Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

18 of 683 cards

Clear filters
मैले अम्र बिन अबू हसनलाई अब्दुल्लाह बिन जैद (रजियल्लाहु अन्हु) सगँ नबी (सल्लल्लाहु अलैहि वसल्लम) को वुजू गर्ने तरिका बारे सोधिरहेको देखें ।अब्दुल्लाह बिन जैदले पानीको एउटा भाँडो ल्याउन आदेश दिए र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जस्तै वुजू गरेर देखाए । उनले आफ्नो दुवै हातमा भाँडोको पानी खन्याए र तीन पटक हात धोए । त्यसपछि उनले भाँडोमा आफ्नो हात हाले र पानी लिएर तीन पटक मुख कुल्ला गरे, नाकमा पानी हाले र नाक सफा गरे । त्यसपछि उनले भाँडोमा आफ्नो हात हाले र पानी लिएर तीन पटक अनुहार धोए । त्यसपछि उनले भाँडोमा हात हालेर पानी लिएर दुई पटक कुहिनो समेत दुवै हात धोए । त्यसपछि उनले भाँडोमा हात हालेर पानी लिएर आफ्नो टाउकोको एक पटक मसह गरे (पानीले भिजेकोहात ले टाउको पुछ्नु, घस्नु) । टाउको मसह गर्दा पहिले दुवै हात टाउकोको अगाडिको भागबाट पछाडिको भागसम्म लगे र त्यसपछि पछाडिबाट अगाडि ल्याए । त्यसपछि उनले आफ्नो दुवै खुट्टा गोलीगाँठो सहित धोए ।
सही मुत्तफकुन अलैहि
"जसले राम्ररी वुजू गर्छ र त्यसपछि एकाग्रचित्त भएर दुई रकात नमाज पढ्छ, उसका लागि स्वर्ग अनिवार्य हुन्छ। " उनी भन्छन्, मैले भनेँ: "यो कति राम्रो कुरा हो!" यो सुनेर एक व्यक्तिले मलाई भन्नुभयो: "यसभन्दा अघि भनिएका कुराहरू योभन्दा अझ उत्तम थिए।" मैले हेर्दा उहाँ उमर (रजियल्लाहु अन्हु) हुनुहुन्थ्यो। उहाँले भन्नुभयो: "मैले तिमीलाई भर्खरै आएको देखेको थिएँ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: 'तिमीहरू मध्ये जसले पूर्ण रूपमा वुजू गर्छ र त्यसपछि "अश्हदु अल्ला इलाह इल्लल्लाहु व अन्न मुहम्मदन् अब्दुल्लाहि व रसूलुह्" भन्छ, उसका लागि स्वर्गका आठै ढोकाहरू खोलिनेछन् र उसले चाहेको ढोकाबाट प्रवेश गर्न सक्नेछ।'"
सही मुस्लिमले वर्णन गरेका छन्