Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

104 of 683 cards

Clear filters
"सद्गुण र पुण्य भनेको राम्रो आचरण हो र पाप त्यो हो जसले तिम्रो हृदयलाई असजिलो बनाउँछ वा मनमा खट्कन्छ र जसलाई अरूले थाहा पाऊन् भन्ने तिमीलाई मन पर्दैन।"
सही पहिलो हदीसलाई इमाम मुस्लिमले वर्णन गरेका छन् र दोस्रो हदीसलाई इमाम अहमद र दारमीले वर्णन गरेका छन्
"जसले कुनै मोमिनको संसारिक समस्याबाट कुनै समस्या हटाउँछ, अल्लाहले कायमतको दिन उसको एक समस्या हटाउनु हुनेछ । जसले कुनै गरिबको दुःखमा सहजता ल्याउँछ, अल्लाहले उसलाई संसार र परलोकमा सहजता दिनेछन् । जसले कुनै मुस्लिमको गल्तीलाई ढाकछोप गर्दछ, अल्लाहले संसार र परलोकमा उसको गल्तीलाई ढाकछोप गर्नुहुन्छ। अल्लाह मानिसको सहायता गरिरहनुहुन्छ जबसम्म त्यो मानिस आफ्ना भाइहरूको सहायता गर्दै जान्छ। जो व्यक्ति ज्ञानको खोजीमा कुनै मार्गमा लाग्छ, अल्लाहले त्यसको निम्ती उसका लागि स्वर्गको बाटो सजिलो बनाउनेछन्। जब केही मानिसहरू अल्लाहको कुनै घरमा भेला भएर अल्लाहको किताब (कुरआन) को पाठ गर्छन् र एकअर्कालाई सिकाई रहन्छन्, तब उनीहरूमा शान्ति अवतरण हुन्छ, अल्लाहको कृपा उनीहरूलाई ढाक्छ र अल्लाहले आफ्ना फरिश्ताहरू माँझ उसको चर्चा गर्नुहुन्छ। जसको कर्मले उसलाई पछाडि पार्छ भने उसको वंशले उसलाई अघि बढाउन सक्दैन।"
सही मुस्लिमले वर्णन गरेका छन्
"तिमीहरू सत्य बोल्ने गर, किनकि सत्यले धर्मको बाटो तर्फ डोर्‍याउँछ र धार्मिकताले स्वर्गमा पुर्‍याउँछ। मानिस निरन्तर सत्य बोल्छ र सत्यको खोजीमा रहन्छ, यहाँसम्म कि ऊ अल्लाहकहाँ ‘सिद्दीक’ (सत्यवादी) लेखिन्छ। तिमीहरू झूटबाट बच, किनकि झूटले पापको बाटो देखाउँछ र पापले नरकमा लैजान्छ। मानिस निरन्तर झूट बोल्छ र झूटमै लागिरहन्छ, यहाँसम्म कि ऊ अल्लाहकहाँ ‘झूटा’ लेखिन्छ।"
सही मुत्तफकुन अलैहि
"राम्रो सपना अल्लाहको तर्फबाट हो र नराम्रो सपना शैतानको तर्फबाट हो। त्यसैले जब तिमीहरूमध्ये कसैले नराम्रो सपना देख्छ, उसले आफ्नो बायाँ तर्फ तीन पटक थुक्नु पर्छ र शैतानको दुष्टताबाट अल्लाहको शरण लिनु पर्छ। यदि उसले त्यसो गर्छ भने, सपनाले उसलाई कुनै पनि हानि गर्दैन।"
सही मुत्तफकुन अलैहि
"बलियो त्यो होइन, जसले कसैलाई पराजित गर्छ, बलियो त्यो हो जसले रिस आवेगको बेला आफूमाथि नियन्त्रण राख्छ ।"
सही मुत्तफकुन अलैहि
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई चिहानहरूको नजिकबाट गुज्रनुभयो र भन्नुभयो: " निश्चय नै यी दुवैलाई सजाय दिइँदैछ तर उनीहरू कुनै ठूलो पापको कारणले दण्डित भइरहेको छैनन्, (सजाय भोगीरहेका कारण यो हो कि) तिनीहरूमध्ये एक पिसाबबाट बच्दैनथ्यो र अर्कोले चुक्ली गर्थ्यो ।" त्यसपछि उहाँले खजुरको एउटा ताजा हाँगा लिनुभयो र त्यसलाई दुइभागमा च्यातेर प्रत्येक चिहानमा एक भाग गाड्नुभयो । साथीहरूले सोधे, हे अल्लाहका रसूल ! त्येस्तो किन गर्नुभएको ? उहाँले जवाफ दिनुभयो: "सायद यी दुई हाँगाहरू नओइलिएसम्म उनीहरूको पीडा हलुका हुनसक्छ ।"
सही मुत्तफकुन अलैहि
"जसले "सुब्हानल्लाहि व बिहम्दिहि" दिनमा सय पटक पढ्छ, उसको पापहरू माफ गरिन्छ, चाहे त्यो समुद्रको फिज बराबर भए पनि ।"
सही मुत्तफकुन अलैहि
"कुनै पनि मुस्लिम महिलाका लागि आफ्नो महरम (विवाह गर्न निषेध गरिएको पुरुष नातेदार) बिना एक रातको दूरीको यात्रा गर्नु वैध छैन।"
सही मुत्तफकुन अलैहि