Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

6 of 683 cards

Clear filters
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई कयामतको बारेमा सोधे: "कयामत (प्रलय) कहिले आउँछ?" उहाँले सोध्नुभयो: "तिमीले यसको लागि के तयारी गरेका छौ?" उनले जवाफ दिए: "मैले कुनै खास तयारी त गरेको छैन, तर म अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रेम गर्छु।" यो सुनेर उहाँले भन्नुभयो: "निश्चयनै तिमी उसैसँग हुनेछौ जसलाई तिमी प्रेम गर्छौ।" अनस (रजियल्लाहु अन्हु) ले भने: "हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइ—'निश्चयनै तिमी जसलाई प्रेम गर्छौ उसैसँग हुनेछौ'—बाट जति खुशी भयौं, त्यति अरू कुनै कुराबाट भएका थिएनौं।" अनस (रजियल्लाहु अन्हु) ले थपे: "म अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम), अबूबकर र उमर (रजियल्लाहु अन्हुम) लाई प्रेम गर्छु। यद्यपि मैले उहाँहरूको जस्तो कर्म गर्न सकेको छैन, तैपनि उहाँहरूप्रतिको प्रेमका कारण म उहाँहरूसँगै हुने आशा गर्दछु।"
सही मुत्तफकुन अलैहि
"जब दुई मुसलमानहरू एकअर्काको विरुद्ध तरवार उठाएर खडा हुन्छन्, हत्यारा र पीडित दुवै नरकको भागीदार हुनेछन्।" मैले प्रश्न गरेँ, "हे अल्लाहका रसूल! एक व्यक्ति हत्यारा भएकाले नरकमा गयो तर पीडितको के दोष?" तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "उसको मनसाय पनि त हत्या गर्नु नै थियो।"
सही मुत्तफकुन अलैहि
"तिमीहरू मध्ये कोही पनि (पूर्ण) मुमिन (आस्थावान्) हुन सक्दैन, जबसम्म म उसको नजिक उसको बुबाआमा, छोराछोरी र सबै मानिसहरू भन्दा बढी प्रिय हुँदिन।"
सही मुत्तफकुन अलैहि
"न त रोग आफैँ सर्छ, न कुनै अशुभ शकुन हुन्छ, न 'हामा' (उल्लू अशुभ हुने विश्वास) को कुनै प्रभाव हुन्छ, न 'सफर' महिना अशुभ हुन्छ, र कुष्ठरोगीबाट यसरी टाढा भाग जसरी सिंहबाट भाग्छौ।"
सही मुत्तफकुन अलैहि
"सम्पूर्ण कर्महरू नियतमा आधारित छन् र प्रत्येक व्यक्तिले आफ्नो नियतअनुछ,र नै प्रतिफल पाउँछ। यदि कसैले अल्लाह र उहाँका रसूलका लागि 'हिजरत' गर्छ भने, उसको हिजरत अल्लाह र उहाँका रसूलकै लागि मानिन्छ; तर यदि कसैले छ,ंछ,रिक लाभ वा कुनै महिलासँग विवाह गर्ने उद्देश्यले 'हिजरत' गर्छ भने, उसको 'हिजरत' सोही उद्देश्यका लागि मानिन्छ जसका निम्ति उसले 'हिजरत' गरेको हो।"
सही हदीसका दुई महान् इमाम; अबू अब्दिल्लाह मुहम्मद बिन इस्माईल बिन इब्राहीम बिन अल-मुगीरह बिन बर्दिजबह अल-बुखारी र अबू अल-हुसैन मुस्लिम बिन अल-हज्जाज बिन मुस्लिम अल-कुशैरी अन-नैसाबुरीले आफ्ना दुई सहीह ग्रन्थमा रिवायत गरेका छन्। यी दुवै ग्रन्थ रचना गरिएका पुस्तकहरूमध्ये सबैभन्दा प्रामाणिक मानिन्छन्
"सबै कर्महरू नियत (मनसाय) मा आधारित छन् र व्यक्तिलाई उसको नियत अनुसार इनाम दिइनेछ। त्यसैले, जसको हिजरत (प्रवास/बसाईं सराई) अल्लाह र उहाँका रसूलको लागि हो, उसको हिजरत अल्लाह र उहाँका रसूलको लागि [मान्य] हुनेछ र जसले संसार प्राप्ति वा कुनै महिलासँग विवाह गर्नको लागि हिजरत (प्रवास) गर्दछ, उसको हिजरत त्यहि उदेश्य अनुरुप हुनेछ ।" सही बुखारीमा यसरी उल्लेख छ: "सबै कार्यहरू नियतीमा आधारित हुन्छन् र प्रत्येक व्यक्तिलाई उसको नियत अनुसार इनाम दिइनेछ ।"
सही मुत्तफकुन अलैहि