Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

4 of 683 cards

Clear filters
"हे महिलाहरू, दान गर, किनभने मैले तिमीहरूलाई धेरै संख्यामा नरकमा देखेको छु।" त्यसपछि महिलाहरूले भने: "कसरी, हे रसूल?" उनले भने: "तिमीहरू बारम्बार गाली-गलौच गर्छौ र आफ्ना पतिको नाफरमानी गर्छौ।" "मैले बुद्धि र धर्ममा अपूर्ण भएको भए पनि तिमीहरू (महिलाहरू) जस्तो कुनै पनि व्यक्ति देखेको छैन जसले एक बुद्धिमान र अनुभव भएको पुरुषको विवेकलाई विकृत पारिदिन्छ।" महिलाहरूले भने: "हाम्रो धर्म र बुद्धिमा के कमी छ?" उनले भने: "के महिलाको गवाही पुरुषको गवाहीको आधा होइन?" महिलाहरूले भनिन्: "हो।" उनले भने: "त्यो उसको बुद्धिको कमी हो।" अनि "के जब ऊ महिनावारीमा हुन्छे, तब ऊ न नमाज पढ्छे न रोजा राख्छे?" महिलाहरूले भनिन्: "हो।" उनले भने: "त्यसो भए, त्यो उसको धर्मको कमी हो।"
सही मुत्तफकुन अलैहि
अल्लाहले स्वर्गवासीहरूलाई सम्बोधन गर्दै भन्नुहुनेछ: “हे स्वर्गवासीहरू!” तिनीहरूले उत्तर दिनेछन्: “हे हाम्रा पालनकर्ता! हामी उपस्थित छौं र सम्पूर्ण भलाइ हजुरकै हातमा छ।” अल्लाहले सोध्नुहुनेछ: “के तिमीहरू सन्तुष्ट छौ?” तिनीहरूले भन्नेछन्: “हामी किन सन्तुष्ट नहुने? जब कि हजुरले हामीलाई यस्ता वरदानहरू प्रदान गर्नुभएको छ, जुन हजुरले आफ्ना सृष्टिहरूमध्ये अरू कसैलाई दिनुभएको छैन। ” तब अल्लाहले भन्नुहुनेछ: “म तिमीहरूलाई योभन्दा पनि उत्तम उपहार दिनेछु।” तिनीहरूले सोध्नेछन्: “हे हाम्रा पालनकर्ता! योभन्दा उत्तम कुरा अरू के हुन सक्छ र?” तब अल्लाहले घोषणा गर्नुहुनेछ: “म तिमीहरूलाई मेरो ‘महा-प्रसन्नता’ (रजामन्दी) प्रदान गर्दछु, र अब उप्रान्त म तिमीहरूसँग कहिल्यै अप्रसन्न हुनेछैन।”
सही मुत्तफकुन अलैहि
"मृत्युलाई सेतो र कालो भेडा को रूपमा ल्याइनेछ ।" तब एक पुकार्नेले पुकार्नेछ: हे स्वर्गवासीहरू हो! तिनीहरूले आफ्नो घाँटी र टाउको उठाएर हेर्नेछन् । पुकार्नेले भन्नेछ: के तिमीहरूले यस( भेडा)लाई चिन्छौ? तिनीहरूले जवाफ दिनेछन्: हो! यो मृत्यु हो र सबैले यसलाई देखेको हुन्छन् । तब उद्घोषकले पुकार्नेछ: हे नरकवासीहरू! तिनीहरूले आफ्नो घाँटी र टाउको उठाएर हेर्नेछन् । पुकार्नेले भन्नेछ: के तिमीले यसलाई चिन्छौ? तिनीहरूले जवाफ दिनेछन्: हो! यो मृत्यु हो र सबैले यसलाई देखेको हुन्छन् । त्यसपछि यो भेडा (मृत्यु) लाई वध गरिनेछ र उद्घोषकले पुकार्नेछ: हे स्वर्गवासीहरू! तिमीहरु सधैं स्वर्गमा बस, अब मृत्यु आउदैन र हे नरकवासीहरू! तिमीहरू सधैं नरकमै बस, अब मृत्यु आउदैन । त्यसपछि उहाँले यो (कुरआनको) आयत पढ्नुभयो : {तिनीहरूलाई पश्चातापको दिनको चेतावनी दिनुहोस्, जब फैसला भइसकेको हुनेछ र तिनीहरू अचेत अवस्थामा हुनेछन् ।} [सूरह मर्यम : ३९] अर्थात् यिनीहरु लापरवाहीमा छन् { र ईमान स्वीकार्ने छैनन् } । [सूरह मर्यम : ३९]
सही मुत्तफकुन अलैहि
"हे अबू सईद! जो व्यक्ति अल्लाहलाई आफ्नो पालनकर्ता, इस्लामलाई आफ्नो धर्म र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई सन्देशवाहकको रूपमा स्वीकार गरी पूर्ण रूपमा सन्तुष्ट भयो, उसको लागि स्वर्ग अनिवार्य भयो।" अबू सईदलाई यो कुराले आश्चर्य लाग्यो र उहाँले अनुरोध गर्नुभयो: "हे अल्लाहका रसूल! यो कुरा पुनः दोहोर्‍याइदिनुहोस्।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसै गर्नुभयो। त्यसपछि उहाँले भन्नुभयो: "र अर्को एउटा यस्तो माध्यम छ, जसद्वारा भक्तलाई स्वर्गमा सयौँ स्तर माथि चढाइनेछ, जहाँ प्रत्येक दुई स्तरको बीचमा आकाश र पृथ्वीको बीचमा भए जति दुरी हुनेछ।" अबू सईदले सोध्नुभयो: "हे अल्लाहका रसूल! त्यो के हो?" उहाँले भन्नुभयो: "अल्लाहको मार्गमा जिहाद गर्नु, अल्लाहको मार्गमा जिहाद गर्नु।"
सही मुस्लिमले वर्णन गरेका छन्