Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

3 of 683 cards

Clear filters
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक अन्सारी महिला (हदीस वर्णनकर्ता अनुसार अब्दुल्लाह बिन अब्बासले उनको नाम भनेका थिए, तर वर्णन गर्नेले नै बिर्से) लाई सोध्नुभयो, : "तिमीलाई हामीसँग हज गर्नबाट के कुराले रोकेको छ?" उनले जवाफ दिइन्: “हामीसँग दुईवटा ऊँट मात्र थिए। तीमध्ये एउटामा मेरो श्रीमान् र छोरा सवार भएर हज गर्न गएका थिए, र अर्को ऊँटलाई सिँचाइका कामका निम्ति हाम्रो लागि छोडेर गएका थिए।” यो सुनेर रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “जब रमजान आउँछ, तिमीले उम्राह गर। किनभने रमजानमा गरिएको उम्राह हजको बराबर हुन्छ।”
सही मुत्तफकुन अलैहि
"हे अल्लाहका रसूल ! हामी जिहादलाई सर्वश्रेष्ठ कार्य मान्दछौँ, के हामीले जिहाद गरौँ त ?" उहाँले उत्तर दिनुभयो, "होइन, बरु (तिमीहरूका लागि) सर्वश्रेष्ठ जिहाद ‘हज मबरुर’ (स्वीकृत हज) हो।"
सही बुखारीले वर्णन गरेका छन्
"जसले अल्लाहको लागि हज गर्यो, र (स्वास्नी सँग) सम्भोग गर्नु बाट र अनैतिक कार्यहरूबाट टाढा रह्यो भने ऊ आमाको कोखबाट जन्मेको दिन झैं पवित्र हुन्छ" ।
सही मुत्तफकुन अलैहि