عربي - Arabic English Qafár af - Afar Afrikaans - Afrikanns Akan Shqip - Albanian አማርኛ - Amharic Հայերեն - Armenian অসমীয়া - Assamese Azərbaycanca - Azerbaijani Bamanankan - Bambara Bassa Bemba বাংলা - Bengali Bosanski - Bosnian Български - Bulgarian မြန်မာဘာသာ - Burmese Bisaya - Cebuano Cham Нохчий - Chechen chiCheŵa - Chewa 中文 - Chinese Адыгэбзэ - Circassian Hrvatski - Croatian Česky - Czech Dagbani Dansk - Danish فارسی دری - Dari Dendi ދިވެހި ބަސް - Dhivehi Nederlands - Dutch إستوني - Estonian Suomi - Finnish Français - French Fulfulde - Fula ქართული - Georgian Deutsch - German Ελληνικά - Greek ગુજરાતી - Gujrati Kreyòl ayisyen - Haitian Creole Hausa हिन्दी - Hindi Magyar - Hungarian Igbo Indonesia - Indonesian Italiano - Italian 日本語 - Japanese Jóola - Jola ಕನ್ನಡ - Kannada Қазақша - Kazakh ភាសាខ្មែរ - Khmer Kikuyu Ikinyarwanda - Kinyarwanda Ikirundi - Kirundi 한국어 - Korean كوردی سۆرانی - kurdish كوردي kurmancî - Kurmanji Kyrgyz ລາວ - Lao latviešu - Latvian Lingala lietuvių - Lithuanian Luganda Македонски - Macedonian Maguindanaon Malagasy - Malagasy Bahasa Melayu - Malay മലയാളം - Malayalam Mandinka मराठी - Marathi Mõõré - Moore नेपाली - Nepali أنكو - NKo Norwegian ଓଡ଼ିଆ - Odia oromoo - Oromo پښتو - Pashto فارسی - Persian Polski - Polish Portuguese ਪੰਜਾਬੀ - Punjabi Română - Romanian Русский - Russian Српски - Serbian Shona සිංහල - Sinhala Slovenščina - Slovenian Soomaaliga - Somali Soninke Sesotho - Sotho Español - Spanish Kiswahili - Swahili Svenska - Swedish Tagalog Тоҷикӣ - Tajik தமிழ் - Tamil తెలుగు - Telugu ไทย - Thai ትግረኛ - Tigrinya Türkçe - Turkish Ukrainian اردو - Urdu ئۇيغۇرچە - Uyghur Ўзбек - Uzbek Việt Nam - Vietnamese Wolof Yao Yorùbá - Yoruba Zarma زولو - Zulu
683 Hadiths
Encyclopedia of Prophetic Hadiths
Categories
Grading
Narrated in
Narrator
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले निम्न श्लोकको तिलावत(पाठ) गर्नुभयो: {उहाँले नै तपाईंलाई कुर्आन प्रदान गर्नुभयो जसमा केही मुहकम (एकदमै स्पष्ट) आयतहरू छन्, जुन मूल किताब हुन् र केही मुतशाबिह (अनेकार्थ बोकेका) छन् । जसको हृदयमा टेढोपन र रोग छ, तिनीहरू उत्पात मचाउन (शंका उत्पन्न गर्न र मानिसहरूलाई पथभ्रष्ट पार्न ) मुतशाबिह- अनेकार्थ रहेका आयतहरूको पछि लाग्दछन् र मनपरी ढंगले ती आयतहरूको व्याख्या गर्छन् । वास्तवमा, यसको वास्तविक अर्थ अल्लाहबाहेक कसैलाई थाहा छैन । जुन मानिसहरू ठोस र गहिरो ज्ञान राख्दछन् भन्दछन्– हामीले यस पूरै कुर्आनमाथि ईमान ल्यायौं, किनभने यी सबै हाम्रा पालनकर्ताको तर्फबाट हुन् । र वास्तवमा बुद्धिमानहरूले मात्र उपदेश ग्रहण गर्छन् ।} [आलि-इमरान३: ७], आइशा (रजियल्लाहु अन्हा) भन्नुहुन्छ: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जब तिमीले ती मानिसहरूलाई देख्छौ जसले कुरानका मुतशाबिह (अनेकार्थ रहेका) आयतहरूलाई पछ्याउँछन् , तब(बुझ्नु कि) ती नै ती व्यक्तिहरू हुन् जसको बारेमा अल्लाहले नाम लिएर चेतावनी दिएका छन्, त्यसैले तिनीहरूबाट सावधान रहनु।"
सही मुत्तफकुन अलैहि
"जसरी गुन्द्रीका सिन्काहरू एक-एक गरी बुनिन्छन्, त्यसरी नै मानव हृदयमा एकपछि अर्को गर्दै फित्नाहरू (विपत्ति, प्रलोभन, उपद्रव र परीक्षाहरू) आइपर्नेछन्। जुन हृदयले तिनलाई आफूभित्र सोस्छ, त्यसमा एउटा कालो दाग बस्छ; अनि जसले तिनलाई अस्वीकार गर्छ, त्यसमा एउटा चम्किलो सेतो चिह्न अङ्कित हुन्छ। अन्ततः हृदयहरू दुई प्रकारका हुनेछन्: १. सङ्गमर्मरझैँ सफा र निष्कलङ्क सेतो हृदय, जसलाई आकाश र पृथ्वी रहुन्जेल कुनै पनि फित्नाले डगाउन सक्ने छैन। २. खरानी मिसिएको धमिलो कालो हृदय, जो उल्टो पारिएको भाँडोजस्तो बन्नेछ; जसलाई न कुनै सत्कर्मको पहिचान रहनेछ, न त कुनै कुमार्गको बोध, ऊ केवल आफ्ना वासना र क्षणिक इच्छाहरूको दास बन्नेछ।"
हुजैफा (रजिअल्लाहु अन्हु) ले भन्नुभयो: "मैले उमर (रजिअल्लाहु अन्हु) लाई भनेँ: 'तपाईं र ती फित्नाहरूका बीच एउटा बन्द ढोका छ, जुन चाँडै तोडिनेछ।' उमरले सोध्नुभयो: 'के त्यो तोडिने नै छ? यदि खोलिएको मात्र भए त सायद पुनः बन्द गर्न सकिन्थ्यो होला!' मैले भनेँ: 'होइन, त्यो तोडिने नै छ।' अनि मैले उहाँलाई स्पष्ट बताइदिएँ कि त्यो ढोका वास्तवमा एक व्यक्ति हुनुहुन्छ, जसको हत्या हुनेछ वा उहाँको मृत्यु हुनेछ।"
हदीसका एक वर्णनकर्ता अबु खालिदले भन्नुहुन्छ: "मैले (आफ्ना गुरु) सादसँग सोधेँ: 'हे अबु मालिक! हदीसमा आएको शब्द ‘अस्वद मुरबाद्द’ को अर्थ के हो?' उहाँले भन्नुभयो: 'कालोपनभित्र सेतो मिसिएर बनेको धमिलो कालो रङ्ग।' मैले फेरि सोधेँ: '‘कुज मुजख्खी’ को अर्थ के हो?' उहाँले जवाफ दिनुभयो: 'उल्टो पारिएको वा घोप्ट्याइएको भाँडो।'"
सही मुस्लिमले वर्णन गरेका छन्
"मैले आफ्नो पश्चात पुरुषहरूका लागि महिलाहरू भन्दा बढी हानिकारक कुनै फितना (प्रलोभन) छोडेको छैन ।"
सही मुत्तफकुन अलैहि