Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

50 of 683 cards

Clear filters
"इस्लाम पाँच कुराहरूमा आधारित छ: अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद अल्लाहका दास र रसूल हुनुहुन्छ भन्ने गवाही दिनु, नमाज स्थापना गर्नु, जकात दिनु, हज गर्नु र रमजान महिनामा उपवास बस्नु ।"
सही मुत्तफकुन अलैहि
मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें, अल्लाहको नजरमा सबैभन्दा ठूलो पाप कुन हो? उहाँले भन्नुभयो: "अल्लाहको सहभागी ठहर गर्नु जबकि उहाँले नै तिम्रो सृष्टि गर्नुभएको हो ।" मैले सोधेँ, त्यस पछि कुन हो ? उहाँले भन्नुभयो: "तिर्मो सन्तानले तिमीसँगै खाने डरले उसको हत्या गर्नु ।" मैले सोधेँ, त्यस पछि कुन हो ? उहाँले भन्नुभयो: "आफ्नो छिमेकीकी पत्नीसँग जि़ना (व्यभिचार) गर्नु ।"
सही मुत्तफकुन अलैहि
"फरिश्ताहरू त्यस घरमा प्रवेश गर्दैनन्, जहाँ कुकुर वा तस्बिर ( जीवन्त कुराको चित्र वा मूर्ति) हुन्छ।"
सही मुत्तफकुन अलैहि
अल्लाहले स्वर्गवासीहरूलाई सम्बोधन गर्दै भन्नुहुनेछ: “हे स्वर्गवासीहरू!” तिनीहरूले उत्तर दिनेछन्: “हे हाम्रा पालनकर्ता! हामी उपस्थित छौं र सम्पूर्ण भलाइ हजुरकै हातमा छ।” अल्लाहले सोध्नुहुनेछ: “के तिमीहरू सन्तुष्ट छौ?” तिनीहरूले भन्नेछन्: “हामी किन सन्तुष्ट नहुने? जब कि हजुरले हामीलाई यस्ता वरदानहरू प्रदान गर्नुभएको छ, जुन हजुरले आफ्ना सृष्टिहरूमध्ये अरू कसैलाई दिनुभएको छैन। ” तब अल्लाहले भन्नुहुनेछ: “म तिमीहरूलाई योभन्दा पनि उत्तम उपहार दिनेछु।” तिनीहरूले सोध्नेछन्: “हे हाम्रा पालनकर्ता! योभन्दा उत्तम कुरा अरू के हुन सक्छ र?” तब अल्लाहले घोषणा गर्नुहुनेछ: “म तिमीहरूलाई मेरो ‘महा-प्रसन्नता’ (रजामन्दी) प्रदान गर्दछु, र अब उप्रान्त म तिमीहरूसँग कहिल्यै अप्रसन्न हुनेछैन।”
सही मुत्तफकुन अलैहि
"अल्लाहले यहूदी र इसाईहरूलाई अभिशाप दिनुभएको छ, किनभने उनीहरूले आफ्ना नबीहरूका चिहानहरूलाई मस्जिद (पूजास्थल) बनाएका थिए।" त्यसपछि आयशा (रज़ियल्लाहु अन्हा) ले भन्नुभयो: "यदि यो आशङ्का नभएको भए उहाँ (नबी (सल्लल्लाहु अलैहि वसल्लम) ) को चिहान खुला स्थानमा बनाइने थियो, तर यस भयले गर्दा त्यसो गरिएन कि कतै त्यसलाई पनि मस्जिद (पूजास्थल) नबनाइयोस्।"
सही मुत्तफकुन अलैहि
"तिमीहरू मध्यमार्ग र सही बाटो अपनाऊ । जानि राख, तिमीहरूमध्ये कोही पनि आफ्नो कर्मले मुक्ति पाउन सक्दैनौ।" सहाबाहरूले सोधे: "हे रसूल! तपाईँ पनि होइन?" उहाँले भन्नुभयो: "म पनि होइन, तर अल्लाहले मलाई आफ्नो रहमत र कृपाले ढाक्नुभएको छ।"
सही मुत्तफकुन अलैहि
मैले भने: हे अल्लाहको रसूल! मलाई इस्लामको बारेमा एउटा यस्तो कुरा बताउनुहोस् जुन मैले अरू कसैलाई सोध्न नपरोस् । उहाँले भन्नुभयो: "भन, म अल्लाहमा विश्वास गर्छु र त्यसपछि त्यसमा अडिग रहनु।"
सही मुस्लिमले वर्णन गरेका छन्
"सर्वशक्तिमान् अल्लाह भन्नुहुन्छ: म सबै साझेदारहरूको शिर्क (साझेदारी) बाट निस्पृह छु । जसले कुनै धर्मक्रिया गर्छ र त्यसलाई म बाहेक अरू कसैको निमित्त गरि शिर्क गर्दछ, म उसलाई र उसको शिर्कलाई अस्वीकार गर्दछु ।"
सही मुस्लिमले वर्णन गरेका छन्