Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

68 of 683 cards

Clear filters
"तिमीहरू सत्य बोल्ने गर, किनकि सत्यले धर्मको बाटो तर्फ डोर्‍याउँछ र धार्मिकताले स्वर्गमा पुर्‍याउँछ। मानिस निरन्तर सत्य बोल्छ र सत्यको खोजीमा रहन्छ, यहाँसम्म कि ऊ अल्लाहकहाँ ‘सिद्दीक’ (सत्यवादी) लेखिन्छ। तिमीहरू झूटबाट बच, किनकि झूटले पापको बाटो देखाउँछ र पापले नरकमा लैजान्छ। मानिस निरन्तर झूट बोल्छ र झूटमै लागिरहन्छ, यहाँसम्म कि ऊ अल्लाहकहाँ ‘झूटा’ लेखिन्छ।"
सही मुत्तफकुन अलैहि
"राम्रो सपना अल्लाहको तर्फबाट हो र नराम्रो सपना शैतानको तर्फबाट हो। त्यसैले जब तिमीहरूमध्ये कसैले नराम्रो सपना देख्छ, उसले आफ्नो बायाँ तर्फ तीन पटक थुक्नु पर्छ र शैतानको दुष्टताबाट अल्लाहको शरण लिनु पर्छ। यदि उसले त्यसो गर्छ भने, सपनाले उसलाई कुनै पनि हानि गर्दैन।"
सही मुत्तफकुन अलैहि
"बलियो त्यो होइन, जसले कसैलाई पराजित गर्छ, बलियो त्यो हो जसले रिस आवेगको बेला आफूमाथि नियन्त्रण राख्छ ।"
सही मुत्तफकुन अलैहि
नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई चिहानहरूको नजिकबाट गुज्रनुभयो र भन्नुभयो: " निश्चय नै यी दुवैलाई सजाय दिइँदैछ तर उनीहरू कुनै ठूलो पापको कारणले दण्डित भइरहेको छैनन्, (सजाय भोगीरहेका कारण यो हो कि) तिनीहरूमध्ये एक पिसाबबाट बच्दैनथ्यो र अर्कोले चुक्ली गर्थ्यो ।" त्यसपछि उहाँले खजुरको एउटा ताजा हाँगा लिनुभयो र त्यसलाई दुइभागमा च्यातेर प्रत्येक चिहानमा एक भाग गाड्नुभयो । साथीहरूले सोधे, हे अल्लाहका रसूल ! त्येस्तो किन गर्नुभएको ? उहाँले जवाफ दिनुभयो: "सायद यी दुई हाँगाहरू नओइलिएसम्म उनीहरूको पीडा हलुका हुनसक्छ ।"
सही मुत्तफकुन अलैहि
"जसले "सुब्हानल्लाहि व बिहम्दिहि" दिनमा सय पटक पढ्छ, उसको पापहरू माफ गरिन्छ, चाहे त्यो समुद्रको फिज बराबर भए पनि ।"
सही मुत्तफकुन अलैहि
"कुनै पनि मुस्लिम महिलाका लागि आफ्नो महरम (विवाह गर्न निषेध गरिएको पुरुष नातेदार) बिना एक रातको दूरीको यात्रा गर्नु वैध छैन।"
सही मुत्तफकुन अलैहि
"कसम खाँदा सामान त बेचिन्छ, तर नाफा र बर्कत नष्ट हुन्छ।"
सही मुत्तफकुन अलैहि
"जब तिमीहरूमध्ये कसैले राम्रो सपना देख्छ, उसले यो अल्लाहबाट आएको हो भनेर जान्नुपर्छ। त्यसैले उसले त्यसको लागि अल्लाहको प्रशंसा गर्नुपर्छ र त्यसको वर्णन गर्नुपर्छ। तर जब उसले मन नपर्ने कुरा देख्छ, उसले यो जान्नुपर्) ले यो शैतानको तर्फबाट हो। त्यसैले उसले त्यो सपनाको नराम्रोबाट अल्लाहको शरण लिनुपर्छ र कसैलाई पनि यो कुरा उल्लेख गर्नु हुँदैन, किनकि उसले उसलाई हानि पुर्‍याउन सक्ने छैन।"
सही बुखारीले वर्णन गरेका छन्