Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

1 of 683 cards

Clear filters
"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सबै कामहरूमा इस्तिखारा गर्न सिकाउनुहुन्थ्यो जसरी उहाँले हामीलाई कुरानको सुरह सिकाउनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो: "जब तिमीहरू मध्ये कसैले कुनै काम गर्ने विचार गर्छ भने, उसले फर्ज बाहेक दुई रक्अत नमाज पढोस्, अनि यसरी भनोस्: "(अल्लाहुम्म इन्नी अस्तखिरुक बिइल्मिक व अस्तक्दिरुक बिकुद्रतिक, व अस्अलुक मिन् फद्लिकल् अजीम, फइन्नक तक्दिरु वला अक्दिरु, व तअलमु वला अअलमु, व अन्त अल्लामुल गुयुब। अल्लाहुम्म इन् कुन्त तअलमु अन्न हाजल अम्र खैरुल ली फी दीनी व मआशी व आकिबति अम्री...) वा उहाँले भन्नुभयो:(फी आजिलि अम्री व आजिलिहि), (...फाक्दुरहु ली व यस्सिरहु ली सुम्म बारिक ली फीहि; व इन् कुन्त तअलमु अन्न हाजल अम्र शर्रुल ली फी दीनी व मआशी व आकिबति अम्री...) वा उहाँले भन्नुभयो:(फी आजिलि अम्री व आजिलिहि), (...फास्रिफहु अन्नी वस्रिफ्नी अन्हु, वाक्दुर् लियल् खैर हैसु कान, सुम्म अर्दिनी)।" अर्थात् ‘हे अल्लाह ! म तपाईंको ज्ञानद्वारा तपाईंसँग भलाइ माग्दछु र तपाईंको शक्तिद्वारा सामर्थ्य माग्दछु, र म तपाईंसँग तपाईंको महान कृपा माग्दछु । किनभने तपाईं सामर्थ्य राख्नुहुन्छ तर म राख्दिनँ, र तपाईं जान्नुहुन्छ तर म जान्दिनँ, अनि तपाईं नै अदृश्य कुराहरूको ज्ञाता हुनुहुन्छ । हे अल्लाह ! यदि तपाईंको ज्ञानमा यो काम {यहाँ आफ्नो आवश्यकता र कामको नाम लिनु पर्नेहुन्छ} मेरो धर्म, मेरो जीवनयापन र मेरो कामको परिणामको हकमा उत्तम छ’ – अथवा उहाँले भन्नुभयो: ‘मेरो वर्तमान र भविष्यको हकमा उत्तम छ भने – यसलाई मेरो लागि निर्धारित गरिदिनुहोस् र यसलाई मेरो लागि सहज बनाइदिनुहोस्, अनि यसमा मेरो लागि आशिष् राखिदिनुहोस् । तर यदि तपाईंको ज्ञानमा यो काम मेरो धर्म, मेरो जीवनयापन र मेरो कामको परिणामको हकमा नराम्रो छ’ – अथवा उहाँले भन्नुभयो: ‘मेरो वर्तमान र भविष्यको हकमा नराम्रो छ भने – यसलाई मबाट टाढा गरिदिनुहोस् र मलाई यसबाट टाढा राखिदिनुहोस्, तथा मेरो लागि जहाँ भए पनि भलाइ नै निर्धारित गरिदिनुहोस्, अनि मलाई त्यसैमा सन्तुष्ट बनाइदिनुहोस्।' उहाँ(सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यो प्रार्थना गर्दा उसले आफ्नो आवश्यकता (वा कार्य) को नाम उल्लेख गरोस्।"
सही बुखारीले वर्णन गरेका छन्