Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

4 of 683 cards

Clear filters
मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "अल्लाहले भन्नुभयो: हे आदमको सन्तान! जबसम्म तिमी मलाई पुकारिरहन्छौ र आशा राख्छौ, तिम्रा पापहरू जतिसुकै भए पनि म क्षमा गरिरहनेछु र मलाई त्यसको परवाह छैन । हे आदमको सन्तान! यदि तिम्रो पाप आकाश जत्तिकै अग्लो भए पनि र तिमीले मसँग माफी माग्यौ भने म तिमीलाई माफी दिनेछु र मलाई त्यसको परवाह छैन । हे आदमको सन्तान! यदि तिमी मकहाँ पृथ्वी बराबर पाप लिएर आयौ र तिमीले मसँग कसैलाई शिर्क (बहुईश्वरवाद) गरेका छैनौ भने म तिमीकहाँ पृथ्वी बराबरको क्षमा लिएर आउनेछु ।"
हसन तिर्मीजीले वर्णन गरेका छन्
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब हुनैनको युद्धमा निस्कनुभयो, उहाँ एक रूखको नजिकबाट गुज्रनुभयो, जुन मूर्तिपूजकहरू लागि (श्रद्धा स्थल) थियो र जसलाई 'धात अनवात' भनिन्थ्यो।, जसमा तिनीहरूले आफ्ना हतियारहरू झुण्ड्याउने गर्थे । तब केही मानिसहरूले भने: हे अल्लाहको रसूल! तिनीहरूको ‘जात अन्वात’ जस्तै हाम्रो लागि पनि एउटा ‘जातु ल्अन्वात’ बनाइदिनु होस्। यो सुनेर उहाँले भन्नुभयो: "सुब्हानल्लाह (अल्लाह पवित्र हुनुहुन्छ)! यो त ठीक त्यही कुरा हो जुन मोसेस (अलैहिस्सलाम) को समुदायले भनेका थिए: {हाम्रो लागि पनि एउटा पुज्य बनाइदिनु होस् जसरी तिनीहरूका पुज्यहरू छन्} [सूरह अल-अराफ: १३८]। अल्लाहको कसम, जसको हातमा मेरो ज्यान छ, तिमीहरू निश्चित रूपमा आफूभन्दा अगाडिका मानिसहरूको बाटो र तरिका पछ्याउनेछौ।"
सही तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"दया देखाउनेहरूमाथि रहमान (अल्लाह) ले दया गर्नुहुन्छ । पृथ्वीका जीवहरूमाथि दया गर, आकाशमा हुनेले तिमीहरूमाथि दया गर्नुहुनेछ ।"
सही अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"हे बालक! म तिमीलाई केही महत्त्वपूर्ण कुराहरू सिकाउँदैछु: अल्लाहको (आदेशहरूको) रक्षा गर, उहाँले तिम्रो रक्षा गर्नुहुनेछ। तिमी उहाँ (का आदेशहरू) लाई मान, तिमीले उहाँलाई आफ्नो सामुन्ने पाउनेछौ। जब तिमीलाई केही माग्नुपर्ने हुन्छ तब अल्लाहसँग मात्र माग। जब तिमीलाई सहायता चाहिन्छ तब अल्लाहसँगै मात्र सहायता माग। यो कुरा पनि जानी राख कि यदि समस्त मानवजाति तिमीलाई कुनै लाभ पुर्‍याउन एकजुट भए पनि, उनीहरूले तिमीलाई त्यति मात्र लाभ पुर्‍याउन सक्छन्, जति अल्लाहले तिम्रो लागि लेखिदिनुभएको छ र यदि उनीहरू सबै तिमीलाई हानि पुर्‍याउन एकत्रित भए पनि, उनीहरूले तिमीलाई त्यति मात्र हानि पुर्‍याउन सक्छन्, जति अल्लाहले तिम्रो भाग्यमा लेखिदिनुभएको छ। भाग्य लेख्ने कलमहरू रोकिसकेका छन् र (भाग्यका) पानाहरू सुकिसकेका छन्।"
सही तिर्मिजी र अरूले पनि वर्णन गरेका छन्