Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

22 of 683 cards

Clear filters
"जसले मलाई आफ्नो दुई बङ्गारो बीचको चीज (जिब्रो, मुखको बोली ) र दुई तिघ्रा बीचको चीज (गुप्ताङ्ग) को सुरक्षाको ग्यारेन्टी दिन्छ, म उसलाई स्वर्गको ग्यारेन्टी दिन्छु ।"
सही बुखारीले वर्णन गरेका छन्
"मृत्युलाई सेतो र कालो भेडा को रूपमा ल्याइनेछ ।" तब एक पुकार्नेले पुकार्नेछ: हे स्वर्गवासीहरू हो! तिनीहरूले आफ्नो घाँटी र टाउको उठाएर हेर्नेछन् । पुकार्नेले भन्नेछ: के तिमीहरूले यस( भेडा)लाई चिन्छौ? तिनीहरूले जवाफ दिनेछन्: हो! यो मृत्यु हो र सबैले यसलाई देखेको हुन्छन् । तब उद्घोषकले पुकार्नेछ: हे नरकवासीहरू! तिनीहरूले आफ्नो घाँटी र टाउको उठाएर हेर्नेछन् । पुकार्नेले भन्नेछ: के तिमीले यसलाई चिन्छौ? तिनीहरूले जवाफ दिनेछन्: हो! यो मृत्यु हो र सबैले यसलाई देखेको हुन्छन् । त्यसपछि यो भेडा (मृत्यु) लाई वध गरिनेछ र उद्घोषकले पुकार्नेछ: हे स्वर्गवासीहरू! तिमीहरु सधैं स्वर्गमा बस, अब मृत्यु आउदैन र हे नरकवासीहरू! तिमीहरू सधैं नरकमै बस, अब मृत्यु आउदैन । त्यसपछि उहाँले यो (कुरआनको) आयत पढ्नुभयो : {तिनीहरूलाई पश्चातापको दिनको चेतावनी दिनुहोस्, जब फैसला भइसकेको हुनेछ र तिनीहरू अचेत अवस्थामा हुनेछन् ।} [सूरह मर्यम : ३९] अर्थात् यिनीहरु लापरवाहीमा छन् { र ईमान स्वीकार्ने छैनन् } । [सूरह मर्यम : ३९]
सही मुत्तफकुन अलैहि
"एक पुकार्नेले पुकार्नेछ: तिमी सधैं स्वस्थ रहनेछौ, तिमी कहिल्यै बिरामी पर्नेछैनौ। तिमी सधैं बाँच्नेछौ, तिमी कहिल्यै मर्ने छैनौ। तिमी सधैं जवान रहनेछौ, तिमी कहिल्यै बूढो हुनेछैनौ। तिमी सधैं आनन्दमा रहनेछौ, तिमी कहिल्यै समस्यामा पर्ने छैनौ।" यो कुरा अल्लाहको निम्न पदमा उल्लेख गरिएको छ: {तिनीहरूलाई बोलाइनेछ: यो त्यो स्वर्ग हो जसको उत्तराधिकारी तिमीहरूले गरेका कर्महरूको कारणले बनाइएको हो।} [सुरह आराफ ४३]
सही मुस्लिमले वर्णन गरेका छन्
"जसले अल्लाहसँग शिर्क (कसैलाई साझेदार) नगरेको अवस्थामा भेट्छ, उसले स्वर्गमा प्रवेश पाउने छ, र जसले अल्लाहसँग शिर्क गरेको अवस्थामा भेट्छ, ऊ नर्कमा प्रवेश गर्नेछ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"निश्चय नै स्वर्गमा तिमीहरूमध्ये सबैभन्दा तल्लो स्थान पाउने व्यक्ति त्यो हुनेछ जसलाई अल्लाहले भन्नुहुनेछ: 'कामना गर।' अनि उसले कामना गर्नेछ र गर्दै जानेछ। त्यसपछि अल्लाहले उसलाई सोध्नुहुनेछ: 'के तिमीले कामना गरिसक्यौ?' उसले भन्नेछ: 'हो।' तब अल्लाहले भन्नुहुनेछ: 'तिमीले जेजतिको इच्छा गरेका छौ, ती सबै तिम्रा लागि हुन्, र त्यसका अतिरिक्त त्यति नै अरू पनि तिम्रा लागि हुन्।'"
सही मुस्लिमले वर्णन गरेका छन्
"हे अबू सईद! जो व्यक्ति अल्लाहलाई आफ्नो पालनकर्ता, इस्लामलाई आफ्नो धर्म र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई सन्देशवाहकको रूपमा स्वीकार गरी पूर्ण रूपमा सन्तुष्ट भयो, उसको लागि स्वर्ग अनिवार्य भयो।" अबू सईदलाई यो कुराले आश्चर्य लाग्यो र उहाँले अनुरोध गर्नुभयो: "हे अल्लाहका रसूल! यो कुरा पुनः दोहोर्‍याइदिनुहोस्।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसै गर्नुभयो। त्यसपछि उहाँले भन्नुभयो: "र अर्को एउटा यस्तो माध्यम छ, जसद्वारा भक्तलाई स्वर्गमा सयौँ स्तर माथि चढाइनेछ, जहाँ प्रत्येक दुई स्तरको बीचमा आकाश र पृथ्वीको बीचमा भए जति दुरी हुनेछ।" अबू सईदले सोध्नुभयो: "हे अल्लाहका रसूल! त्यो के हो?" उहाँले भन्नुभयो: "अल्लाहको मार्गमा जिहाद गर्नु, अल्लाहको मार्गमा जिहाद गर्नु।"
सही मुस्लिमले वर्णन गरेका छन्
"जब स्वर्गवासीहरू स्वर्गमा प्रवेश गर्छन्, अल्लाहले सोध्नेछन्: के तिमीहरूलाई अझै केही चाहिन्छ? तिनीहरूले जवाफ दिनेछन्: के तपाईंले हाम्रो अनुहार उज्यालो पार्नुभएन? के तपाईंले हामीलाई स्वर्गमा प्रवेश गराउनुभएन र आगोबाट बचाउनुभएन? (नबीले) भन्नुभयो: अत: अल्लाह तआलाले (नूरको) पर्दा हटाउनुहुनेछ। त्यसकारण, उनीहरूले पाएको कुनै पनि कुरा आफ्नो रब (पालनकर्ता) को दर्शन भन्दा प्यारो हुने छैन।"
सही मुस्लिमले वर्णन गरेका छन्
कुन कर्मले मानिसहरूलाई स्वर्गमा धेरै प्रवेश गर्नेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: "तक्वा (अल्लाहको डर) र राम्रो व्यवहार ।" अनि कुन कुराले मानिसहरूलाई सबैभन्दा धेरै नरकमा प्रवेश गर्नेछ भनेर सोधिदा उहाँले जवाफ दिनुभयो: "जिब्रो र गुप्तांग [को गलत प्रयोग बाट] ।"
हसन सही तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्