Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

1 of 683 cards

Clear filters
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीस कुद्सीमा भन्नुभएको छ : अल्लाह भन्नुहुन्छ : "हे मेरा सेवकहरू! मैले आफूमाथि अन्याय र अत्याचार हराम (निषेध) गरेको छु र यसलाई तिमीहरूका लागि पनि हराम गरेको छु, त्यसैले तिमीहरू एकार्कामाथि अन्याय नगर । हे मेरा सेवकहरू! मैले मार्गनिर्देशन गरेका बाहेक तिमीहरू सबैजना पथभ्रष्ट छौ, त्यसैले मसँग मार्गदर्शन माग, म तिमीहरूलाई सीधा बाटो देखाउनेछु । हे मेरा सेवकहरू! मैले खुवाउनेहरू बाहेक तिमीहरू सबैजना भोका छौ, त्यसैले मसँग जीविका माग, म तिमीहरूलाई जीविका दिनेछु । हे मेरा सेवकहरू! जसलाई मैले लुगा प्रदान गरेको छु त्यो बाहेक तिमीहरू सबैजना नाङ्गै छौ, त्यसैले मसँग लुगा माग, म तिमीहरूलाई लुगा दिनेछु । हे मेरा सेवकहरू! तिमी दिनरात गल्ती गर्छौ र म तिमीहरूका सबै पापहरू माफ गर्छु, त्यसैले मसँग माफी माग, म तिमीहरूलाई क्षमा गर्नेछु । हे मेरा सेवकहरू! तिमीहरू सबैजना नत मलाई हानि पुर्याउन सक्छौ नत कुनै फाइदा नै । यदि तिमीहरू मध्येको पहिलो र अन्तिम व्यक्ति, सम्पूर्ण मानव र जिन्नहरू, सबै भन्दा आज्ञाकारी व्यक्ति झैं भए पनि तिनीहरूको धार्मिकताले मेरो राज्यमा अलिकति पनि वृद्धि गर्ने छैन । हे मेरा सेवकहरू! यदि तिमीहरू मध्ये पहिलो र अन्तिम व्यक्ति, सम्पूर्ण मानव र जिन्नहरू सबै भन्दा पापी व्यक्तिको झैं भए पनि यसले मेरो राज्यमाथी कुनै कमी हुने छैन । हे मेरा सेवकहरू, यदि तिमीहरूमध्ये पहिलो र अन्तिम व्यक्ति, तिमीहरूमध्येका मानव र जिन्न एकै ठाउँमा उभिएर मसँग माग्ने हो र मैले हरेक मानिसलाई उसले मागेको कुरा दिएँ भने त्यसो गर्दा मेरो सम्पत्तिबाट केही घट्ने छैन, जस्तै समुद्रमा सियो हालेर [निकाले पछी सियोमा टाँसीएको पानी ] ले समुन्द्रको पानीमा केही कमी हुँदैन । हे मेरा सेवकहरू! यो तिम्रा कर्महरू हुन् जसलाई म गणना गर्छु र त्यसको प्रतिफल दिन्छु । तसर्थ, जसले राम्रो पाउँछ, उसले अल्लाहको प्रशंसा गरोस् र जसले अरू केही पायो, उसले आफूलाई मात्र दोष दिओस् ।"
सही मुस्लिमले वर्णन गरेका छन्