Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

60 of 683 cards

Clear filters
मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई आफ्नो मृत्यु भन्दा पाँच दिन अघि यसो भन्दै गरेको सुने: "म अल्लाह सामु यस कुरा प्रति असहमति जनाउन्छु , कि तिमीहरूमध्ये कोही मेरो 'खलील' (विशेष साथी) होस्। किनकि अल्लाहले मलाई आफ्नो ‘खलील’ (विशेष मित्र) बनाउनुभएको छ, जसरी उहाँले इब्राहीम (अलैहिस्सलाम) लाई आफ्नो खलील बनाउनुभएको थियो । यदि मैले मेरो उम्मतबाट कसैलाई ‘खलील’ बनाएको भए अबु बकरलाई बनाउने थिएँ । सुन, तिमीहरूभन्दा अघिका मानिसहरू आफ्ना धर्मी र नबीहरूका चिहानहरूलाई मस्जिदमा परिणत गर्थे । खबरदार! चिहानलाई पूज्यस्थल नबनाउनु, म तिमीहरूलाई त्यसो गर्नबाट रोक्दछु ।"
सही मुस्लिमले वर्णन गरेका छन्
हे मानिसहरू! अल्लाह पवित्र हुनुहुन्छ र केवल पवित्र कुरा स्वीकार गर्नुहुन्छ। अल्लाहले विश्वासीहरूलाई त्यही आदेश दिनुभएको छ जुन उहाँले दूतहरूलाई दिनुभएको थियो। उहाँले भन्नुभयो: {हे रसूल (सन्देष्टाहरू) हो, पवित्र चिजहरू खाऊ र सत्कर्म गर, निस्सन्देह, तपाईँहरू जे गर्नु हुन्छ म सबै जान्दछु।} (अल-मुमिनुन: ५१) उहाँले भन्नुभयो: {हे इमान वालाहरू हो, हामीले तिमीहरूलाई प्रदान गरेका पवित्र कुराहरू मध्ये खाऊ। [अल-बकारा: 172] त्यसपछि उहाँले एक व्यक्तिको बारेमा उल्लेख गर्नुभयो, जो लामो यात्रामा हुन्छ, उसका कपाल अस्तव्यस्त र शरीर धूलोले भरिएको हुन्छ। ऊ आकाशतर्फ हात उठाएर भन्छ: "हे मेरो प्रभु, हे मेरो प्रभु!" तर उसको खानपान हराम छ, उसको पिउने चीज हराम छ, उसको लुगा हराम छ र उसको शरीर हरामबाट पोषित छ। यस्तो अवस्थामा, उसको दुआ कसरी स्वीकार गरिन्छ ?
सही मुस्लिमले वर्णन गरेका छन्
"निस्सन्देह अल्लाहले अत्याचारीलाई मौका दिनुहुन्छ, तर जब पकड गर्नुहुन्छ तब छोड्नु हुन्न । त्यसपछि उहाँले यो आयत पढ्नुभयो : {"तिम्रा पालनकर्ताको पकड यस्तै हुनेछ जब उनी अवज्ञामा लिप्त नगरहरूलाई समात्नेछन् वास्तवमा - उनको पकड कष्टकर र शसक्त हुने गर्छ।} [सूरह हूद: 102]
सही मुत्तफकुन अलैहि
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुहुन्छ कि अल्लाहले भन्नुभयो: "आदमका सन्तानले मलाई झुटो ठहर्याउँछन्, जबकि उसलाई त्यसो गर्ने अधिकार छैन। उसले मेरो अपमान गर्छ, जबकि उसलाई त्यसो गर्ने अधिकार छैन। उसले मलाई झुठो यसरी ठहर्याउँछ कि मैले उसलाई पहिलो पटक सृष्टि गरे जस्तै पुनः सृष्टि गर्न सक्दिनँ भन्छ, जबकि दोस्रो पटक सिर्जना गर्नु पहिलो पटक सिर्जना गर्नुभन्दा सजिलो छ। उसले मेरो (अल्लाहको) छोरा छ भनेर मेरो अपमान गर्छ, जबकि म एक हुँ र मलाई कसैको आवश्यकता छैन, जबकि सारा संसार र सृष्टिलाई मेरो आवश्यकता छ, न मैले कसैबाट जन्म लिएको छु, न कोही मबाट जन्मेको छ र मेरो बराबर कोही पनि छैन ।”
सही बुखारीले वर्णन गरेका छन्
"जसले यस संसारमा अरु कसैको रहस्य लुकाउँछ, अल्लाहले पुनरुत्थानको दिन उसको रहस्य लुकाउनुहुनेछ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"कुनै पनि रोग (आफैँ) संक्रामक हुँदैन, न त अपशकुन भन्ने कुनै कुरा हुन्छ, तर मलाई शुभसंकेत मन पर्छ।" साहबाहरूले सोध्नुभयो, "शुभसंकेत भनेको के हो?" उहाँले भन्नुभयो, "मिठो राम्रो बोली।"
सही मुत्तफकुन अलैहि
अल्लाहको सन्देष्टा रसूल अलैहि व सल्लम) ले भन्नुभयो: अल्लाह तआलाले भन्नुहुन्छ: "मेरो दासले मेरो बारेमा जस्तो सोच राख्छ, म त्यही अनुसार उसको लागि हुन्छु। म उसको साथमा हुन्छु जब ऊ मलाई सम्झिन्छ। यदि उसले मलाई आफ्नो मनमा सम्झिन्छ भने, म पनि उसलाई आफ्नो मनमा सम्झिन्छु। यदि उसले मलाई कुनै समूहमा सम्झिन्छ भने, म उसलाई त्यो समूहभन्दा राम्रो समूहमा सम्झिन्छु। यदि ऊ मेरो नजिक एक शिब्र (एक बित्ता) आउँछ भने, म उसको नजिक एक जिराअ (एक हात) जान्छु। यदि ऊ मेरो नजिक एक हात आउँछ भने, म उसको नजिक एक बाअ (दुई हात) जान्छु। ऊ मतिर हिंड्दै आउँछ, म उसकोतिर दौडँदै आउँछु।"
सही मुत्तफकुन अलैहि
"हे बालक! म तिमीलाई केही महत्त्वपूर्ण कुराहरू सिकाउँदैछु: अल्लाहको (आदेशहरूको) रक्षा गर, उहाँले तिम्रो रक्षा गर्नुहुनेछ। तिमी उहाँ (का आदेशहरू) लाई मान, तिमीले उहाँलाई आफ्नो सामुन्ने पाउनेछौ। जब तिमीलाई केही माग्नुपर्ने हुन्छ तब अल्लाहसँग मात्र माग। जब तिमीलाई सहायता चाहिन्छ तब अल्लाहसँगै मात्र सहायता माग। यो कुरा पनि जानी राख कि यदि समस्त मानवजाति तिमीलाई कुनै लाभ पुर्‍याउन एकजुट भए पनि, उनीहरूले तिमीलाई त्यति मात्र लाभ पुर्‍याउन सक्छन्, जति अल्लाहले तिम्रो लागि लेखिदिनुभएको छ र यदि उनीहरू सबै तिमीलाई हानि पुर्‍याउन एकत्रित भए पनि, उनीहरूले तिमीलाई त्यति मात्र हानि पुर्‍याउन सक्छन्, जति अल्लाहले तिम्रो भाग्यमा लेखिदिनुभएको छ। भाग्य लेख्ने कलमहरू रोकिसकेका छन् र (भाग्यका) पानाहरू सुकिसकेका छन्।"
सही तिर्मिजी र अरूले पनि वर्णन गरेका छन्