समात्नु हुनेछ र आकाशहरूलाई आफ्नो दाहिने हातमा बेर्नु हुनेछ। त्यसपछि उहाँले भन्नुहुनेछ: "म अल-मलिक (सर्वोच्च राजा) हुँ, पृथ्वीका राजाहरू कहाँ छन् ?"
सही मुत्तफकुन अलैहि
"निस्सन्देह अल्लाहले अत्याचारीलाई मौका दिनुहुन्छ, तर जब पकड गर्नुहुन्छ तब छोड्नु हुन्न । त्यसपछि उहाँले यो आयत पढ्नुभयो : {"तिम्रा पालनकर्ताको पकड यस्तै हुनेछ जब उनी अवज्ञामा लिप्त नगरहरूलाई समात्नेछन् वास्तवमा - उनको पकड कष्टकर र शसक्त हुने गर्छ।} [सूरह हूद: 102]
सही मुत्तफकुन अलैहि
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुहुन्छ कि अल्लाहले भन्नुभयो: "आदमका सन्तानले मलाई झुटो ठहर्याउँछन्, जबकि उसलाई त्यसो गर्ने अधिकार छैन। उसले मेरो अपमान गर्छ, जबकि उसलाई त्यसो गर्ने अधिकार छैन। उसले मलाई झुठो यसरी ठहर्याउँछ कि मैले उसलाई पहिलो पटक सृष्टि गरे जस्तै पुनः सृष्टि गर्न सक्दिनँ भन्छ, जबकि दोस्रो पटक सिर्जना गर्नु पहिलो पटक सिर्जना गर्नुभन्दा सजिलो छ। उसले मेरो (अल्लाहको) छोरा छ भनेर मेरो अपमान गर्छ, जबकि म एक हुँ र मलाई कसैको आवश्यकता छैन, जबकि सारा संसार र सृष्टिलाई मेरो आवश्यकता छ, न मैले कसैबाट जन्म लिएको छु, न कोही मबाट जन्मेको छ र मेरो बराबर कोही पनि छैन ।”
सही बुखारीले वर्णन गरेका छन्
अल्लाहको सन्देष्टा रसूल अलैहि व सल्लम) ले भन्नुभयो: अल्लाह तआलाले भन्नुहुन्छ: "मेरो दासले मेरो बारेमा जस्तो सोच राख्छ, म त्यही अनुसार उसको लागि हुन्छु। म उसको साथमा हुन्छु जब ऊ मलाई सम्झिन्छ। यदि उसले मलाई आफ्नो मनमा सम्झिन्छ भने, म पनि उसलाई आफ्नो मनमा सम्झिन्छु। यदि उसले मलाई कुनै समूहमा सम्झिन्छ भने, म उसलाई त्यो समूहभन्दा राम्रो समूहमा सम्झिन्छु। यदि ऊ मेरो नजिक एक शिब्र (एक बित्ता) आउँछ भने, म उसको नजिक एक जिराअ (एक हात) जान्छु। यदि ऊ मेरो नजिक एक हात आउँछ भने, म उसको नजिक एक बाअ (दुई हात) जान्छु। ऊ मतिर हिंड्दै आउँछ, म उसकोतिर दौडँदै आउँछु।"
सही मुत्तफकुन अलैहि
"हाम्रो प्रभु, पवित्र र महिमावान, हरेक रात जब रातको अन्तिम तिहाइ बाँकी हुन्छ, आकाशको सबैभन्दा तल्लो भागमा उत्रनु हुन्छ , र भन्नुहुन्छ: 'कसले मलाई पुकार्छ ताकि म उसको पुकार सुनेर जवाफ दिउँ? कसले मसँग माग्छ ताकि म उसलाई दिन सकूँ? कसले म सँग माफी माग्छ ताकि म उसलाई माफ गरूँ?'"
सही मुत्तफकुन अलैहि