Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

3 of 683 cards

Clear filters
"होसियार! सम्भव छ कि एक व्यक्ति आफ्नो अडेसदार आसनमा अडेस लगाएर विराजमान हुनेछ,र मेरो हदीस ऊ समक्ष पुग्नेछ र उसले भन्नेछ: हामी र तपाईं बीच (निर्णयको मामिलामा) केवल अल्लाहको किताब छ । हामीले यसमा जे कुरा वैध पाउनेछौं, त्यसलाई हामी वैध मान्नेछौं र जे निषेधित पाउँनेछौं, त्यसलाई निषेध मान्नेछौं । यद्यपि, निस्सन्देह, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले निषेध गर्नुभएको कुरा पनि त्यसरी नै हराम (वर्जित) छ जसरी अल्लाहले हराम गर्नुभएको छ ।
सही अबू दाउद, तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्
"अल्लाहले प्रलयको दिन मेरो उम्मत (समुदाय) बाट एक जनालाई सबै मानिसहरूको अगाडि ल्याउनुहुनेछ र उसको अगाडि उसैको उनान्सय वटा कर्मपत्रहरू फैलाइनेछन् । प्रत्येक कर्मपत्र आँखाले हेर्न भ्याएसम्म लामो हुनेछ । तब अल्लाहले सोध्नुहुनेछ: के तिमी यी मध्ये कुनै कर्मपत्रलाई अस्वीकार गर्छौ? के कर्म लेख्न तैनाथ गरिएका फरिशताहरूले तिमीमाथि अन्याय गरेका छन्? उसले भन्नेछ: होइन, मेरो प्रभु! तब अल्लाहले भन्नुहुनेछ: के तिमीसँग कुनै बहाना छ? उसले भन्नेछ: छैन, मेरो प्रभु! तब अल्लाहले भन्नुहुनेछ: तर हामीसँग तिम्रो एउटा सत्कर्म छ, आज तिमीमाथि अन्याय हुनेछैन । त्यसपछि एउटा कार्ड निकालिनेछ जसमा "अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह्" लेखिएको हुनेछ। अल्लाहले भन्नुहुन्छ : जाऊ, आफ्नो कर्म तौलिने ठाउँमा उपस्थित होउ । उसले भन्नेछ: हे मेराे प्रभु! यी अभिलेखहरूको अगाडि यो कार्डको के महत्व ? अल्लाह भन्नुहुनेछ: तिमीमाथि अन्याय गरिने छैन । त्यसपछि ती सबै अभिलेखहरू तराजुको एक पात्रमा र त्यो कार्ड अर्को पात्रमा राखिनेछ ।र ती सबै अभिलेखहरूको पात्र हल्का हुनेछन् र त्यो कार्डको पात्र गह्रुङ्गो हुनेछ । हो, अल्लाहको नाम भन्दा धेरै वजनदार अरु केही हुनै सक्दैन ।"
सही तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा घटना उल्लेख गर्नुभयो र भन्नुभयो: "यो त्यस समय हुनेछ जब ज्ञान हराउनेछ ।" मैले भने: हे अल्लाहको रसूल! ज्ञान कसरी हराउनेछ, जब हामी कुर्आन पढ्दैछौं, आफ्ना सन्तानलाई पढाउँदैछौं र हाम्रा सन्तानले यसरी प्रलयको दिनसम्म आफ्ना सन्तानलाई पढाइरहनेछन्? उहाँले भन्यो: "हे जियाद! तिम्री आमा तिम्रो लागि रोऊन् ! तिमी मलाई मदिनाको बुद्धिमान व्यक्तिहरु मध्ये लाग्थ्यो। के यी यहूदी र ईसाईहरूले तौरात र इन्जील पढ्दैनन्? तर तिनीहरूले त्यसको पालना गर्दैनन्!"।
सही लेगैरेही इब्ने माजहले वर्णन गरेका छन्