Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

104 of 683 cards

Clear filters
"कसम खाँदा सामान त बेचिन्छ, तर नाफा र बर्कत नष्ट हुन्छ।"
सही मुत्तफकुन अलैहि
"निस्सन्देह शैतान यस कुराबाट निराश भइसकेको छ, मुस्लिमहरूले अरब प्रायद्वीपमा उसको उपासना गर्नेछन्। तर ऊ तिनीहरू बीच शत्रुता, कलह र मतभेद भड्काउने आशावादी छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले यस संसारमा रेशमको लुगा लगायो, उसले परलोकमा रेशम लगाउन पाउने छैन।"
सही मुत्तफकुन अलैहि
"मुस्लिमलाई जस्तोसुकै पीडा, रोग, चिन्ता, आघात, थकान वा दु:ख आइपरे पनि, यहाँसम्म काँडा बिज्दा पनि अल्लाहले त्यसको बदलामा उसका केही पापहरू क्षमा गरिदिनुहुन्छ।"
सही मुत्तफकुन अलैहि
एउटा गाउँले व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आएर भन्यो: "मलाई स्वर्गमा प्रवेश गर्ने केही कर्महरू बताउनुहोस्।" उहाँले भन्नुभयो: "अल्लाहको उपासना गर्नु र उहाँसँग कसैलाई साझेदार नमान्नु, फर्ज (अनिवार्य) नमाजहरू पढ्नु, जकात दिनु र रमजानको रोजा राख्नु।" उनले भने: "अल्लाहको कसम, जसको हातमा मेरो ज्यान छ, मैले यसमा केही कुरा थप्ने छैन।" जब ऊ फर्कन थाल्यो, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जसले कुनै जन्नती (स्वर्गवासी) लाई हेर्न चाहन्छ, उसले यो व्यक्तिलाई देखोस्।"
सही मुत्तफकुन अलैहि
"जसले दुई छोरीहरूलाई यौवनावस्थामा नपुगुन्जेलसम्म पालनपोषण गर्छ, ऊ र म प्रलयको दिन यसरी नै आउनेछन्।" यसो भन्दै गर्दा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना औंलाहरू जोडेर एकसाथ देखाउनुभयो।
सही मुस्लिमले वर्णन गरेका छन्
"अल्लाहले जसको लागि भलाइ चाहनुहुन्छ, उसलाई इस्लाम धर्मको गहिराइका साथ समझ दिनुहुन्छ। म त केवल (ज्ञान)बाँड्नेवाला हुँ, दाता त अल्लाह हुन् । यो उम्मत सधैं अल्लाहको आदेशमा अडिग रहिरहनेछ, अल्लाहको आदेश नआएसम्म यसको विरोध गर्नेहरूले तिनीहरूलाई (अर्थात अल्लाहको आदेशमा अडिग रहनेवाला हरुलाई) हानि गर्न सक्नेछैनन् ।"
सही मुत्तफकुन अलैहि
"यहूदी र ईसाईहरूलाई पहिले सलाम नगर र जब तपाईं नीहरूमध्ये कसैलाई बाटोमा भेट्नुहुन्छ, तिनीहरूलाई साँघुरो बाटो लिन बाध्य पार्नुहोस्।"
सही मुस्लिमले वर्णन गरेका छन्